साहित्य

हेमजा साहित्य महोत्सव सुरु

हेमजामा शुक्रबारदेखि साहित्य महोत्सव सुरु भएको छ।साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान उजिल्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।दुई दिनसम्म चल्ने उक्त महोत्सव अन्तर्गत पहिलो दिन नेपाली नाटक तथा रङगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा परिसंवाद भयो।त्यस अवसरमा सष्ट्राहरुले साहित्यमा व्यङग्यात्मकता झल्कनुपर्ने स्पष्ट पार्दै नेपालको वहुलता, विभिन्नता तथा नेपाली माटो सुहाउँदो साहित्य आवश्यक रहेको औल्याए।गायक परिचित हुदाँ गीतकार ओझेलमा पर्ने परिपार्टीको उनीहरुले विरोध गरे।त्यसका साथै साहित्यलाई युग सुहाउँदो बनाउनुपर्नेमा उनीहरु जोड छ ।विद्यागत धारणका… पुरा पढौ

हेमजा साहित्य महोत्सवको तयारी तीब्र

आगामि मंसिरमा हुने हेमजा साहित्य महोत्सवको तयारी तीब्र पारिएको छ। हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्याय रथारोहण एवम् नागरिक अभिनन्दन मूल समारोह समिति आयोजना तथा हेमजा साहित्य प्रतिष्ठानको प्रमुख व्यवस्थापनमा आगामि १८, १९ र २० मंसिरमा महोत्सव हुन लागेको हो।        जसअन्र्तगत शनिबार हेमजामा छलफल भएको छ भने चाडपर्व लक्षित शुभकामना आदानप्रदान पनि गरियो।        कार्यक्रममा धारणा राख्दै पुम्दीकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हेमजामा साहित्य महोत्सव हुन लागेकोमा खुशी व्यक्त गर्दै भाषिक एकता कायम… पुरा पढौ

प्रलेस गण्डकीको सचिवालय गठन

प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो । अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र निर्मल सापकोटा, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोलासँगै सदस्यहरू बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक रहेको सचिवालय गठन गरिएको हो । बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयसमेत गरेको छ । सङ्घका सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि… पुरा पढौ

भट्टराईको गण्डकी कविता मञ्जरी लोकार्पण

पुण्यप्रसाद भट्टराईद्वारा लिखित ‘गण्डकी कविता मञ्जरी’ सङ्ग्रहको लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिबार भएको एक कार्यक्रमका बीच उक्त कृति लोकार्पण गरिएको हो।        सङ्ग्रह लोकार्पण गर्दै प्रा.डा रामप्रसाद भट्टराईले कृतिमा पूर्वीय दर्शन तथा जीवन जगतका विभिन्न पक्षको चित्रण भएको औँल्याए ।उनले कृतिभित्र विषयगत विविधता, छन्दगत अनेकता, शिल्पगत कुशलता रहेको स्पष्ट पार्दै कृतिकारलाई साहित्य सिर्जनामा लागिरहन सुझाव दिए ।        सष्ट्रा पुण्यप्रसाद भट्टराईले नेपाली साहित्यमा लेखकीय विकृति भित्रिरहेकोमा दुःख व्यक्त गर्दै त्यसलाई सच्चाउन सामुहिक प्रयास गर्नुपर्ने जनाए… पुरा पढौ

अर्यालको  ‘मुर्दाघर’ लोकार्पण

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि सिर्जना अर्यालको नाट्यकृति ‘मुर्दाघर’ लोकार्पण गरिएको छ।           संस्थाको चौथो वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच उक्त कृति लोकार्पण गरिएको हो।           कृति लोकार्पण गर्नु हुँदै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान् गुरुङले साहित्य सिर्जना गरेर बाँच्नु आनन्ददायी हुने उल्लेख गर्नुभयो। उहाँले साहित्यिक कार्यक्रमले आफ्नो ध्यान खिच्ने गरेको जनाउँदै साहित्यलाई आस्वादन गर्न कृतिको रस अनुसार भावनामा डुब्नुपर्नेमा जोड दिनुभयो। छन्दनायक माधव वियोगीले कवि अर्याल छन्दमा कविता लेख्न सक्ने सबल कवि रहेको औँल्याउनुभयो ।उहाँले अर्याललाई… पुरा पढौ

उकाली र ओराली तीजे गीत सङ्ग्रह लोकार्पण

गीतकार शान्ति कँडेल न्यौपानेको तिजे गीत सङ्ग्रह उकाली र ओरालीको लोकार्पण भएको छ ।  सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिवार भएको एक कार्यक्रममा कन्या क्याम्पस पोखरामा अध्ययनरत पाँच कन्याबाट सामूहिक रुपमा उक्त कृतिको लोकार्पण गरिएको हो ।  उक्त अवसरमा कृतिका लेखक शान्ति कँडेल न्यौपानेले महिला सशक्तीकरण, दिनदिनै बढ्दै गएको हत्या, हिंसा, अपहरण, दुर्घटना, लैङ्गिक विभेद, तीज पर्वमा देखिएको विकृति र समजका यथार्थ पक्षलाई आफूले आफ्ना सिर्जनामा समेटेको बताइन् । छोराछोरीलाई राम्रो संस्कार सिकाउनुपर्ने, स्वदेशमै अवसर खोज्नुपर्ने र सरकारले राष्ट्रहितका विषयमा… पुरा पढौ

साहित्यकार जनार्दनशरणको स्मृति तथा काव्य परिचर्चा

नेपालश्री पुरस्कार कोष हेमजाको आयोजनामा बुधबार साहित्यकार जनार्दनशरण त्रिपाठीको स्मृतिसभा तथा काव्य परिचर्चा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिखर्चीले त्रिपाठी राष्ट्रवादी कवि, माटो र प्रकृतिका उपासक एवम् वातावरणीय सवालमा गम्भीर हुने चिन्तकका रुपमा चिनाए।उनले महाकाव्यकार त्रिपाठीलाई अन्तिम अवस्थामा भएपनि गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट अभिनन्दन गर्न पाएको स्मरण गरे। वडा सदस्य कृष्णबहादुर कुँवरले महाकाव्यकार तथा साहित्यकार त्रिपाठी जन्मिएको वडाको बासिन्दा हुन पाएको खुशी व्यक्त गरे। अधिवक्ता रामचन्द्र त्रिपाठीले जनार्दनको कृति शास्त्रीजीको नेपाली… पुरा पढौ

गार्डेन दर्पण लोकार्पण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ । दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए । उनले सेन्ट्रल गार्डेनले गरेका नमूना कार्यबाट आफू निकै प्रभावित भएको धारणासमेत… पुरा पढौ

आलोक गुरुङलाई ललितकला पुरस्कार

ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई २ वर्षमा प्रदान गर्ने यो पुरस्कारको राशि वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालन गरेका हुन् । आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार हुुन् । गुरुङले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुईव्यत्ति m(दुर्गा… पुरा पढौ

नाटक निर्देशन सिकाइँदै

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण… पुरा पढौ