स्वास्थ्य

शिशु कल्याण, डेभिज फल्स क्लब र प्रहरी चौकीको संयुक्त सरसफाइ तथा जनचेतना कार्यक्रम

५४ औं विश्व वातावरण दिवसको अवसरमा पोखरा-१७, छोरेपाटनस्थित शिशु कल्याण इङ्लिस स्कुल, डेभिज फल्स क्लब र छोरेपाटन प्रहरी चौकीको संयुक्त आयोजनामा जनचेतनामूलक तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पर्यावरण संरक्षण र सामुदायिक सचेतना जगाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम विभिन्न तीन चरणमा सञ्चालन गरिएको थियो। कार्यक्रमको पहिलो चरण शिशु कल्याण इङ्लिस स्कुलको प्राङ्गणमा औपचारिक समारोहका बीच सुरु भएको थियो। विद्यालयका संस्थापक निर्देशक ईश्वर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराई… पुरा पढौ

छोरेपाटन मा.वि.को रक्तदान तयारी अन्तिम चरणमा

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कलको आयोजनामा बिहीबार विहान खुला रक्तदान कार्यक्रम हुँदैछ ।नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको समन्वय, रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो । जसको तयारी अन्तिम चरणमा पुगेको जुनियर रेडक्रस सर्कलका शिक्षक नायक युवराज सुवेदीले जानकारी दिनुभयो ।हालसम्म प्राविधिक पक्षको तयारी सबै सकिनुका साथै रक्तदाताको पहिचान पनि गरिएको छ । विद्यालयले पूर्व विद्यार्थी, रक्तदान गर्न मिल्ने विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीयवासी लगायत सरोकारवाला… पुरा पढौ

कास्की आदर्श समाजको रक्तदान सम्पन्न

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आयोजना तथा पोखरा लायन्स क्लव अफ अर्पणको सहआयोजनामा आज विहान पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा कुल ३५ प्रिन्ट रगत संकलन भएको छ ।मानव जीवन रक्षा र सामाजिक उत्तरदायित्वलाई ध्यान दिर्दै परिषद्ले “पुण्य कमाउनेछ मनले, जीवन बचाउनेछ रक्तदानले” भन्ने नाराका साथ कार्यक्रम गरेको हो।कार्यक्रममा धारणा राख्नुहुँदै प्रमुख अतिथी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संस्थाले मानव कल्याणकारी कार्य गरेकोमा खुशी व्यक्त गर्नुहुँदै संस्थासँग आगामि दिनहरुमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।संस्थाका संरक्षक तिलकसाली सापकोटाले संस्थाले… पुरा पढौ

छोरेपाटन माविमा खेलकुद सप्ताह सुरु

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबारदेखि खेलकुद सप्ताह सुरु भएको छ।सप्ताह शुभारम्भ गर्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय सचेत रहेको सुनाउनुभयो।उहाँले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको चर्चा गर्नुहुँदै खेलमार्फत स्वयम् विद्यार्थी, विद्यालय एवम् राष्ट्रलाई नै चिनाउन सकिने स्पष्ट पार्नुभयो।विद्यार्थीको प्रतिभा प्रस्फुटन महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै प्रधानाध्यापक शर्माले राष्ट्रपति रर्निङ शिल्ड प्रतियोगिताको तयारीमा जुट्न विद्यार्थीलाई आग्रह समेत गर्नुभयो।उहाँले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने स्पष्ट पनि पार्नुभयो।सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले सरोकारवाला सबैको सहयोगबाट खेल सप्ताह सम्पन्न हुने विश्वास… पुरा पढौ

कास्की आदर्श समाजको रक्तदान तयारी तीब्र

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आयोजनामा आउँदो शुक्रबार विहान पोखरा स्थित पृथ्वीचोकमा रक्तदान कार्यक्रम हुँदैछ।मानव जीवन रक्षा र सामाजिक उत्तरदायित्वलाई ध्यान दिर्दै परिषद्ले “पुण्य कमाउनेछ मनले, जीवन बचाउनेछ रक्तदानले” भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको हो।सो कार्यक्रमको तयारी तीब्र पारिएको कार्यक्रम संयोजक समेत रहनुभएका संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सीनाले जानकारी दिनुभयो।नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार पोखरा तथा कास्की आदर्श समाज नेपालको समन्वयमा रक्तदान हुन लागेको हो।सन् २०१७ का स्थापित उक्त संस्था हाल विश्वभरिका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो… पुरा पढौ

छोरेपाटन मा.विमा यौन तथा प्रजनन स्वास्थ्य सचेतना

पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आज यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना दिइएको छ। नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा भएको उक्त सचेतनामा कक्षा ११ तथा १२ का विद्यार्थी तथा केही शिक्षक सहभागि हुनुभयो। कार्यक्रममा धारणा राख्नुहुँदै वडाध्यक्ष राधिकाकुमारी शाहीले कानुनले २० वर्ष पछिको बिहेलाई मात्रै मान्यता दिएको जानकारी गराउनुहुँदै परिवार नियोजन संघ कास्कीका गतिविधि प्रशम्सा योग्य रहेको बताउनुभयो ।उहाँले किशोरावस्थामा आएका परिवर्तनबारे अभिभावकलाई समयमै जानकारी गराउने सवालमा नलजाउन विद्यार्थीलाई सुझाव दिनुहुँदै असुरक्षित यौनसम्पर्क मार्फत प्राणघातक रोग लाग्न सक्नेतर्फ सचेत… पुरा पढौ

स्वास्थ्य सेवामा अन्नपूर्ण गाउँपालिकाको छलाङ

लुम्लेकी टीका देवकोटाले स्वास्थ्य बीमा गर्न थालेको पनि करिव ९ वर्ष पुग्यो।उनले हालसम्म सयौंको बीमा गराइन्।त्यसका लागि उनी अन्नपूर्ण ६ अन्तर्गत पर्ने लुम्लेका विभिन्न टोलसम्म पुगिन्।        पहिले अर्मपर्म गर्न मात्रै पुग्ने टीका दुःख विमार हुदाँ उपचार गर्न सहज हुने काम लिएर टोलटोलमा पुग्दा त्यहाँका स्थानीयमा खुशी पनि छायो।टीकाले विस्तारै वडावासी सबैलाई बीमा कार्यक्रममा आबद्ध पनि गर्दै गइन् ।फलस्वरुप करिव लुम्लेका सबै घरपरिवार जसोलाई कार्यक्रममा समेट्न सफल भइन्।उनले करिव २ सय घरधुरी लुम्लेवासीलाई बीमा सेवामा जोडिन्।        पहिले पुरै रकम… पुरा पढौ

४८ युनिट रगत संकलन

पोखरा–५, धारापानी मार्गमा शनिबार भएको रक्तदान कार्यक्रममा कुल ४८ युनिट संकलन भएको छ। तिहारको अवसरमा धारापानी टोल विकास संस्था “ख”, धारापानी आमा समूह, जनहित महिला समूह, प्रस्याङ ठूलीपोखरी आमा समूह, धारापानी महिला बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र धारापानी बाल क्लबको संयुक्त आयोजनामा रक्तदान भएको छ। कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद वरालले रक्तदान जीवनदान भएको उल्लेख गर्दै रक्तदानको महत्व आम नागरिकमा बुझाउनुपर्ने बताए। उक्त अवसरमा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विक, समाजसेवीहरु सरीता अधिकारी, शोभाखर अधिकारी, कपिलमणी दाहाल, वसन्तराज अधिकारी, गोविन्द… पुरा पढौ

होलवडी चेकअपमा कान परीक्षणलाई पनि समेटौं

होलवडी चेकअप गर्दा कान परीक्षणलाई पनि समेट्नुपर्नेमा जोड दिइएको छ।शनिबार प्रस्याङमा भएको निःशुल्क कान परीक्षण तथा उपचार शिविरका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।उनीहरुले कान महत्वपूर्ण अङग हुदाँहुँदै पनि कम महत्व दिने गरेकोमा दुखेसो पोखे ।शिविर उद्घाटन गर्दै पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले कान महत्वपूर्ण अङग भएपनि मानिसले त्यसलाई महत्व नदिने गरेको औँल्याउँदै कानको उपचारमा पनि ध्यान दिनुपर्ने बताइन् ।उनले त्यस क्षेत्रका संस्थाको सहकार्यमा शिविर आयोजना भएकोमा खुशी व्यक्त गर्दै हुदाँ खाने वर्गलाई सेवा दिनु सबैभन्दा महत्वपूर्ण हुने स्पष्ट… पुरा पढौ

मणिपाल र गुरुकुल बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति

मणिपाल शिक्षण अस्पताल र गुरुकुल विद्या सदन माध्यमिक विद्यालय बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति भएको छ।हालै दुवै संस्थाबीच उक्त सम्झौता सहमति भएको हो। यसैबीच गुरुकुलले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ४६ युनिट रगत संकलन भयो ।सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेकोमा प्रादेशीक रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहयो। त्यस अवसरमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडोवेइलले रक्तदानको महत्वमाथि प्रकाश पार्नुहुँदै विरामी भएपछि मात्रै अस्पताल जाने परिपार्टीलाई अन्त्य गर्नुपर्ने सुझाउनुभयो।उहाँले मणिपाल र गुरुकुल बीच स्वास्थ्य… पुरा पढौ