खेलकुद

बिरेठाँटी माविमा प्रतिभा प्रर्दशनी

अन्नपूर्ण गाउँपालिका ८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा सोमबार विद्यार्थी प्रतिभा प्रर्दशनी एवम् अतिथी स्वागत गरिएको छ । कार्यक्रमका बीच प्राविधिक धार कम्प्युटर इञ्जिनियरिङतर्फ कक्षा ९–१२ का विद्यार्थीद्वारा विभिन्न रोवोटिक्स, विज्ञान तथा प्रविधि सम्बन्धी परियोजना प्रदर्शन गरिए। त्यस्तै सांस्कृतिक कार्यक्रम, नृत्य प्रर्दशन साथै विद्यार्थीहरुको तेक्वान्दो खेल प्रदर्शनीमा प्रशिक्षक बोधराज गिरीले सहजीकरण गर्नुभयो ।त्यसैगरी विद्यार्थीबाट विभिन्न हस्तकला प्रदर्शनी गरियो। कार्यक्रममा भनाई राख्नुहुँदै अमङ्गील हुमन फाउन्डेशनका क्याप्टेन अमङ्गीलले विद्यार्थी प्रतिभाको प्रशंसा गर्नुहुँदै संस्थाले आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। वडाध्यक्ष विजय… पुरा पढौ

न्याश्नल इन्भेन्टिभ छात्रा भलिवलतर्फ च्याम्पियन

प्याब्सन कास्कीद्वारा आयोजित १८ औं प्याब्सन स्पोर्टस मिटमा न्याश्नल इन्भेन्टिभ मावि बैदामले छात्रा भलिवलतर्फ स्वर्ण पदक प्राप्त गरेको छ । पोखरा रंगशालामा १४ मंसिर देखि २३ गतेसम्म सञ्चालित स्पोर्टस मिटमा करिव ३ हजार विद्यार्थीले भाग लिएका थिए । कूल २१ टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा न्याश्नल इन्भेन्टिभले प्रि–क्वाटर फाइनलमा स्टेप बाई स्टेप माविलाई, क्वाटर फाइनलमा सिर्जना माविलाई, सेमीफाइनलमा टप्स माविलाई र फाइनलमा न्यूमिलिनियम एकेडेमीलाई लगातार दुई सेटमा परास्त गर्दै उपाधि हात पारेको हो । सो प्रतियोगितामा न्याश्नल इन्भेन्टिभ माविकै कक्षा… पुरा पढौ

अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।         प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने बताउँदै खेलले राष्ट्रलाई नै चिनारी दिने जनाए ।         अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधारसँगै मानविय विकास पनि बढाएको उल्लेख गर्दै सहसचिव कुँवरले  खेलकुदका साथसाथै अध्ययनलाई पनि प्राथमिकतामा राख्न विद्यार्थीलाई सुझाए ।विद्यार्थीले पठनपाठन पछि आफ्नै देशमा बसेर सेवा गर्नुपर्ने जनाउँदै सहसचिव कुँवरले अधुरा खेलकुदका योजनालाई पूर्णता दिन पालिका नेतृत्वको ध्यानाकर्षण गराए।… पुरा पढौ

गुरुकुल विद्यासदनमा खेलकुद सप्ताह

पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा वार्षिक कार्यक्रम अन्र्तगत खेलकुद सप्ताह भएको छ।         सप्ताह अन्र्तगत छात्र फुटबल, छात्रछात्रा बास्केटबल, रस्साकस्सी, दौड, रिले दौड साथै फुटसल(कक्षा १–३) भएको हो ।प्रतियोगिता अन्तरिक रुपमा विद्यालयमा तथा बाहृय रुपमा पोखरा २० स्थित भलामचौर मैदानमा भएको थियो।         विद्यालयका अध्यक्ष रवि कार्कीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालय प्रयासरत रहेको स्पष्ट पार्नुहुँदै पठनपाठनका अलवा खेल गतिविधिलाई पनि महत्व दिर्दै आएको बताउनुभयो। उहाँले अनुशासनलाई ख्याल गर्न विद्यार्थीलाई सुझाव दिनुहुँदै सिर्जनशीलता भन्ने कुरा जीवनमै महत्वपूर्ण हुने… पुरा पढौ

गुरुकुल विद्यासदनको प्रायोजनमा भलिवल प्रतियोगिता

अन्नपूर्ण गाउँपालिका ५ स्थित द हेवन क्लव नयाँपुलको आयोजनामा भएको भलिवल प्रतियोगिताको उपाधि स्याङजाको भिरकोट समूहले जितेको छ।उक्त प्रतियोगिता २०८० सालको एसइईमा सहभागि विद्यार्थी बीच भएको हो ।      पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माविको प्रायोजनमा भएको उक्त प्रतियोगितामा पर्वत मोदी गाउँपालिका स्थित भुक देउराली समूह द्वितीय साथै पशुपति माध्यमिक विद्यालय मोदी गाउँपालिका तृतीय भए ।      प्रथम, द्वितीय र तृतीय भएसँगै उनीहरुले क्रमश नगद रु.१५ हजार, १० हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।     … पुरा पढौ

विभिन्न तौल समुहको केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरा । पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव… पुरा पढौ

कास्कीले उचाल्यो कबड्डीको उपाधि

पोखरा । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि उचालेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि उचालेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतिय हुने दुई… पुरा पढौ

निरमाया दोहोरी २० वर्षमा प्रवेश

पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए ।उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ । सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य नियुक्त

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्य नियुक्त भएका छन । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएर आएका हुन । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । परिषदको संगठन… पुरा पढौ

नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन

पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे ।… पुरा पढौ