विज्ञानको आत्मा जिज्ञासा भएको औँल्याइएको छ।नेपाल भौतिक विज्ञान समाज गण्डकीले बिहीबार भलाममा गरेको ‘पदमार्गमा क्वान्टम विज्ञान’ विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताले उक्त कुरा औँल्याएका हुन्। कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले विज्ञानले जिज्ञासु भावलाई जागृत गर्ने स्पष्ट पार्दै क्वाण्टम विज्ञान भविष्य निर्माणको आधार भएको बताए। गण्डकी सरकार अनुसन्धानमुखी शिक्षा, प्रयोगशाला सुदृढीकरण तथा विद्यार्थी, शिक्षक प्रेरणाका कार्यक्रमलाई प्राथमिकता दिने पक्षमा रहेको जनाउँदै मन्त्री थापाले विज्ञान र प्रविधिको क्षेत्रमा मिलेर काम गरे चाँडै विकास हुने धारणा राखे।भौतिकशास्त्र मानवशास्त्रकै अभिन्न…
पुरा पढौ