काँडे बराहमा ध्यान मण्डल र अग्नि कुण्ड निर्माण हुँदै

-


     श्रीभद्र पौडेल    
     असार २७ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडे बराह मन्दिर क्षेत्रमा ध्यान मण्डल एवम् अग्नि (हवन) कुण्ड निर्माण हुने भएको छ ।

        पर्यटन विभागको रु.१ करोड १५ लाखको लागतमा मन्दिर क्षेत्रमा ति संरचना निर्माण हुने भएका हुन् । जस अन्तर्गत आइतबारदेखि कार्य प्रारम्भ गरिएको छ ।

        मण्डल एवम् कुण्डको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका मन्दिरका संरक्षक कुलबहादुर गुरुङ कुलुले शिलान्यास गर्नुभयो । त्यस अवसरमा प.पुण्यप्रसाद सुवेदी, डिल्लीराम पौडेल तथा इन्द्रप्रसाद अधिकारीले सहजीकरण गर्नुभयो ।

शिलान्यास गर्नुहुँदै मन्दिरका संरक्षक गुरुङले धर्म संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिर्दै संस्कार सहितको शिक्षा आवश्यक रहेको बताउनुभयो ।उहाँले सबै मिली मन्दिरको प्रचारप्रसार गर्नुपर्ने भन्दै मन्दिरलाई अध्यात्मसँग जोड्नुपर्ने स्पष्ट पार्नुभयो ।

ध्यान मण्डल अन्तर्गत त्यहाँ साधारण एवम् शौचालय सहितका कोठा, भान्छा, विश्राम एवम् आराम कक्ष लगायत निर्माण हुनेछ । त्यस्तै १९ फिट अग्लो हवन कुण्ड बन्नेछ ।जुन ६ मिटरको वर्गाकारमा हुनेछ ।