
रोटरी क्लवले निर्माण गरेको पस्र्याङ स्थित धर्मस्थली आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको छ।
भवन हस्तान्तरण गर्दै आरआई डिस्टीक ३२९२ का डिस्टीक गर्भनर इलेट विनोद कोइरालाले आफूले पढेको विद्यालयमा सहयोग गर्न पाउदाँ खुशी व्यक्त गर्दै अव फर्निचरका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।विकास तथा मानवीय सेवाका कार्यमा रोटरीले सहयोग गर्ने गरेको स्पष्ट पार्दै गर्भनर कोइरालाले सहयोगी अन्य संघसंस्था एवम् व्यक्ति प्रति आभार जनाए।
सहयोगी संस्था वेलायतका रिचार्ड रयानडर्सनले विद्यालय भवनको सदुपयोग हुने विश्वास दिलाउँदै विद्यालय मार्फत सहयोगी मनहरु एकाकार भएको भनाई राखे ।
वडाध्यक्ष विष्णुप्रसाद वरालले सहयोगी संस्था रोटरीप्रति आभार प्रकट गर्दै आफूहरु समृद्ध वडा निर्माणमा लागि परिरहेको सुनाए ।उनले मानवीय भाव सबैले सिक्नुपर्ने जनाए।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले धर्मस्थलीमा अधिकाशं गरिव तथा विपन्नका छोराछोरी पढ्ने गरेको स्पष्ट पार्दै सहयोगी संस्था रोटरीको प्रशम्सा गरे।
त्यस अवसरमा रोटरी वेलायतका एन्ड्रीउ थम्सम्, वेलायत कोर्डिनेटर लि.क्याम्प, भवन निर्माण समिति सदस्य शिवप्रसाद पराजुली, रोटरी क्लव अफ् पोखरा प्याराडाइजका देव्रेन्द्र पराजुली, विद्यार्थी प्राची शाही लगायतले पनि भनाई राखे ।
विद्यालय अध्यक्ष कृष्णप्रसाद पराजुलीले सहयोग आफैमा महत्वपूर्ण भएको स्पष्ट पार्दै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवाला एक हुनुपर्ने बताए ।प्रधानाध्यापक बदनकुमारी शर्माले सहयोगको प्रशम्सा गर्दै शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुग्ने औँल्याइन्।
कार्यक्रमका बीच रोटरी क्लव अफ् पोखरा प्याराडाइजले ८ विद्यार्थीलाई जनही ४ हजारमा दरले छात्रवृत्र्ति एवम् स्टेशनरी वितरण गर्यो ।त्यस्तै सहयोगी रिचार्डले शिक्षक सुनिता ज्ञवालीलाई ल्यापटप प्रदान गरे भने विद्यार्थीहरुले विभिन्न प्रस्तति राखे।
रोटरी क्लव अफ् पोखरा फिस्टेलका अध्यक्ष महेश्वर पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक शर्माले स्वागत तथा रोटरी क्लव अफ् पोखरा फिस्टेलका पूर्व अध्यक्ष लक्ष्मी थापा गिरी एवम् शिक्षक हरिश्चन्द्र अधिकारीले संयुक्त रुपमा कार्यक्रम संचालन गरे।
रोटरी अन्तराष्ट्रिय ३२९२ नेपाल भुटान अन्र्तगत रोटरी क्लब अफ पोखरा फिस्टेलले
रु.४७ लाखको लागतमा उक्त विद्यालय भवन निर्माण गरेको हो।