
अन्नपूर्ण गाउँपालिकाले आठौं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ।त्यस अवसरमा विभिन्न विद्यामा उत्कृष्टता हासिल गर्नेहरुलाई सम्मान गरियो भने नागडाँडा चोकदेखि वडा नं. २ का कार्यालयसम्म प्रभातफेरी भयो।
सम्मानित हुनेहरुमा जेष्ठ नागरिकद्वय होमनाथ अधिकारी र श्रीलक्ष्मी गुरुङ, कर्मचारी निर्मला खड्का केसी, कार्यालय सहयोगी जगन गुरुङ, सवइञ्जिनियर दीपक लामिछाने, वडा सचिव शिवप्रसाद पौडेल, स्वास्थ्यकर्मीद्वय तिलकुमारी थापा र पुष्पराज पौडेल, महिला स्वास्थ्य स्वयम्सेविका देवु पौडेल छन् ।
त्यसैगरी माछापुच्छे« उत्तम सहकारी, शिलता मावि सडक निर्माण समिति, फलिबाङ सिढी बाटो निर्माण समिति, खेलाडी जीतबहादुर थकाली, कृषक नरेन्द्रप्रसाद पौडेल(ठाकुर), उद्यमी ओमप्रसाद दाहाल, बीरेठाँटी आमा समूह, घान्द्रुक मूल आमा समूह, पर्यटन व्यवसायी किसम गुरुङ, करदाता ललितमान् गुरुङ, सुरक्षाकर्मीतर्फ कृष्णप्रसाद पोखरेल पनि सम्मानित भए ।
त्यस्तै अन्नपूर्ण गाउँपालिकाले पालिका गान निर्माण समूह, सेञ्चुरी युवा क्लव, शिक्षकद्वय तोरणबहादुर केसी र डिलबहादुर जिसी, विद्यालय कर्मचारी रुवीना भुजेल, विद्यालय अध्यक्षतर्फ चन्द्रबहादुर गुरुङ, एस्इईमा उत्कृष्ट अङक ल्याउने प्रविण कुँवर र आकृति रसाइली, उत्कृष्ट विद्यालयतर्फ सिर्जना मावि तथा सष्ट्रा सम्मानतर्फ मरणोप्रान्त प्रवीण गुरुङ र विनोद गौचनलाई पनि सम्मान गर्यो।

उनीहरुलाई गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, पालिका संस्थापक अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतले सम्मान गरे।
कार्यक्रममा धारणा राख्दै मन्त्री बस्यालले अन्नपूर्ण पर्यटकीय क्षेत्र भएको चर्चा गर्दै त्यहाँको विकासमा लागि मन्त्रालय तयार रहेको स्पष्ट पारे ।उनले गण्डकीको समग्र पर्यटनमा अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पदयात्रा पर्यटनमा जोड समेत दिए ।
पूर्व जिविस सभापति पौडेलले अन्नपूर्णको विकासमा सबै राजनैतिक दल एवम् नागरिक समाज एक हुनुपर्ने भन्दै सम्मान गर्ने संस्कृति सुरुवात गरेकोमा पालिकालाई धन्यवाद दिए।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिका संचालनमा सबैको साथ मिलिरहेको स्पष्ट पार्दै प्रशासनीक भवन निर्माणमा सबैको ध्यान जानुपर्ने औँल्याए ।उनले माछापोखरीमा पालिका भवन निर्माणमा केही जटिलता रहेको स्पष्ट पार्दै अन्य विकल्पको पनि खोजी भइरहेको सुनाए ।
पालिका संस्थापक अध्यक्ष युवराज कुँवरले अन्नपूर्ण ऐतिहासिक गाउँपालिका रहेको उल्लेख गर्दै गाउँपालिकाको प्रशासकीन भवन ढिकुरपोखरीमा बनाउन सुझाव दिए ।
त्यस अवसरमा उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर), कांग्रेस गाउँपालिका सभापति मनपति भण्डारी, एमाले प्रतिनिधि नारायणप्रसाद भण्डारी, माओवादी अन्नपूर्ण अध्यक्ष भेषराज पौडेल, रास्वपाका शोभाखर अधिकारी, राप्रपाका हरीराम भण्डारी लगायतले पनि भनाई राखे ।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रवक्ता समेत रहेका वडा नं. ७ का अध्यक्ष भरतमान् गुरुङले स्वागत तथा शिक्षा अधिकृत बलराम भुगाईले कार्यक्रम संचालन गरे।