समाचार

मोर्निङस्टार माविलाई अन्नपूर्ण गाउँपालिकाद्वारा सम्मान

पोखरा २०, असार।अन्नपूर्ण गाउँपालिका–२, नागडाँडा स्थित मोर्निड्डस्टार माध्यमिक विद्यालयलाई गाउँपालिकाले सम्मान गरेको छ।एसइई २०८२ मा सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उक्त विद्यालयलाई शनिबार आयोजित कार्यक्रममा पालिकाले सम्मान गरेको हो।त्यस अवसरमा प्रधानाध्यापक फणिन्द्रप्रसाद अधिकारी, विषय शिक्षकहरु ईन्द्रदोर्जे लामा, प्रेमकुमार प्रधान, भोलानाथ पौडेल, रामप्रसाद सुवेदी, झलक रानाभाट, श्रीकृष्ण तिमिल्सीना र काशीराम शर्मा सम्मानित भए ।त्यस्तै ३.९६ जिपीए ल्याउन सफल सन्तोषी अधिकारी सहित उत्तीर्ण ५० जना विद्यार्थीलाई पनि पालिकाले नगद, सम्मानपत्र एवम् माला सहित सम्मान गरेको हो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले… पुरा पढौ

छोरेपाटन मा. वि.का नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा २०, असार।पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।कक्षा १२ का विद्यार्थीको आयोजनामा शनिबार भएको कार्यक्रमका बीच कक्षा ११ मा भर्ना भएका व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीलाई स्वागत गरिएको हो।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य दानबहादुर शाहीले नवआगन्तुक विद्याथीलाई स्वागत गर्दै छोरेपाटनको गरिमालाई ख्याल गर्दै पठनपाठनमा होमिन सुझाए।प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले भविष्य ख्याल गरी अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्दै दिर्दै पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले महत्व दिर्दै आएको… पुरा पढौ

शिशु कल्याण, डेभिज फल्स क्लब र प्रहरी चौकीको संयुक्त सरसफाइ तथा जनचेतना कार्यक्रम

५४ औं विश्व वातावरण दिवसको अवसरमा पोखरा-१७, छोरेपाटनस्थित शिशु कल्याण इङ्लिस स्कुल, डेभिज फल्स क्लब र छोरेपाटन प्रहरी चौकीको संयुक्त आयोजनामा जनचेतनामूलक तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पर्यावरण संरक्षण र सामुदायिक सचेतना जगाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम विभिन्न तीन चरणमा सञ्चालन गरिएको थियो। कार्यक्रमको पहिलो चरण शिशु कल्याण इङ्लिस स्कुलको प्राङ्गणमा औपचारिक समारोहका बीच सुरु भएको थियो। विद्यालयका संस्थापक निर्देशक ईश्वर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराई… पुरा पढौ

रहेनन् केशवशरण

हेमजा निवासी शिक्षासेवी, समाजसेवी व्यक्तित्व केशवशरण पौडेलको निधन भएको छ ।उनको शुक्रबार विहान मर्निङवाक क्रममा हेमजा झिर्झिका खण्ड(बतासे)मा ह्दयघातका कारण निधन भएको हो। ५८ वर्षका पौडेल पत्नी शारदासँगै त्यहाँ मर्निङ वाक गएका थिए।हेमजा बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल पौडेल गौरीशंकर बचत तथा ऋण सहकारीका अध्यक्ष पनि हुन् ।त्यस्तै उनले एन–प्याब्सन कास्कीको पूर्व उपाध्यक्ष हाल सल्लाहकार, नेकपा एमाले कास्कीको सदस्य सहित सल्लाहकार, रेडियो हेमजाका सस्थापक मध्येका एक, कास्की वचत संघका कोषाध्यक्ष भएर पनि सेवा गरे।त्यस्तै उनले लायन्स क्लब लगायतका सामाजिक संघ संस्थामार्फत… पुरा पढौ

सनफ्लावर बोडिङकी आरतीले ल्याइन् एसइईमा ४ जिपिए

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार पोखरा २ स्थित सनफ्लावर बोडिङ स्कुलकी आरती आचार्यले उच्चतम् ४.० जिपिए ल्याएकी छन् ।विगतको नतिजा तुलना गर्दा सनफ्लावर विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ।एसइई दिएका मध्ये आरती सहित ३ जनाले ए प्लस, ८ जनाले ए, ७ जनाले वि प्लस तथा १ जनाले वि ग्रेड ल्याएको विद्यालयले जनाएको छ ।सनफ्लावर स्कुल पोखरा क्षेत्रकै रोजाइको स्कुलमा पर्दछ । यहाँ नर्सरी देखि कक्षा १० सम्म पठनपाठन हुन्छ।विद्यालयको… पुरा पढौ

छोरेपाटन माविका ३ जनाले ल्याए एसइईमा ४ जिपिए

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार छोरेपाटन माविका ३ जना विद्यार्थीले उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यार्थी शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले उच्चतम् ४.० जिपिए ल्याएका हुन् । विद्यालयबाट २०८१ सालमा १ जनाको पनि ४.० जिपिए आएको थियो ।नतिजा हेर्दा छोरेपाटन माध्यमिक विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ ।कुल १ सय ८१ जना विद्यार्थी परीक्षामा सम्मिलित भएकामा ३.६ देखि ३.९९ जिपिए ल्याउने विद्यार्थी ३४ जना छन् ।त्यस्तै… पुरा पढौ

मानवसेवा आश्रमको भवन पूर्णताका लागि महायज्ञ

हेमजा स्थित मानवसेवा आश्रमले यही १९ देखि २६ वैशाखसम्म गर्न लागेको श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी पूरा भएको छ।आयोजक आश्रमले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यज्ञको तयारी सकिएको जनाएको हो । जसमा भागवत् भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन्।आश्रमको हेमजा स्थित निर्माणधिन भवन तथा लक्ष्मीनारायण मन्दिरलाई पूर्णता दिने, मुक्तिनाथ सेवा धर्मशाला निर्माण र अक्षयकोष श्रीबृद्धि गर्ने उद्देश्यका साथ उक्त यज्ञ गर्न लागिएको हो ।जसमार्फत पितृ मोक्ष, शान्ति प्राप्ति एवम् मानवता प्रर्वद्धन हुने अपेक्षा गरिएको छ।यज्ञ अन्तर्गत उद्घाटनको दिन बाजागाजा सहित… पुरा पढौ

छोरेपाटन माविमा कानूनी सचेतना

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कानुनी संचेतना दिइएको छ।सामुदायिक सेवा केन्द्र वैदामको आयोजनामा तथा सामाजिक विकास महाशाखा पोखरा महानगरपालिकाको सहयोगमा बिहीबार एक कार्यक्रमका बीच सो विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीलाई सचेतना दिइएको हो।सचेतना सहजीकरण गर्दै प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोक्काले जान अञ्जानमा धेरै गल्ती हुने भन्दै त्यसतर्फ सचेत गराए। कानुनी अनविज्ञता क्षम्य नहुने उल्लेख गर्दै निरीक्षक रोक्काले सबै मिलि समाजलाई समुन्नत बनाउनुपर्ने औल्याए।उनले पछिल्लो समय एकाउन्ट तथा पेज ह्याक हुने समस्या बढीरहेको संकेत गर्दै विभिन्न कारणले कलिला… पुरा पढौ

छोरेपाटन माविमा होटल व्यवस्थापनको पढाइ

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामि शैक्षिक सत्रदेखि होटल व्यवस्थापन समूह (एचएम्) तर्फको पढाइ सुरु गर्ने भएको छ।त्यसका लागि विद्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ ।जसका लागि सुरुमा कक्षा ११ तर्फ ४० जना विद्यार्थी भर्ना गरिने प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले जानकारी दिनुभयो ।पोखरा पर्यटकीय शहर हो, यहाँ वर्षिनी लाखौं पर्यटक घुम्नका लागि आउनुहुन्छ, यहाँको भौगोलिक सुन्दरताले पनि पर्यटकको मन लोभ्याएकै छ, वि.एच.एम्लाई पनि मध्येनजर गरी कक्षा ११, १२ तर्फ यस वर्षदेखि पठनपाठन सुरु गर्दैछौं प्रधानाध्यापक भुषालले भन्नुभयो।एचएम्मा विद्यार्थीको आकर्षण… पुरा पढौ

आलु महोत्सवको समापन आज, चर्चित कलाकार प्रकाश सपुत आउँदै

१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले सम्बोधन गर्ने कार्यक्रम छ ।समापन अवसरमा रत्यौली गीत, कृषि झाँकी प्रतियोगिताको नतिजा पनि सार्वजनिक गर्दै विजेता समूहलाई पुरस्कृत गरिनेछ । त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवको ८ औं दिन शुक्रबारसम्म ८५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेका छन् । जसमध्ये कुल ६ हजार… पुरा पढौ