कास्की

छोरेपाटन माविमा तीजगीत प्रतियोगिता सम्पन्न

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ अन्र्तगत शुक्रबार अन्तर समूह स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न भएको छ।उक्त प्रतियोगितामा प्रतिक्षा क्षत्रीको समूह प्रथम तथा सलिना बरालको समूह द्वितीय भए।त्यस अवसरमा विद्यार्थीले संस्कृति, संस्कार, महिला विभेद, समानता, रितिरिवाज, महिलाका दुखसुख लगायतका विषयवस्तु समेटी गीत प्रस्तुत गरे।प्रतियोगितामा शिक्षकद्वय विमल आचार्य र रेखा थापाले निर्णयकको भूमिका निर्वाह गर्नुभयो।पुरस्कार वितरण गर्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले तीजको मौलिकतालाई जोगाई राख्नुपर्ने स्पष्ट पार्नुहुँदै चाडपर्व हुदाँ खाने वर्गको पनि हुनुपर्ने जनाउनुभयो।सहायक प्रधानाध्यापक खेमराज बरालले चाडपर्वलाई भड्किलो… पुरा पढौ

डिलक्स बस कहिले पुग्छन् सराङकोट ?

पोखरा–१८ सराङकोट टपमा हालसम्म करिव ३५ करोड लागतका संरचना निर्माण भएका छन्।त्यहाँ विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ, धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन तथा स्वागतद्वार निर्माण गरिएको छ।        उक्त संरचनाको गत फागुन १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन पनि गरे।उनी काठमाडौंबाट हेलिकप्टरमार्फत सिधै सराङकोट पुगे र उद्घाटन गरी केही घण्टामै हेली मार्फत पुनः काठमाडौं फकिए।        यो खवर त्यतीबेला राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पनि निकै चर्चाको विषय बन्यो।सो वेला राष्ट्रपतिसँगै संस्कृति पर्यटन तथा नागरिक… पुरा पढौ

सराङकोट तीजमेला तयारी अन्तिम चरणमा

पोखरा–१८, सराङकोटधाममा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ।त्यहाँ सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौंमा मेला हुँदैछ ।मेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको छ ।मेला सम्पन्न गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यिय मूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरि कार्य अगाडि बढाइएको छ।जसको उपाध्यक्षद्वयमा उमनाथ चपाई र मीनबहादुर थापा, महासचिवमा शम्सेरबहादुर थापा तथा सचिवमा डिलबहादुर थापा छन्।त्यस्तै कृष्णबहादुर… पुरा पढौ

रहेनन् चर्तुमान्

अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य चर्तुमान् विश्वकर्माको निधन भएको छ।लामो समय एमाले राजनीतिमा सक्रिय विश्वकर्माको शुक्रबार राति ६५ वर्षको उमेरमा निधन भएको हो।उनी क्यान्सर पीडित थिए ।उनको शनिवार हेमजा स्थित सेतीघाटमा अन्तेष्ठी गरियो।उनलाई एमाले पोलिटव्युरो सदस्य एवम् पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा नेतृत्वको टोलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिए।साविक ढिकुरपोखरीका विभिन्न संघ संस्थामा नेतृत्व गरेका विश्वकर्माले पार्टी पूर्व इलाका कमिटि, जिल्ला कमिटि, प्रदेश सल्लाहकार परिषद्मा रहेर पनि भूमिका निभाए।उनी पछिल्लो समय पार्टी निकट उत्पीडित समुदायको गण्डकी सल्लाहकार थिए।स्वः चर्तुमान्का श्रीमती, ४… पुरा पढौ

विज्ञानको आत्मा जिज्ञासा हो

विज्ञानको आत्मा जिज्ञासा भएको औँल्याइएको छ।नेपाल भौतिक विज्ञान समाज गण्डकीले बिहीबार भलाममा गरेको ‘पदमार्गमा क्वान्टम विज्ञान’ विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताले उक्त कुरा औँल्याएका हुन्। कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले विज्ञानले जिज्ञासु भावलाई जागृत गर्ने स्पष्ट पार्दै क्वाण्टम विज्ञान भविष्य निर्माणको आधार भएको बताए। गण्डकी सरकार अनुसन्धानमुखी शिक्षा, प्रयोगशाला सुदृढीकरण तथा विद्यार्थी, शिक्षक प्रेरणाका कार्यक्रमलाई प्राथमिकता दिने पक्षमा रहेको जनाउँदै मन्त्री थापाले विज्ञान र प्रविधिको क्षेत्रमा मिलेर काम गरे चाँडै विकास हुने धारणा राखे।भौतिकशास्त्र मानवशास्त्रकै अभिन्न… पुरा पढौ

जनहित खुल्ला तीजगीत प्रतियोगिताको तयारी पुरा

पोखरा–५, प्रस्याङ स्थित जनहित महिला समूहको आयोजना तथा धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहआयोजनामा हुन लागेको प्रथम जनहित खुल्ला तीजगीत प्रतियोगिताको तयारी पुरा भएको छ। यहि भदौं १ गते हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको र कुल १५ देखि २० समूहको सहभागिता रहने आयोजक जनहित महिला समूहकी अध्यक्ष चन्द्रावती गैह्रे अधिकारीले जानकारी दिनुभयो। जनहित मार्ग स्थित धारापानी मन्टेश्वरीमा हुने उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१० हजार, दोस्रोलाई रु.७ हजार, तेस्रोलाई रु.५ हजार तथा सान्त्वना पुरस्कार रु.३ हजार साथमा प्रमाणपत्र… पुरा पढौ

पोखरा १८ मा आज सार्वजनिक सुनुवाई हुँदै

पोखरा महानगरपालिका वडा नं।१८ सराङकोटमा आज सार्वजनिक सुनुवाई हुँदैछ। वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारीता एवम् सुशासनका बारेमा केन्द्रीत रहेर सार्वजनिक सुनुवाई गर्न लागिएको वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो। वडा कार्यालयको सभाहलमा विहान ११ बजेदेखि सुरु हुने उक्त सुनुवाईमा सराङकोटका सम्पूर्ण आम नागरिकलाई उपस्थितीका लागि आग्रह गरिएको छ। हाम्रो कार्यकालमा हालसम्म गरेका सेवा प्रवाह, विकास निर्माणमा केन्द्रीत रहेर वडावासीसँग प्रत्यक्ष छलफलमा जुट्छौं अध्यक्ष तिमिल्सीनाले भन्नुभयोः कार्यक्रममा उपस्थित भएर वडाले गरेका गतिविधिका बारेमा… पुरा पढौ

हेमजामा उद्घोषण अभिमुखीकरण

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजना उद्घोषण तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।कार्यक्रम तीन दिनसम्म चल्नेछ ।वडा स्तरीय महिला संजालको विशेष सहयोगमा सुरु उक्त कार्यक्रममा हेमजामा रहेका महिला समूहका प्रतिनिधिको सहभागिता छ।कार्यक्रम शुभारम्भ गर्दै क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले संसार प्रस्तुतिमा अडिएको जनाउँदै सीप सिकेको मान्छे भोकै बस्न नपर्ने औँल्याए।उनले क्लव महिलाहरुको क्षमता विकासमा प्रतिबद्ध रहेको सुनाउँदै आगामि दिनमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरनता दिने उल्लेख गरे।महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले आर्थिक संसक्तिकरणमा जोड दिर्दै जीवनमा सीपको महत्व अधिक रहने उल्लेख गरिन् ।उनले… पुरा पढौ

तिब्रेकोट सामुदायिक वन प्रथम

हेमजा स्थित तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूह जिल्लामै प्रथम भएको छ।वन, वातावरण एवम् समूह व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डिभिजन वन कार्यालय कास्कीले आइतबार एक कार्यक्रमका बीच उक्त वनलाई पुरस्कृत गरेको हो ।प्रथम भएसँगै तिब्रेकोटले नगद रु.१० हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।त्यस्तै सीतुकेशरी सामुदायिक वन पोखरा ३३ द्वितीय एवम् पोखरा १८ स्थित ठोट्नेखोला सामुदायिक वन तृतीय भए।द्वितीय र तृतीय भएसँगै ति वन समूहले नगद रु.७ हजार र ५ हजार सहित प्रमाणपत्र हात पारे।कार्यक्रममा धारणा राख्दै डिभिजनल वन… पुरा पढौ

पोखरा १८ मा सार्वजनिक सुनुवाई हुँदै, तयारी पुरा

पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा बिहीबार सार्वजनिक सुनुवाई हुँदैछ। वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारीता एवम् सुशासनका बारेमा केन्द्रीत रहेर सार्वजनिक सुनुवाई गर्न लागिएको वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो। वडा कार्यालयको सभाहलमा विहान ११ बजेदेखि सुरु हुने उक्त सुनुवाईमा सराङकोटका सम्पूर्ण आम नागरिकलाई उपस्थितीका लागि आग्रह गरिएको छ। हाम्रो कार्यकालमा हालसम्म गरेका सेवा प्रवाह, विकास निर्माणमा केन्द्रीत रहेर वडावासीसँग प्रत्यक्ष छलफलमा जुट्छौं अध्यक्ष तिमिल्सीनाले भन्नुभयोः कार्यक्रममा उपस्थित भएर वडाले गरेका गतिविधिका बारेमा… पुरा पढौ