अन्नपूर्ण गाउँपालिकावासीको माग, नेपाली भाषामा स्टीमेट बनाइदिनुहोस्

-


     श्रीभद्र पौडेल    
     श्रावण १ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिकावासीले विकास निर्माणका कार्य गर्ने शिलशिलामा बनाइने स्टीमेटको भाषाका कारण आफूहरुले दुःख पाइरहेको बताएका छन्

        उनीहरुले प्राविधिकले अंग्रेजी भाषामा निकै साना अक्षरमा स्टीमेट तयार गर्ने गरेको जनाउँदै त्यसमा प्रयोग गर्ने भाषा नेपाली बनाउन सरल शब्द एवम् ठूला अक्षरमा स्टीमेट तयार गरिदिन माग गरेका हुन्।

        आदर्श समाज बुहुमुखी प्रकाशन प्रालिको सहजीकरणमा आइतबार भएको पालिकाको . ०८०÷०८१ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमका बीच पालिकावासीले त्यस्तो आवाज उठाएका हुन्।

        उनीहरुले हामी सबै नेपाली हौं, प्राविधिक शाखाले नेपाली भाषामा स्टीमेट तयार गर्दा के बिग्रन्छ ? अनि सारै सानो अक्षरमा, कठिन शब्द राखेर किन स्टीमेट बनाइन्छ ? कि नेपाल सरकारले अंग्रेजीमा मात्रै कठिन शब्द राखेर स्टीमेट बनाउनु भनेको भन्दै प्राविधिक शाखा एवम् पालिका नेतृत्व समच्छे प्रश्न तेर्साए।

        मैले यो प्रश्न यसअगाडि घान्द्रुक उरीमा भएको दोस्रो सुनुवाईमा पनि उठाएको थिए, हालसम्म किन कार्यान्वयमा आएन, कार्यान्वयन गरिदैन भने किन सुनुवाई गर्ने, कार्यान्वयन गर्दा के बिग्रन्छ आइतवार सुनुवाईमा अन्नपूर्ण ढिकुरपोखरीका हरीराम भण्डारीले गुनासो पोखे ।भण्डारीको गुनासोमा अरु स्थानीयले पनि हो मा हो मिलाए पालिका नेतृत्वलाई त्यसतर्फ खबरदारी गरे।

        जवाफमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जनताको गुनासो जायज रहेको भन्दै त्यसलाई आगामि वर्षदेखि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।हिजोपनि हामी यस विषयमा गम्भिर थियौं, आज पनि छौं, कतिपय कुरा भन्ने बित्तिकै नहुने रैछ, समय लाग्दो रैछ, अध्यक्ष केसीले सुनाए।

        उनले सबै मिली पालिकालाई समृद्ध बनाउनुपर्ने भन्दै जनताका मागलाई प्राथमिकीकरण गरी सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए ।आगामि .वमा गाउँपालिकाको प्रशासनीक भवनको जग हाल्ने जनाउँदै अध्यक्ष केसीले अहिलेका जनप्रतिनिधीले पूर्वाग्रह नराखी काम गरिरहेको दावी पनि गरे विगतको तुलनामा शिक्षामा पनि केही प्रगति भएकै , जुन हालै प्रकाशित एसइईको नतिजाले पुष्टि गर्ने उनले औँल्याए

        पालिका प्राविधिक शाखा प्रमुख .शौलेन्द्र क्षत्रीले नेपाली भाषामा स्टीमेट बनाउने कुरा आशिंक कार्यान्वयनमा आएको दावी गरे।कतिपय प्राविधिकलाई नेपाली भाषामा स्टीमेट बनाउन पनि समस्या , नलुकाई भन्दा नेपाली टाइपिङ गर्न ग्राहो , त्यसमाथि उहाँहरुले पठनपाठन गर्दा सबै अंग्रेजी भाषा नै प्रयोग गर्नुभयो, कुरा यति मात्रै हो, आगामि वर्षका योजनाको स्टीमेट नेपाली भाषामै हुन्छ, बनाइन्छ उनले भनेः यो सँगै स्थानीयको समस्या समाधान हुने विश्वास लिएको छु।

        सुनुवाईमा अन्नपूर्णवासी वसन्त दाहाल, नवराज श्रेष्ठ, कृष्णकुमारी सुवेदी, पूर्णबहादुर विक, नारायणी दाहाल, मनपति भण्डारी, यमप्रसाद भण्डारी, हरीराम भण्डारी, लोकेन्द्रबहादुर बुढा लगायतले विभिन्न सुझाव दिए।

        उनीहरुले स्थानीय फल्लापानीको खानेपानी एवम् बाटोको समस्या समाधान गर्नुपर्ने, पालिका अस्पताल चाँडै संचालनमा ल्याउनुपर्ने, बजेटमा पालिका तथा वडा सरकारको केन्द्रीकृत मानसिकता तोड्नुपर्ने, नागडाँडाको भ्यू टावर संचालनमा ध्यान दिनुपर्ने, फोहोरमैला व्यवस्थापनमा चाँसो राख्नुपर्ने, टोल विकास संस्थालाई परिचालन गर्नुपर्ने, स्थानीय पदमार्गहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने, सार्वजनिक जग्गाको खोजी गर्नुपर्ने, सुनुवाईमा जनसहभागिता बढाउनुपर्ने, नागडाँडा क्षेत्र सहरउन्मुख हुँदै गएको भन्दै सो क्षेत्रमा सिसिटिभी तथा जेब्राक्रस निर्माण गर्नुपर्ने, पालिकाले एम्बुलेन्स् खरिद गर्नुपर्ने लगायत सुझाव दिए

        उपाध्यक्ष चन्द्रकला अधिकारीले गुनासो राख्ने जनताप्रति आभार प्रकट गर्दै सीमित स्रोत साधनका बीच कार्य गर्नुपर्दा जनचाहाना पुरा गर्न नसकिएको बताइन् ।उनले आफूहरुले समावेशी ढङगले काम गरिरहेको दावी गर्दै पालिकाको एक मात्रै ध्यान समृद्ध अन्नपूर्ण रहेको स्पष्ट पारिन्।

        प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पालिकाबाट प्रवाह गरिने सेवालाई चुस्तदुरुस्त बनाउन खोजिएको जनाउँदै कर्मचारीलाई क्षमतावान् बनाउन प्रयास भइरहेको बताए हामी डिजीटल नागरिक वडापत्रको तयारीमा छौं, विगतमा भन्दा धेरै सुधार हुँदै गएका पनि छन्, नागरिकलाई सकेसम्म छिटो तथा भरपर्दो सेवा दिनु कर्मचारीको कर्तव्य नै हो उनले भनेः पालिकाले यस वर्ष महत्वपूर्ण धेरै कार्यक्रम संचालन गरेको

        अधिकृत पोखरेलले . ०८०÷०८१ तर्फ चालुमा ९०.९१ प्रतिशत तथा पुँजीगततर्फ ८३.५४ प्रतिशत गरी समग्रमा ८८. प्रतिशत वित्तिय प्रगति भएको पनि सुनाए राजश्य रु. करोड उठाउने लक्ष्य रहेपनि रु. करोड ५६ लाख १८ हजार सय ८२ मात्रै संकलन भएको उनको भनाई

अन्नपूर्ण का अध्यक्ष तुलसीप्रसाद अधिकारीले नागरिक सचेत हुनुपर्ने जनाउँदै वडाको विकासमा आफूहरु तल्लिन रहेको सुनाए नागडाँडाको भ्यू टावर तथा त्यहाँ रहेको सार्वजनिक शौचालय शीध्र संचालन गर्ने तयारी भइरहेको , उनले भने अव वडाले टोल विकास संस्था मार्फत आएका योजनालाई प्राथमिकीकरण गरी कार्यान्वयनमा लैजान्छ पनि।

        प्रमुख जवाफदेही समेत रहेका गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष अधिकारीले स्वागत, संचारकर्मी सरला त्रिपाठी भण्डारीले प्रतिवेदन प्रस्तुत, संचारकर्मी लक्ष्मण परियारले छायाङकन एवम् आदर्श समाज दैनिक संवाददाता श्रीभद्र पौडेलले सुनुवाई सहजीकरण गरे।