प्रमुख समाचार

हिले महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखे

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखेका छन । बदलिदो समय सङै माटो सङ्गको सामिप्यता नभएको विदेशी पाहुनाले यस पटक फेवाफाटमा माटो सङ्ग लामो समय बिताए । खुशी खुशी ।   महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको आयोजक  पोखरा पर्यटन परिषदले जानकारी दिएको छ ।  उक्त महोत्सवमा हिले भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड,पत्रकार तर्फको हिलेदौड,रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता रहेको थियो । भलिवल तर्फ… पुरा पढौ

हिले महोत्सवमा रमाए हेमजाली

पोखरा । शनिबार सम्पन्न भएको हेम्जा हिले महोत्सबमा हेमजावासीको बक्लो उपस्थिति रहेको थियो । उक्त महोत्सवमा सबै उमेर समुहका व्याक्तिहरु रमाईलो गरिरहेको देखिन्थ्यो । देवीस्थान सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा कृषि झाँकी सहितको शोभायात्रा मिलनचोक हुदै कार्यक्रम स्थल पुगेको थियो । उक्त महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता रहेको… पुरा पढौ

विभिन्न तौल समुहको केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरा । पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव… पुरा पढौ

पहिरोले कतै मानिसको मृत्यु कतै घरै बगायो

पोखरा । शुक्रबार देखि परेको अविरल वर्षाको कारण गण्डकी प्रदेशको विभिन्न ठाउँमा क्षति पुर्याएको छ । शुक्रबार देखि परेको वर्षाको कारण स्याङ्जा जिल्लाको फेदीखोला गाऊँपालिका – ५ बाँगे स्थित दुर्गा जि.टी.को ढुङगा माटो र टिनले छाएको १ तले घर पूर्णरुपमा क्षति पुगेको छ । उनको घर र गोठ करिब २०/२५ मिटर माथिबाट आएको पहिरोमा परि क्षति भएको प्रहरीले जनाएको छ । शनिबार २ः३० बजे उद्धारको लागि घटना स्थलमा पुग्दा अन्दाजी ३१ वर्षको दुर्गा जि.टी र उनकी ३ वर्षिया छोरी निसिका… पुरा पढौ

गण्डकीमा ई–ड्राइभको सेवा विस्तार

पोखरा । प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।‘पहिलो चरणमा… पुरा पढौ

क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग निवारणका लागि सचेत हुन आवश्यक रहेको बताएका हुन् ।“रोग लुकाएर राख्न भन्दा समयमा नै उपचार गरियो भने क्यान्सरबाट पनि बच्न सकिन्छ”, उनले भने, “खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।”११ वटा जिल्लाका १४ अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी उनले गराए । क्यान्सर,… पुरा पढौ

आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिहरुलाई श्रम बजार अनुुकुलको ज्ञान र सीपको आवश्यकता रहेको बताएका हुन् । “सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभन्वित हुनुुभयो… पुरा पढौ

कास्कीले उचाल्यो कबड्डीको उपाधि

पोखरा । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि उचालेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि उचालेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतिय हुने दुई… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य नियुक्त

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्य नियुक्त भएका छन । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएर आएका हुन । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । परिषदको संगठन… पुरा पढौ

नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन

पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे ।… पुरा पढौ