बैँक / वित्त

आलु महोत्सव सकियो, ४ करोड कारोवार

४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ।गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।महोत्सवको अन्तिम दिन बुधबार महोत्सव मूल… पुरा पढौ

करिव ३ करोड संकलन गर्दै सकियो सराङकोट महायज्ञ

सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज बुधबारदेखि सकिएको छ।  महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक… पुरा पढौ

सराङकोट महायज्ञमा ५५ लाख बढी संकलन

बुधबारदेखि सराङकोटमा सुरु श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको दोस्रो दिन बिहीबारसम्म ५५ लाख बढी दान संकलन भएको छ। उद्घाटनको दिन बुधबार अन्नपूर्ण केवलकार अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसी परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको थियो । त्यस्तै दोस्रो दिन बिहीबार गरिमा विकास बैकबाट रु.७ लाख, पोखरा १ वगर निवासी रामबहादुर गुरुङ परिवारबाट… पुरा पढौ

सराङकोट महाउत्सव सुरु ः कालु गुरुङले गरे २५ लाख दान

सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो।        यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो ।        आज उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख,… पुरा पढौ

शिखर अन्नपूर्णकै नमुना सहकारी बन्दै

अन्नपूर्ण–१, नागडाँडा स्थित शिखर बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः सुशिल भट्टचनको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।  शनिबार भएको अधिवेशनले राजकुमार गुरुङलाई उपाध्यक्ष, महेश्वर पौडेललाई सचिव तथा विरेन्द्र(विक्रम) गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।त्यस्तै दिलबहादुर जिसी, प्रकाश गुरुङ, धर्मराज अधिकारी, निमा गुरुङ, चित्रमोहन सुवेदी, अम्मर परियार र कृष्ण पौडेल सदस्य छनोट भए। सभाले गोविन्द सुवेदीको संयोजकत्वमा अमृत केसी सदस्य रहने गरी लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ ।कानुनी सल्लाहकार शिवहरी सुवेदी… पुरा पढौ

गौरीशंकर सहकारीको १९ औं साधारणसभा(फोटोफिचर)

हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभा बिहीबारदेखि सुरु भएको छ।       सभा उद्घाटन गर्दै नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ लिमिटेडका संचालक कमला गिरीले वर्तमान् समय सहकारीमैत्री नभएको दावी गर्दै सबै सहकारी संस्थालाई एउटै डालोमा हाली गरिने  निरन्तरको प्रहार असहीय भएको बताइन् ।       उनले गौरीशंकर सहकारी नीति, विधि तथा प्रविधिमा चलेको सुचकाङकहरुले देखाउने स्पष्ट पार्दै गौरीशंकर सहकारी क्रमश अब्बल बन्दै गएको धारणा राखिन्।नाफामुखी भन्दा सेवामुखी व्यवसायमा केन्द्रीत रहनु गौरीशंकरको सवल पक्ष… पुरा पढौ

सिद्धभूमि सहकारीमा पुनः दुर्गादत्त दाहाल

अन्नपूर्ण गाउँपालिका २ स्थित सिद्धभूमि बचत तथा ऋण सहकारी संस्था लि.को बिहीबार भएको ११ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले पुनः दुर्गादत्त दाहाल(सुर्य)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।        समितिको उपाध्यक्षमा नारायणप्रसाद दाहाल, सचिवमा दीपकराज दाहाल, कोषाध्यक्षमा भानुभक्त अधिकारी तथा सहसचिवमा टंकप्रसाद अधिकारी छन् ।अधिवेशनले खेमराज दाहाल, भरतराज दाहाल, राममाया दाहाल, लक्ष्मी चपाई सापकोटा, टंकप्रसाद दाहाल र दीपक अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ ।        त्यस्तै विष्णुप्रसाद अधिकारी नेतृत्वमा नविन दाहाल र मोतिलाल दाहाल सदस्य रहने गरी लेखा… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ । संस्थागत मुद्दती… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा

काठमाडाैं, १ कात्तिक। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौकाे खुसिंबुमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने बताइएकाे छ । बैकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख… पुरा पढौ

ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति निक्षेपमा दिए ११.६७ प्रतिशतसम्म ब्याज

काठमाडौं, १ कार्तिक। नेपाली बित्तिय बजारमा अहिले निक्षेपमा कसले बढी ब्याज दिने भन्ने प्रतिस्पर्धा चलेकाे छ । हिजाे र आज प्रकाशित बैकहरूकाे इन्ट्रेष्ट रेटकाे सूचनामा यस किसिमकाे प्रतिस्पर्धा देखिएकाे हाे । अहिले बैंकहरूमा देखिएकाे ब्याजदरकाे चर्काे प्रतिस्पर्धा हेर्दा आफ्नो भएकाे निक्षेप जोगाउन र अर्को बैंकको तान्नका लागि ब्याज बढाएकाे स्पष्ट देखिएकाे एक बैंकरले सफल आवाजलाइ बताए । नेपाल बैंकर्स संघको आइतबारकाे बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको आग्रहलाइ मान्न बैंकरहरूलाइ अनुराेध गरेका थिए । ब्याज बढाएकै भरमा निक्षेप नआउने भन्दै ब्याजदर… पुरा पढौ