राजनीति

एमाले हेमजामा रुद्रनाथको नेतृत्व

नेकपा(एमाले) पोखरा महानगरपालिका वडा नं.२५, हेमजाको दोश्रो अधिवेशनले रुद्रनाथ पौडेलको अध्यक्षतामा वडा कमिटि चयन गरेको छ। अधिवेशनले देवीप्रसाद अधिकारीलाई उपाध्यक्षमा, हिक्मत थापालाई सचिवमा, रमा त्रिपाठी र लालमाया भुजेल गुरुङलाई उपसचिवको जिम्मेवारी दिएको छ ।         त्यस्तै सदस्यमा हेमराज त्रिपाठी, एकबहादुर कुँवर, विश्वास त्रिपाठी, रीता त्रिपाठी, विष्णु बास्तोला र सीता केसी छनोट भए। अधिवेशन उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नं.३ कास्की इञ्चार्ज राजीप पहारीले पार्टीलाई क्रियाशिल बनाइरहनुपर्नेमा जोड दिनुभयो। त्यस अवसरमा केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य दामोदर पौडेल… पुरा पढौ

इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

नेपाल कम्युष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक काम इमान्दारी साथ गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हरेक काम अगाडि बढाउँदामात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो । विद्यार्थीले नयाँ कुरा सिक्ने, ज्ञान र सीप प्राप्त गर्नेतर्फ लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमताअनुसार अघि बढ्न विद्यार्थी र अभिभावकलाई सुझाव… पुरा पढौ

एकिकृत समाजबादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। पार्टीको जारी १० औँ राष्ट्रिय महाधिवेशनले आज अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो। त्यस्तै झलनाथ खनाल सम्मानित नेता चयन हुनुभएको छ।यी तीन पद महाधिवेशन हलले सर्वसम्मत रुपमा घोषणा गरेको हो।अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको जनाइएको छ। पुरा पढौ

सरकारबाट बाहिरियो एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उहाँहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिनुभएको थियो । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । उक्त अवधिमा प्रधानमन्त्री दाहालले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरुले आज… पुरा पढौ

गण्डकी सरकार उद्धार र राहतमा जिम्मेवार भएन : पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ । आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । संसदमा उठेका कुरालाई सम्बोधन नगर्ने खालको निष्प्राण सरकार संसदले परिकल्पना नगरेको उहाँको प्रष्टोक्ति थियो । हालै अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानको कारण… पुरा पढौ

‘युवालाई नेतृत्वमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे । “युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास… पुरा पढौ

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । ‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय… पुरा पढौ

राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं : पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ । शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो । त्यसको लागि पब्लिक… पुरा पढौ

राजनीतिले लय पक्रेकाे छ: प्रधानमन्त्री प्रचण्ड

गोरखा, चैत ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ । गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएको बताउनुभयो । ‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ । आज बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीसँग गम्भीर संवाद छलफल सुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत… पुरा पढौ

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

काठमाडौं, फागुन २८ गते । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो । फरक लिङ्ग र समुदायकाको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी कायम गर्ने निर्णय गर्नुभएको हो । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।  उहाँले भन्नुभयो, "राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी… पुरा पढौ