प्रमुख समाचार

पहिरोले घर पुरिँदा कास्कीमा एक जनाको निधन

पोखरा–२७, सहेलापाटामा बुधबार बिहान स्थानीय मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा मनबहादुरका २२ वर्षीय छोरा भीमबहादुर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विहान करिव ४ बजेतिर घरमाथि पहिरो खस्दा  भीमसँगै उनकी आमा कमला पुरिएका थिए ।कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा एवम् सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण मालेपाटनबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुलाई करिव ७ बजेतिर उद्धार गरेको हो। पुरा पढौ

बालज्योतिलाई पेमा छालको सहयोग

अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।         हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४… पुरा पढौ

इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

नेपाल कम्युष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक काम इमान्दारी साथ गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हरेक काम अगाडि बढाउँदामात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो । विद्यार्थीले नयाँ कुरा सिक्ने, ज्ञान र सीप प्राप्त गर्नेतर्फ लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमताअनुसार अघि बढ्न विद्यार्थी र अभिभावकलाई सुझाव… पुरा पढौ

एकिकृत समाजबादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। पार्टीको जारी १० औँ राष्ट्रिय महाधिवेशनले आज अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो। त्यस्तै झलनाथ खनाल सम्मानित नेता चयन हुनुभएको छ।यी तीन पद महाधिवेशन हलले सर्वसम्मत रुपमा घोषणा गरेको हो।अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको जनाइएको छ। पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

कास्की  जिल्लालाई पूर्ण खोप सुनिश्चित  घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।         जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार  आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चितता सहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो  ।       कार्यक्रममा गण्डकी प्रदेश सरकारका  सामाजिक  विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको महत्वपूर्ण आधार… पुरा पढौ

सरकारबाट बाहिरियो एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उहाँहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिनुभएको थियो । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । उक्त अवधिमा प्रधानमन्त्री दाहालले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरुले आज… पुरा पढौ

गण्डकीमा जलचर ऐन बनाउनुपर्ने

गण्डकी प्रदेशमा जलचर ऐन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।         मत्स्य अनुसन्धान केन्द्र वेगनासको आयोजनामा मंगलवार भएको पोखराका तालहरुको मत्स्य व्यवस्थापन सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन्।         संघीय तथा अन्य विभिन्न प्रदेशले जलचर ऐन निर्माण गरिसकेको सन्दर्भ अगाडि सार्दै उनीहरुले गण्डकीको जलसम्पदा सुहाउँदो ऐन बनाउनुपर्ने बताए।         गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव डा. टंकप्रसाद प्रसाईले मन्त्रालय छिट्टै जलचर ऐन ल्याउने तयारीमा रहेको जानकारी दिर्दै चाँडै नै ऐन प्रदेशसभाबाट पारित भई कार्यान्वयनमा जाने… पुरा पढौ

मणिपाल काण्डः पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए । “यसबारे हामीकहाँ उजूरी पनि परेको छ र मिडियामा पनि आएको कुरा हो,” उनले भने । मणिपाललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिइएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि सञ्चारमाध्यममा यसको चर्काे आलोचना… पुरा पढौ

कांग्रेस एमाले एक ठाउँमा, चाँडै नयाँ सरकार बनाउने कसरत

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ । ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन् । दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका… पुरा पढौ

अनलाइन बेटिङ खेलाईरहेको आरोपमा तनहुँका श्रेष्ठ प्रहरी नियन्त्रणमा

तनहुँ । अनलाइन बेटिङ खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा तनहुँको भानु नगरपालिकाका ३ खहरेका ३२ वर्षिय अमृत कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले संचालन गरेको अनलाईन पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले अनलाईन बेटिङमा प्रयोग गरेको एक थान ट्याब,मोबाईल लगायतका सामाग्री सहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरीका सुचना अधिकृत प्रहरी वरिष्ठ निरिक्षक रविन्द्र रेग्मीले बताए । उनलाई जिल्ला प्रशासन कार्यालय तनहँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीले… पुरा पढौ