पर्यटन

लुम्लेको ठाडो भीरमा रक क्लाइमिङ निर्माण गर्नुपर्ने

अन्नपूर्ण गाउँपालिका–६, लुम्ले स्थित ठाडो भीरमा रक क्लाइमिङ गरी पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको छ।अन्नपूर्ण सञ्चार तथा बहुउद्देश्यीय प्रा.लिको सहजीकरणमा शुक्रबार भएको गाउँपालिकाको चालु आ.वको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईका बीच लुम्लेवासीले त्यसतर्फ पालिका नेतृत्वको ध्यानाकर्षण गराए।उक्त भीर करिव ५ सय मिटरको छ ।त्यहाँ रक क्लाइमिङका अलवा स्काई साइकिलिङ पनि गर्न सकिन्छ र त्यहाँबाट कान्छी वराहसम्म पदमार्ग निर्माण गरे, पर्यटन मार्फत पालिकाले राम्रै आन्दानी लिन सक्ने लुम्लेवासीको ठहर छ।त्यसको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले चालु आ.वतर्फ १० लाख बजेट विनियोजन गरिसकेको… पुरा पढौ

लुम्लेमा पञ्चवली पूजा

अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा मंगलबार पञ्चवली पूजा गरिएको छ ।स्थानीय जलजला स्थित पञ्चवली मन्दिरमा बाजागाजा सहित पुजा गरी त्यहाँ परेवा, हाँस, बोका, कुखुरा र रागाको वली दिइएको हो ।गाउँ हरेक हिसावले सुरक्षित हुने जनविश्वासका साथ परापूर्व कालदेखि नै त्यहाँ वार्षिक रुपमा उक्त पुजा गरिदै आइएको छ ।यसवर्षको पुजा प.भक्तिराम देवकोटा तथा टोकनाथ देवकोटाले सहजीकरण गरे ।त्यस अवसरमा गाउँपालिकाको सहयोग तथा जनसहभागितामा पुनः निर्माण गरिएको सो मन्दिरको उद्घाटन समेत भयो।उद्घाटन गर्दै वडाध्यक्ष एकदेव देवकोटाले पञ्चवली मन्दिर समग्र लुम्लेवासीको आस्थाको धरोहर भएको जनाउँदै… पुरा पढौ

आलु महोत्सव सकियो, ४ करोड कारोवार

४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ।गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।महोत्सवको अन्तिम दिन बुधबार महोत्सव मूल… पुरा पढौ

आलु महोत्सव भोली सकिदै

१३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ ।समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको… पुरा पढौ

हेमजाकै ज्वाइँ बन्न मन गरेका बद्री

चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको क्रेज जहाँ गयो, त्यही अझ उस्तै छ । सोमबार १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आफ्ना पुराना र पछिल्ला एकपछि अर्को गीत पस्किरहँदा दर्शकले उनलाई भरपूर साथ दिइरहे। मुलुकमा यतिखेर राजावादी सक्रिय छन् । गणतन्त्र पनि धरापमा पर्ने खतरा छ । पंगेनीले दशकअघि गाएको ‘अझै नि गणतन्त्र आको छैन है’ होस् वा हेमजापारिकी गायिका समीक्षा अधिकारीसँग मिलेर भर्खरै गाएको ‘तिम्रो राशि तुला पर्‍यो, मेरो राशि कन्या’ सबै सबै गीतमा दर्शकले निकै माया दर्शाए । उनीहरु कम्मर मर्काई मर्काई नाचिरहे भने… पुरा पढौ

बद्रीले नचाए आलु महोत्सवका दर्शक

चर्चित कलाकार बद्री पंगेनी सोमबार १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिए ।उनले त्यहाँ भरपुर मनोरञ्जन पनि दिए।लोकदोहोरीका अलवा उनले थुप्रै गीत गाए ।तिम्रो राशी तुला पर्यो, नाचौला झ्याउरेको तालैमा, अझै गणतन्त्र आएको छैन लगायतका गीत उनले प्रस्तुत गरे ।त्यसमध्ये तिम्रो राशी तुला पर्यो.. धेरै दर्शकले रुचाए ।त्यसका अलवा पंगेनी दर्शक माँझ नै गाएर अन्य थुपै गीतहरु पनि गाए।उनलाई धेरै दर्शकले साथ पनि दिए ।यतिसम्मकी आफ्ना गीत गाउन उनले दर्शकलाई नै माइक समेत उपलब्ध गराए र दर्शकले फटाफट उनका गीत… पुरा पढौ

आलु महोत्सवमा साढे २ करोड बढीको कारोवार

१३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँका स्टलबाट आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ।महोत्सवको ८ औं दिन आइतबारसम्म करिव ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार ४ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ।त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको… पुरा पढौ

कृषिको उत्सव आलु महोत्सव

आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ ।यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ ।महोत्सवमा दैनिकजसो हजारौंको सहभागिता रहने गरेको छ ।विशेष गरी दर्शकको… पुरा पढौ

महोत्सवमा १७ लाख बढीको आलु कारोवार

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।शुुक्रबारसम्म करिव आधा लाख बढीले महोत्सव अवलोकन गरेकोमा कुल १ हजार ६ सय ५० घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ ।हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै… पुरा पढौ

महोत्सवमा आलु किन्नेको घुइँचो

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ।हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बिहीबार महोत्सव… पुरा पढौ