सामाजिक विकास कार्यालयद्वारा संचेतना

-


     श्रीभद्र पौडेल    
     फागुन २३ गते २०८१ मा प्रकाशित


सामाजिक विकास कार्यालय कास्कीले विद्यार्थीलाई लागु पदार्थ दुव्र्ससनी सम्बन्धी सचेतना दिएको

      जिल्ला प्रहरी कार्यालय कास्की एवम् शिक्षा विकास तथा समन्वय इकाई कास्कीको समन्वयमा भएको उक्त कार्यक्रममा कक्षा देखि १२ सम्मका विद्यार्थी सहभागि भए।

तालिम सहजीकरण गर्नुहुँदै प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोक्काले विद्यार्थीले पठनपाठनमा ध्यान दिनुपर्ने भन्नुहुँदै लागु पदार्थको दुव्र्यसनीबाट टाढा रहनुपर्ने औँल्याउनुभयो।उहाँले साईवर अपराध तथा यौनजन्य हिंसाका प्रभावबारे सचेत पनि गराउनुभयो

तालिममा इन्द्रराज्यलक्ष्मी मावि लामाचौर, वाराही मावि मालेपाटन तथा जनप्रिय मावि सिमलचौरका विद्यार्थी सहभागि भए।

कार्यक्रममा भनाई राख्नुहुँदै प्रमुख अतिथी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखा प्रमुख तोयनाथ लम्सालले परिवारको एकजना सदस्य लागुपदार्थ दुव्र्यसनमा फस्दा व्यक्तिगत उसको मात्र नभई परिवार समग्र समाजलाई नै नकारात्मक असर पर्ने औँल्याउनुभयो।उहाँले तालिम पश्चात सहभागि विद्यार्थीले साथी तथा घरपरिवारमा लागूऔषध सम्बन्धी सचेतना फैलाउन भूमिका खेल्ने विश्वास पनि लिनुभयो।

सामाजिक विकास कार्यालय प्रमुख राजेन्द्रप्रसाद पौडेलले लागु औषध दुव्र्यशनीलाई न्यूनीकरण गर्न समाजका हरेक सदस्य सचेत हुनुपर्ने भन्नुहुँदै समृद्ध समाज निर्माण गर्ने दायित्व सबै नागरिकको भएको औँल्याउनुभयो ।उहाँले कानुनी कारबाहीले मात्र लागु औषध दुव्र्यशनीलाई नियन्त्रण गर्न असम्भव भएको स्पष्ट पार्नुहुँदै तालिमबाट प्राप्त गरेको शिक्षा साथीसँगै परिवारमा बुझाउन सहभागि समच्छे« आग्रह गर्नुभयो  

त्यस अवसरमा सामुदायिक सेवा केन्द्र बगर अध्यक्ष रामप्रसाद अधिकारी, लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह कास्की सदस्य मीना अधिकारी लगायतले पनि तालिम उपलब्धीपूर्ण बनेको प्रतिक्रिया दिनुभयो

कार्यालय प्रमुख पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्प्युटर अपरेटर जंगबहादुर हमाल ठकुरीले स्वागत तथा अधिकृत ज्ञानेश्वर सुवेदीले कार्यक्रम संचालन गर्नुभयो।

      कार्यालयले केहीदिन अघि मात्रै सराङकोट स्थित बालसुधार केन्द्रमा पनि यस्तै किसिमको सचेतना दिएको थियो।