विचार/ब्लग

सजुको ‘मेरी सञ्जीवनी’ लोकार्पण

पोखराकी सजु पौडेल बरालको गीत सङग्रह ‘मेरी सञ्जीवनी’ लोकार्पण गरिएको छ।पृथ्वीनारायण क्याम्पस नेपाली विभाग आयोजनामा आइतबार भएको एक कार्यक्रमका बीच उक्त सङग्रह लोकार्पण गरिएको हो।सङग्रहमा प्रेम र वियोगका भाव झल्काइएको छ।त्यस अवसरमा सष्ट्रा पौडेल तथा सम्पादक रमेश दाहालले केही पुस्तक विभागलाई हस्तान्तरण पनि गरे।सङग्रह लोकार्पण गर्दै क्याम्पस प्रमुख प्राडा. हरीप्रसाद पाठकले पूर्व विद्यार्थीको कार्य सराहनीय रहेको चर्चा गर्दै सजुको साहित्य यात्रालाई अझै फराकिलो बनाउन आग्रह गरे।उनले निरन्तर साधना मार्फत उत्कृष्ट गीतकारको छवि बनाउन पौडेललाई सुझाव दिर्दै सिर्जनाले मन छुने गरेको… पुरा पढौ

कांग्रेस रुपान्तरण गर्न विष्णुले ल्याए प्रस्ताव

नेपाली कांग्रेस, कास्की जिल्ला सदस्य विष्णु अधिकारीले शुक्रबार सम्पन्न जिल्ला समितिको बैठकमा भौतिक रूपमा उपस्थित हुन नसके पनि काठमाडौंबाट पेश गरेको लिखित प्रस्तावमार्फत पार्टीको रुपान्तरण, आन्तरिक छानबिन तथा सभापति शेरबहादुर देउवाको परिवारसम्बन्धी समाचारबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । प्रस्तुत छ उनले अगाडि सारेको प्रस्ताव नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका का.वा. सभापतिज्यू तथा सम्पूर्ण सदस्यज्यूहरुमा जय नेपाल । मेरो यो लिखित प्रस्ताब पेश गर्न चाहन्छु। काठमाडौंमा रहेको कारणले आजको महत्त्वपूर्ण बैठकमा भौतिक रूपमा उपस्थित हुन नसके पनि, पार्टीको वर्तमान… पुरा पढौ

भिन्न विचारसँग पनि सहकार्य गर्ने यमलाल

अन्नपूर्ण गाउँपालिका–६, लुम्लेका स्वः यमलाल देवकोटा बहुआयमिक व्यक्तित्व भएको चर्चा गरिएको छ।यमलाल देवकोटा स्मृति शैक्षिक प्रतिष्ठानको आयोजनामा हालै लुम्लेमा भएको स्मृति दीप विमोचन, शैक्षिक बहस तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सीनाले स्वः यमलाल सादा जीवन उच्च विचारमा अनुयायी भएको स्मरण गर्दै उनको जीवनबाट सादकीपन सिक्नुपर्नेमा जोड दिए।उनले लुम्ले लगायत त्यस क्षेत्रको बृद्धि विकासमा यमलालको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै देवकोटालाई सामाजिक, राजनीतिक, शैक्षिक व्यक्तित्वको सज्ञा दिए।नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले… पुरा पढौ

अन्नपूर्णवासीको प्रश्नः कहिले बन्छ पालिका भवन ?

कास्कीको अन्नपूर्ण गाउँपालिकावासीले पछिल्ला वर्ष यता बारम्बार गर्दै आउने प्रश्न हो पालिका भवन कहिले बन्छ भनेर ? यो प्रश्न त्यहाँका चिया पसलदेखि खेतवारी, मेलापातमा समेत नागरिक स्तरमा राम्रै चल्ने गर्दछ। वडा कार्यालयका भवन सबै बने, तर पालिका भवनकै ठेगान छैन, माछापोखरीमा बनाउने भनी पहिलो कार्यकालमा(युवराज कुँवरको पालामा) गाउँसभाले निर्णय पनि गर्यो तर ठोस रुपमा काम अगाडि बढ्न सकेन ।दोस्रो कार्यकालका जनप्रतिनिधिको पनि ३ वर्ष बढी बितीसक्यो, अझै पनि पालिका भवन शिलान्यासको सुरसारसम्म छैन।यो सार्वजनिक विषयमा सरोकार राख्ने त्यहाँका आम नागरिकहरु… पुरा पढौ

प्रलेस गण्डकीको सचिवालय गठन

प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो । अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र निर्मल सापकोटा, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोलासँगै सदस्यहरू बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक रहेको सचिवालय गठन गरिएको हो । बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयसमेत गरेको छ । सङ्घका सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि… पुरा पढौ

‘गन्धर्व जातिःसंगीत र कलाका विशिष्ट शक्ति’

गन्धर्व जाति संगीत तथा कलाका विशिष्ट शक्ति रहेकोे चर्चा गरिएको छ। सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा शनिबारदेखि सुरु अल्पसंख्यक, सिमान्तकृत र लोपोन्मुख जाति समुदायको(गन्धर्व जाति) आर्थिक सशक्तिकरण तथा सचेतना अभिबृद्धि कार्यक्रमका बीच उक्त चर्चा गरिएको हो।कार्यक्रमका वक्ताहरुले गन्धर्व जातिको भाषा विकास भएपनि बाहिर ल्याउन नसकेको दुखेसो समेत पोखे। कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकीलाई प्रकृति तथा संस्कृतिको धनी प्रदेशका रुपमा चिनाउँदै संस्कृति राष्ट्रको सम्पति भएकाले त्यसलाई बचाउनुपर्ने औँल्याए।उनले गन्धर्व समुदायमा रहेका समस्या… पुरा पढौ

जागरण अभियान राष्ट्रिय एकताको अभियानःअध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ । अभियानका क्रममा पोखरा आइपुगेको अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले हिजो साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैतडीदेखि सुरु भएर पोखरासम्म आइपुग्दा माओवादी जागरण अभियान आम जनता सबैको अभियान बन्न पुगेको बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो,“स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा(एमाले)का सरकार भएका ठाउँमा समेत पालिका नेतृत्वबाटै अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त… पुरा पढौ

सहकारी रजिस्ट्रारको बिग अप्रेसनमा गण्डकीका सहकारी ः कहाँ कहाँ सन्चित छ हिनामिनाको रकम

गण्डकी प्रदेशमा रहेका करिब २ दर्जन सहकारीको छानबिन र करिब २ दर्जन नै सहकारीको अनुगमनमा २ बर्स रातदिन नभनी राज्यलाई न्युनतम पारिश्रमिक लिएर सहयोग गरियो । नेपाल रास्ट्रबैकबाट ईजाजतपत्र प्राप्त रास्टृय स्तरको बित्तिय सस्थाको कम्पनी सचिव र लेखापरीक्षण बिभाग प्रमुखको रुपमा रहेको जिम्मेवारीबाट राजिनामा दिई राज्यको सेवामा समर्पित बनेको २ बर्सको समयमा आफैलाई मुल्यांकन गर्दा यो दुई बर्समा परिवार नभनी सायद दशैको टीका र तिहारको टीका थाप्ने दिन बाहेक शनिबार पनि नभनी गरेको काम र दैनिक १४ घन्टा खटिईको समय… पुरा पढौ

रुपान्तरणकारी पत्रकारिता आवश्यक

रुपान्तरणकारी पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको छ।प्रेस सेन्टर नेपाल गण्डकीको आयोजना साथै गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक सहयोगमा पोखरामा भएको २ दिने विकास पत्रकारिता तालिमका सहभागि एवम् सहजकर्ताले उक्त कुरामा जोड दिएका हुन्।उनीहरुले समय परिवर्तनशील भएको उल्लेख गर्दै सर्वहारावर्गका मुद्धालाई रुपान्तरणकारी कोणबाट हेर्दै समयसन्दर्भ अनुसार पत्रकारिता गर्दै जानुपर्ने औँल्याए ।नेपाली आत्मसम्मान एवम् स्वाभिमान् सहितको पत्रकारिताले मात्रै देश विकास गर्ने स्पष्ट पार्दै उनीहरुले विकास पत्रकारिताका धेरै आयम रहेको प्रकाश पारे।तालिम सहजीकरण गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले परिवर्तित परिवेशमा… पुरा पढौ

राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन ःसमग्र विश्लेषण

नेपालमा राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेको युवा संगठन हो । १५ देखि ४० वर्ष उमेर समूहका करिब ४० प्रतिशत जनसंख्या युवा रहेको देशमा यसको भूमिका महत्त्वपूर्ण छ । आगामी दशौं महाधिवेशनले युवाहरू माँझ पार्टी तथा राष्ट्रिय राजनीतिसँग सम्बन्धित चेतना बढाउने अपेक्षा गरिएको छ । यस महाधिवेशनले युवा वर्गलाई समर्पित राजनीतिक एजेण्डा र सामाजिक कार्यक्रमको झलक दिनेछ । तर, यदि आन्तरिक द्वन्द्व र चरम गुटबन्दी रहिरह्यो भने युवामा निराशा र अविश्वास बढ्ने खतरा पनि उत्तिकै रहेको छ । युवा वर्गमा… पुरा पढौ