
पोखरा ४ स्थित नेलम्बो नेपालको शनिबार एक कार्यक्रमका बीच सामाजिक लेखा परीक्षण गरीएको छ ।
सामुदायिक स्वास्थ्य शिक्षा तथा वातावरण, मुख तथा दन्तरोग एवम् कान तथा श्रवण रोग सुरक्षा साथै शिशुस्याहार परामर्श एवम् विकास गरी तिन परियोजना संचालन गर्दै आइरहेको उक्त संस्थाको सामाजिक प्रभाव मूल्याङकन गरिएको हो ।
सामाजिक प्रभाव मूल्याङकन प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक लेखा परीक्षक डा. ऋषिकेश पाण्डेले नेलम्बोद्वारा संचालित परियोजनाहरु सफलताउन्मुख रहेको बताउँदै ति परियोजनाहरुलाई दुर्गम वस्ती लक्षित गर्नुपर्ने बताए ।
आफूहरुले साढे २ महिना लगाएर स्वतन्त्र ढङगबाट नेलम्बोको सामाजिक प्रभाव मूल्याङकन गरेको स्पष्ट पार्दै डा.पाण्डेले सरकार पुग्न नसकेका कतिपय ठाउँमा सेवा भावका साथ नेलम्बो पुगेको जनाए ।उनले संस्थाका गतिविधिले दिगो विकासका कार्यक्रमलाई पनि सघाउ पु¥याएको भनाई राखे ।
शिक्षासेवी गेहेन्द्रेश्वर कोइरालाले न्यूनस्तरका जनताको आवश्यकतालाई बुझेर नेलम्बोले कार्य गरिरहेको जनाउँदै ति कार्यहरु अनुकरणीय रहेको स्पष्ट पारे । शिक्षा, स्वास्थ्य र वातावरण भन्ने कुरा सामाजिक आवश्यकताका विषय हुन्।यि विषयमा नेलम्बोले स्थापना कालदेखि नै गतिविधिहरु गर्दै आइरहेको छ, यिनलाई निरन्तरता दिनुपर्दछः कोइरालाले भने ।
मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले नेलम्बोसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेलम्बो गरिव जनताको मन मनमा बस्न सफल भएको धारणा राखे।
आधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले आम जनतामा नेलम्बो प्रतिको सकारात्मक छाप परिसकेको जनाउँदै कार्यक्रमलाई दिगो बनाउन स्थानीय तहसँग समन्वय बढाउन आग्रह गरे।
त्यस अवसरमा आधिखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, अन्नपूर्ण गाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भुगाई, मादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र वराल, गैरसरकारी संस्था महासंघका डा. बुद्धिबहादुर थापा, सामाजिक लेखा परीक्षक अनिता दाहाल लगायतले पनि धारणा राखे ।
उनीहरुले नेलम्बोले सही नेतृत्व पाएको, कर्मचारीहरुमा पनि सेवाभाव रहेको, आवश्यकता पहिचान गर्दै कार्य गरेको, निजी क्लिनिकले भन्दा गुणस्तरीय सेवा दिएको, मानवीय विकासमा योगदान पु¥याएको, कोभिडको वेलामा विशेष सराहनीय कार्य गरेको स्पष्ट पारे।
नेलम्बो अध्यक्ष एकदेव देवकोटाले संस्थाले सक्रिय सहकार्यमा विश्वास मान्दै आइरहेको जनाउँदै जनताको आत्मियता, माया, विश्वास र सद्भावलाई घट्न नदिने प्रतिबद्धता जनाए ।उनले कामको प्रभावकारीता हेरिकन दाताबाटै दाता खोज्न प्रयास भइरहेको जनाउँदै स्थानीय तहसँगको सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष सरोज कोइरालाले स्वागत तथा कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले संचालन गरे।