कास्की

पाउँदुर आधारभूतको ६६ औं वार्षिकोत्सव

अन्नपूर्ण गाउँपालिका–३, पाउँदुरकोट स्थित पाउँदुर आधारभूत विद्यालयको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम बिहीबार सम्पन्न भयो। कार्यक्रममा भनाई राख्नुहुँदै प्रमुख अतिथी भवन निर्माण समितिका अध्यक्ष नीरकाजी गुरुङले विद्यालयले फड्को मार्दै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सबै मिली विद्यालयलाई नमूना बनाउनुपर्ने बताउनुभयो। गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले गाउँपालिकाले जहाँ विद्यार्थी त्यहाँ शिक्षक नीति लिएको स्पष्ट पार्नुहुँदै पाउँदुर आधारभूतमा दरवन्दी थप गर्न पहल गर्ने बताउनुभयो।उहाँले पालिकाले वडा पकेट कार्यक्रम संचालन गरिरहेको भन्नुहुँदै अन्नपूर्णलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन आफूहरु लागि… पुरा पढौ

चैत २४ देखि १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव

१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आगामि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने भएको छ।        आयोजक विष्णुपादुका क्लवले शुक्रबार सरोकारवालासँगको छलफलसँगै महोत्सव मिति तय गरेको हो ।महोत्सव सम्पन्न गर्न क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।जसको महासचिवमा हिक्मत थापा, सचिवमा विकल थापा, कोषाध्यक्षमा राम सापकोटा तथा सहकोषाध्यक्षमा शोभा कोइराला त्रिपाठी छनोट भए। त्यस्तै भेलाले विभिन्न उपसमिति पनि निर्माण गरेको छ ।जसअनुसार अर्थ संकलन उपसमितिमा डम्बरबहादुर कुँवर, प्रचारप्रसारमा निराजन अधिकारी, सांस्कृतिकमा सुर्यबहादुर कुँवर, आमा… पुरा पढौ

राष्ट्रपतिबाट भोली सराङकोट महाउत्सव उद्घाटन हुँदै

राष्ट्रपति रामचन्द्र पौडेल भोली पोखरा आउनुहुने भएको छ । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उहाँ भोली पोखरा आउनुहुने भएको हो।        त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्नुहुनेछ ।        भोली सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यान… पुरा पढौ

सराङकोट महायज्ञमा ५५ लाख बढी संकलन

बुधबारदेखि सराङकोटमा सुरु श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको दोस्रो दिन बिहीबारसम्म ५५ लाख बढी दान संकलन भएको छ। उद्घाटनको दिन बुधबार अन्नपूर्ण केवलकार अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसी परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको थियो । त्यस्तै दोस्रो दिन बिहीबार गरिमा विकास बैकबाट रु.७ लाख, पोखरा १ वगर निवासी रामबहादुर गुरुङ परिवारबाट… पुरा पढौ

सराङकोट महाउत्सव सुरु ः कालु गुरुङले गरे २५ लाख दान

सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो।        यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो ।        आज उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख,… पुरा पढौ

सराङकोटमा भोलिदेखि महायज्ञ, तयारी पुरा

धार्मिक पर्यटकीय क्षेत्र सराङकोटमा भोलीदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु हुँदैछ ।२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत भोली पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिनेछ ।        यज्ञ शुभारम्भ पूर्व विहान ८ बजे बाजागाजा, भजन सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु हुनेछ ।उक्त यात्रा विन्ध्यवासीनी, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत हुनेछ ।        उत्सवको सम्पूर्ण तयारी पुरा भएको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका… पुरा पढौ

सराङकोट महाउत्सव तयारी अन्तिम चरणमा

धार्मिक पर्यटकीय क्षेत्र सराङकोटमा यस वर्ष गर्न लागिएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।        आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले महाउत्सवको तयारी अन्तिम चरणमा पुगेकोमा यही १४ फागुनमा पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिने जनाएको हो।        समिति अध्यक्ष प्रेमबहादुर जिसीले महाउत्सवको तयारी तीब्र भइरहेको बताउँदै यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए।        महाउत्सव अन्र्तगत… पुरा पढौ

तुलसी नेतृत्वमा सौरेखोला आमा समूह

पोखरा–१८, सराङकोट स्थित सौरेखोला आमा समूहको आज सम्पन्न चौथों साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः तुलसी पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  उक्त अधिवेशनले उपाध्यक्षद्वयमा सुशिला पोखरेल र उषा बराल, सचिवमा शान्ता भण्डारी, सहसचिवमा सुजता शर्मा तथा कोषाध्यक्षमा सदीक्षा भण्डारीलाई जिम्मेवारी दिएको छ ।  त्यस्तै गुमादेवी शर्मा, शान्ता पोख्रेल, शान्ति क्षत्री(क)कमला, धनमाया अधिकारी र समीक्षा विक सदस्य छनोट हुनुभयो । त्यसै आमा समूहकी संस्थापक अध्यक्ष चित्राकुमारी अधिकारी वरिष्ठ सल्लाहकार चयन हुनुभयो । कार्यक्रममा भनाई राख्नुहुँदै संस्थापक अध्यक्ष अधिकारीले… पुरा पढौ

विष्णुपादुका क्लव अध्यक्षमा वसन्तकुमार (फोटोफिचर)

पोखरा २५ हेमजा स्थित विष्णुपादुका क्लवको आज सम्पन्न ३० औं साधारणसभा तथा १५ औं अधिवेशनले वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।        अधिवेशनले राजेन्द्रबहादुर थापालाई उपाध्यक्ष, हिक्मतबहादुर थापालाई सचिव तथा डम्बरबहादुर कुँवरलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।त्यस्तै केशव गिरी, सोचना केसी, इन्द्रबहादुर कार्की, सुर्य कुँवर, राम सापकोटा, इन्द्रबहादुर थापा, सरस्वती थापा, पार्वती थापा र चन्द्रमान् श्रेष्ठ सदस्य छनोट हुनुभयो ।        अधिवेशन उद्घाटन गर्नुहुँदै वडा सदस्य कृष्णबहादुर कुँवरले क्लवका गतिविधिमा वडाको सक्दो साथ रहने स्पष्ट पार्नुहुँदै अव… पुरा पढौ