
पोखरा–२७, सहेलापाटामा बुधबार बिहान स्थानीय मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनबहादुरका २२ वर्षीय छोरा भीमबहादुर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विहान करिव ४ बजेतिर घरमाथि पहिरो खस्दा भीमसँगै उनकी आमा कमला पुरिएका थिए ।कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।
इलाका प्रहरी कार्यालय शिसुवा एवम् सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण मालेपाटनबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुलाई करिव ७ बजेतिर उद्धार गरेको हो।