खेलकुद

क्रिकेटमा छोरेपाटन मा.वि सेमीफाइनल प्रवेश

छोरेपाटन माध्यमिक विद्यालय प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ ।लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटनले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह सी बाट सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो।योसँगै छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो ।यसअघि समूह डी बाट बालमन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ।बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो।टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १६.४ ओभरमा सबै विकेट गुमाएर ८३ रनको मध्यम… पुरा पढौ

प्रतिभा सुपरलिग क्रिकेटमा छोरेपाटन र मदरल्याण्ड बिजयी

प्रतिभा सुपरलिग क्रिकेट प्रतियोगितामा छोरेपाटन मा.वि र मदरल्याण्ड सेकेण्डरीले बिजयी सुरुवात गरेका छन्।प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको सोमबारको पहिलो खेलमा छोरेपाटन माविले कुमुदिनी होम्सलाई र दोस्रो खेल मदरल्याण्ड सेकेण्डरीले जनप्रिय माविलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् ।प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४० बलमा २३ रन, अनिश थापाले… पुरा पढौ

विष्णुपादुका महिला फुटबलमा आज सेमीफाइनलका खेल हुँदै

विष्णुपादुका क्लव आयोजनामा हेमजामा बिहीबारदेखि प्रथम विष्णुपादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता सुरु भएको छ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समूहले हेमजा युनाइटेडलाई ८–१ गोलअन्तरले पराजित गर्यो।त्यस्तै म्याग्दी फुटबल संघ र ए.एफ.एन ललितपुर बीच भएको दोस्रो खेल सडन डेथमा ६–५को गोलअन्तरसँगै म्याग्दी फुटबल संघ अघिल्लो चरणमा प्रवेश गर्यो।बिहीबार हिल्ली फिल्डर्स गोरखा र बागलुङ स्पोर्टस् क्लब बीच तेस्रो खेल भएको थियो ।जसमा १–० को झिनो गोलअन्तरले हिल्ली फिल्डर्स गोरखा विजयी भयो।त्यस्तै एस.बी स्पोर्टस् र पृथ्वीनारायण क्याम्पस बीच भएको अन्तिम खेलमा एस.बी स्पोर्टस्को तर्फबाट १०… पुरा पढौ

प्रथम विष्णुपादुका महिला फुटबल प्रतियोगिताको तयारी पुरा

विष्णुपादुका क्लवको आयोजनामा हेमजामा भोलीदेखि प्रथम विष्णुपादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता हुँदैछ।माघ ३ गतेसम्म संचालन हुने सो प्रतियोगितामा आयोजक विष्णुपादुका क्लव सहित हेमजा युनाईटेड, ए एफ एन ललितपुर, एन्फा गोरखा, एसबी स्पोर्टस् नवलपुर, बागलुङ स्पोर्टस् क्लब, म्याग्दी फुटबल संघ तथा पृथ्वीनारायण क्याम्पसको गरी ८ समूहले प्रतिष्पर्धा गर्नेछन्।‘स्वास्थ्य र सद्भावका लागि खेलकुद’ नाराका साथ हुने उक्त प्रतियोगितामा विजेता समूहले रु.५० हजार, उपविजेता समूहले रु.२५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्।त्यस्तै सेमीफाइनल प्रवेश गर्ने समूहलाई रु.१० हजार प्रदान गरिने… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा अन्तर विद्यालय फुटबल हुँदै

अन्नपूर्ण गाउँपालिकामा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।अन्नपूर्ण फुटबल एकेडेमीको आयोजनामा आगामि माघ १६ र १७ गते उक्त प्रतियोगिताको तयारी गरिएको हो । एकेडेमी (AFA) ले जरा तहको फुटबल विकासलाई प्राथमिकतामा राख्दै विभिन्न प्रशिक्षण तथा प्रतियोगितामार्फत स्थानीय प्रतिभा उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ।  “Shaping Local Players into Pros: Through Discipline and Sportsmanship” भन्ने मूल नाराका साथ एकेडेमीले अनुशासन, खेलभावना र निरन्तर अभ्यासलाई केन्द्रमा राखेको छ। एकेडेमीले विद्यार्थी खेलाडीहरूको शारीरिक तथा बौद्धिक विकासमा जोड दिँदै जरा तहको फुटबलको… पुरा पढौ

छोरेपाटन माविमा खेलकुद सप्ताह सुरु

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबारदेखि खेलकुद सप्ताह सुरु भएको छ।सप्ताह शुभारम्भ गर्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय सचेत रहेको सुनाउनुभयो।उहाँले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको चर्चा गर्नुहुँदै खेलमार्फत स्वयम् विद्यार्थी, विद्यालय एवम् राष्ट्रलाई नै चिनाउन सकिने स्पष्ट पार्नुभयो।विद्यार्थीको प्रतिभा प्रस्फुटन महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै प्रधानाध्यापक शर्माले राष्ट्रपति रर्निङ शिल्ड प्रतियोगिताको तयारीमा जुट्न विद्यार्थीलाई आग्रह समेत गर्नुभयो।उहाँले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने स्पष्ट पनि पार्नुभयो।सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले सरोकारवाला सबैको सहयोगबाट खेल सप्ताह सम्पन्न हुने विश्वास… पुरा पढौ

गुरुकुल विद्या सदनको फुटसल सुरु

पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा बुधबारदेखि फुटसल सुरु भएको छ ।विद्यालयले एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद अन्र्तगत फुटसल सुरु गरेको हो ।उक्त प्रतियोगितामा ६४ समूहले भाग लिएकोमा बुधबार पहिलो दिन २४ खेल भए।प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले खेल क्षेत्रको विकासमा गुरुकुलले योगदान दिइरहेको चर्चा गर्दै विद्यालयसँग सहकार्य गर्दै जाने बताए ।उनले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको धारणा राखे ।विद्यालय अध्यक्ष… पुरा पढौ

गुरुकुलको सप्ताहव्यापी खेलकुद सुरु

पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल सुरु भएकोमा पहिलो दिन १० खेल भए ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूहले भाग लिएका छन् । प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको बताए ।उनले जिल्ला स्तरमा पनि छिट्टै भलिवल हुने जनाउँदै खेलसँगै अनुशासनमा पनि ख्याल गर्न… पुरा पढौ

भोलिदेखि गुरुकुलको सप्ताहव्यापी खेलकुद

पोखरा–९,वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता भोलि आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल एवम् फुटसल हुनेछ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूह बीच प्रतिष्पर्धा हुने प्रधानाध्यापक भुवन सुवेदीले जानकारी दिनुभयो। असार १ देखि ३ गतेसम्म छन्त्याल समाज नदीपुरमा छात्र।छात्रा भलिवल एवम् असार ४ देखि ६ गतेसम्म वि फिट् फुटसल गणेशटोलमा फुटसल खेलिनेछ।भोलि भलिवलको उद्घाटन कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले एक कार्यक्रमका बीच गर्ने तय भएको छ। विद्यार्थीलाई… पुरा पढौ

वडा नं. १५ लाई  अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि

हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिवार भएको फाइनल खेलमा वडा नं. १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं. १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं. १ ले नगद ५५ हजार ५ सय ५५ ट्रफी… पुरा पढौ