अन्नपूर्णमा मुस्कान सहित सेवा दिन सुरु

-


     श्रीभद्र पौडेल    
     श्रावण २ गते २०८१ मा प्रकाशित


आर्थिक वर्षको सुरुवातीसँगै अन्नपूर्ण गाउँपालिकामा मुस्कान सहितको सेवा शुभारम्भ गरिएको

        ‘मुस्कान सहितको सेवा हामी सबैको प्रतिबद्धता नाराका साथ मंगलबार जनप्रतिनिधी तथा कर्मचारीले सेवा दिने प्रण गरेसँगै कार्यक्रम लागु गरिएको

जस अन्तर्गत कार्यालय प्रमुख, विभिन्न विषयगत शाखा प्रमुख देखि वडा कार्यालयका ढोका ढोकामा सोही अनुसारको स्टिकर टासिएको

सेवा शुभारम्भ गर्नुहुँदै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कार्यक्रम लागु भएसँगै नागरिक, जनप्रतिनिधि तथा कर्मचारीमा सकारात्मक भावको विकास हुने औँल्याउनुभयो।

सेवाग्राहीहरु रिसाएर पनि आउन सक्नुहुन्छ, उहाँहरुलाई खुशी बनाई सेवा दिएर पठाउने दायित्व कार्यालयको हो, कार्यक्रम लागु भएसँगै एक खालको सकारात्मक संदेश जनतामा जान्छ नै अध्यक्ष केसीले भन्नुभयो

उपाध्यक्ष चन्द्रकला अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले कार्यक्रम लागु भएपछि कर्मचारी देखि सेवाग्राहीको स्वास्थ्य, मनोविज्ञानमा पनि सकारात्मक प्रभाव गर्ने सुनाउनुभयो।

गाउँपालिकाले उक्त सेवालाई यस वर्षको नीति तथा कार्यक्रममा पनि समेटेको छ।