पहिरोले घान्द्रुक जाने सडक अवरुद्ध

-


     श्रीभद्र पौडेल    
     असार २८ गते २०८१ मा प्रकाशित


पहिरोका कारण पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडक बुधबार रातीदेखि अवरुद्ध भएको छ ।

        स्थानीय क्लिउमा सडकको तल्लो क्षेत्रबाट गएको पहिरोका कारण त्यहाँ यातायात अवरुद्ध भएको हो ।जसकारण करिव १० मिटर त्यहाँको ढलान सडक(रड रहित) मुनी भ्वाङ परेको छ ।माथिबाट चक्लाउन सक्ने अवस्था नरहेको अन्नपूर्ण १० का अध्यक्ष गौतम गुरुङले जानकारी दिनुभयो ।

        हामीले बिहीबार बाटो खुलाउन निकै प्रयास गयौँ, दुघर्टनाको भयका कारण बाटो सफा गर्न जेसिभी जान तयार भएनन्, अव कामदार खोजेर लगाउनुपर्ने परिस्थती छ, अध्यक्ष गुरुङले भन्नुभयो, बाटो खुल्न करिव हप्ता दिन बढी समय लाग्न सक्छ ।

        सो पहिरोकै कारण घर जोखिम भएपछि स्थानीय मंगले सार्कीको परिवारलाई नजिकैको फुम्रुखु विद्यालय भवनमा सारिएको छ ।

        अवको केही दिन सवारीमा घान्द्रुक जान प्रायः असम्भव जस्तै छ ।त्यहाँ पुग्न तमु हुँदै तिख्यान तथा तमु, मोहरिया, फुलिवाङ, किम्चे सडकलाई वैकल्पीक रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।तर ती सडकको अवस्था पनि त्यती सहज छैन ।

        वैकल्पीक सडक सफा गरे जीप तथा मोटरसाइकलमा घान्द्रुकसम्म पुग्न सकिन्छ ।यद्यपि ति सडकमा ठूला सवारी संचालन गर्नसक्ने अवस्था भने छैन।

        पहिरो गएको क्लिउ क्षेत्र किम्चे उक्लने बाटो नजिकै पर्दछ ।त्यहाँबाट पैदलमा घान्द्रुक पुग्न सामान्य मान्छेलाई करिव साढे २ घण्टा लाग्छ ।