
वैदिक धर्म परिषद् कास्की तथा विश्व हिन्दु महासंघ गण्डकी प्रदेशको सहआयोजनामा पोखरा ५ प्रस्याङ स्थित जेष्ठ नागरिक मिलन केन्द्रमा बुधबार एकादशी महात्म्य प्रवचन भएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र प्रस्याङ वगंैचा पार्कको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा वाचन प्रविण पं= दीनबन्धु पोखरेलले भगवान् विष्णुको महिमा बारे प्रकाश पार्नुभयो। उहाँले ब्रम्हा सृष्टिकर्ता भएजस्तै विष्णु पालनकर्ता भएको स्पष्ट पार्नुभयो।ज्ञानेन्द्रीय र कर्मेन्द्रीय नियन्त्रणमा एकादशी व्रतको भूमिका रहेको औँल्याउनु हुँदै प= पोखरेलले हरिशयनी एकादशी महात्म्यको विशेष महत्व रहेको जनाउनुभयो।
प=यज्ञप्रसाद खनालले एकादशी महात्म्यको पाठ पारायण गर्नुहुँदै संस्कार रहे संस्कृति जीवन्त बन्ने धारणा राख्नुभयो ।कार्यक्रमको मध्यान्न तथा समापनका बीच भजन कृर्तन सहित नृत्य एवम् सत्सङ भयो।
त्यस अवसरमा वैदिक धर्म परिषद् कास्की अध्यक्ष वेदनिधी शर्मा, उपाध्यक्ष भोलाजंग सुवेदी, वैदिक धर्म परिषद्का कोषाध्यक्ष रामप्रसाद वस्ताकोटी, विश्व हिन्दु महासंघ कास्की अध्यक्ष जगन्नाथ कोइराला, नेत्रपाणि बास्तोला लगायतले पनि धारणा राख्नुभयो ।
उहाँहरुले कलीयुगमा अन्नमा पाप बसेको जनाउँदै एकादशीका दिन भोजन नलिए पाप मोचन हुने जनविश्वास सुनाउनुभयो ।सकभर निराहार, नसके फलाहार, त्यो पनि नसके आहार लिएरै भएपनि भगवान्को ध्यान गर्दा पुण्य मिल्ने उहाँहरुले सुझाउनुभयो।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्षद्वय शंकर खराल र पार्वता पौडेल तथा सनातन धर्म सेवा समिति कास्की अध्यक्ष रविन्द्र मकाजु लगायतको विशेष उपस्थिती रहयो।
प्रवचनका बीच ज्यो=हरिश्चन्द्र भण्डारीले स्वस्ति वाचन, स्थानीय रामु गिरीले कर्ता, प= भुवानीप्रसाद वराल तथा प=तारानाथ शर्मा पौडेलले यज्ञ सम्पादन सहयोगीको भूमिका निर्वाह गर्नुभयो।
वैदिक धर्म परिषद् कास्की अध्यक्ष शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विश्व हिन्दु महासंघ गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारीले स्वागत, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष विश्वनाथ पराजुलीले धन्यवाद ज्ञापन एवम् वैदिक धर्म परिषद् कास्की सचिव सुर्यप्रसाद भण्डारी, विश्वहिन्दु महासंघ गण्डकी सचिव डिल्लीराम भट्टराई तथा सहसचिव ज्यो=हरिश्चन्द्र भण्डारीले कार्यक्रम संचालन गर्नुभयो ।
विश्व हिन्दु महासंघ गण्डकीले हरिशयनी एकादशी -चर्तुमास व्रत प्रारम्भ_ बाट शुभारम्भ प्रवचन हरिबोधनी एकादशी -कुल ९ वटा_ सम्म गर्ने जनाएको छ ।