गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा हुनहुन्न भने सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक हुनुहुन्छ । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ । स्थानीय तहको चुनावमा पार्टीले राम्रो गर्न सक्छ भन्नेमा देउवा ढुक्क नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘स्थानीय तहका पछिल्ला दुई चुनाव ९२०५४ र २०७४० मा एमालेले एकलौटीजस्तो बनायो, गत चुनावमा…
पुरा पढौ