
पोखरा महानगरपालिका वडा नं= १९, पुरुन्चौर स्थित भारती भवन माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर सुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा संचालित शिविर पाँच दिनसम्म चल्नेछ । जसमा वडा कार्यालय, भारती भवन विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहेको छ ।
शिविर शुभारम्भ गर्नु हुँदै वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले शिविरबाट अधिकत्तम लाभ लिन विद्यार्थीलाई सुझाव दिर्दै आगामि दिनहरुमा नेलम्बोसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेलम्बो महत्वपूर्ण सहयोगी संस्था भएको औँल्याउनु हुँदै दाँत तथा कानको हेरचाहमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाले स्वास्थ्य, शिक्षा, वातावरण र अनुसन्धानको क्षेत्रमा कार्य गर्दै आइरहेको जानकारी दिनुहुँदै दाँतको सेवा सर्वसुलभ नभएको बताउनुभयो । उहाँले दाँत तथा मुख स्वास्थ्यका कारण विभिन्न दीर्घ रोग लाग्ने गरेको स्पष्ट पार्नुहुँदै रेडक्रससँग सहकारी गरी कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
रेडक्रस कास्की उपसभापति उर्मिला खड्काले रेडक्रस जस्तै नेलम्बो पनि स्वयम्सेवी संस्था भएको आफूले पाएको उल्लेख गर्दै शिविरलाई समुदाय स्तरमा पनि संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले पोखरा १९ उपशाखा सक्रिय रहेको स्पष्ट पार्नु हुँदै विपद्मा एकद्वार प्रणाली मार्फत राहात उपलब्ध गराउनुपर्ने जनाउनुभयो ।
उपशाखा सभापति नवराज पौडेलले शिविरबाट फाइदा लिन विद्यार्थीलाई सुझाव दिर्दै नेलम्बोसँग सहकार्य गरी वर्षमा कम्तीमा १ पटक शिविर संचालनको तयारीमा उपशाखा जुटेको भनाई राख्नुभयो ।उहाँले शिविर संचालनमा उपशाखा सल्लाहकार सञ्जय अधिकारीको भूमिका महत्वपूर्ण रहेको स्मरण पनि गर्नुभयो ।
डा=दीक्षा क्षत्रीको नेतृत्वमा ८ जना स्वास्थ्यकर्मीको टोली खटिएको उक्त शिविरको पहिलो दिन आइतबार आज कुल ८३ विद्यार्थीको दन्त परीक्षण गरिएको छ । त्यस्तै कान सुरक्षा बारेमा पनि सचेतना दिइएको कार्यक्रम संयोजक उपशाखाका सहसचिव माधवप्रसाद गौतमले जानकारी दिनुभयो ।
उपशाखा सभापति पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव होमनाथ आचार्यले रेडक्रसका सात सिद्धान्त वाचन तथा सदस्य रमेश विश्वकर्माले कार्यक्रम संचालन गर्नुभयो ।
उपशाखाले आगामि दिनमा पनि यस्तै रचनात्मक एवम् सामाजिक क्रियाकलापलाई निरन्तर दिने सल्लाहकार सविन जिसीले उल्लेख गर्नुभयो ।