आलु महोत्सवलाई आमा समूहहरुको साथ

-


     श्रीभद्र पौडेल    
     चैत्र ५ गते २०८१ मा प्रकाशित


यहि चैत २४ देखि वैशाख गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूहले साथ दिने भएका छन्

      मंगलबार भएको भेलाका बीच उनीहरुले महोत्सव समग्र पोखराकै ब्राण्ड भएको जनाउँदै त्यसमा आमा समूहहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाए

      वडा स्तरीय महिला संजाल अध्यक्ष समेत रहेकी आमा समूह परिचालन उपसमिति संयोजक अप्सरा तिमिल्सीनाले आलु महोत्सवको प्रबद्र्धनमा सबै जुट्नुपर्ने औँल्याइन् ।उनले आलु महोत्सव किसानको चाड भएको धारणा राख्दै महोत्सव मार्फत किसानलाई प्रोत्साहन गरिदै आएको स्पष्ट पारिन्

      झाँकी ¥याली उपसमिति संयोजक उमा भूर्तेल पौडेलले सरोकारवाला सबैको साथका कारण हालसम्मका महोत्सव सफल भएको स्मरण गर्दै आगामि महोत्सव पनि सब्य भब्य रुपमा सफल हुने विश्वास लिइन्

      त्यस अवसरमा विभिन्न आमा समूह, महिला समूह, समाज, महिला स्वास्थ्य स्वयम्सेविका, भजन समूह, कृषक समूह, सामुदायिक प्रहरी लगायतका प्रतिनिधिले महोत्सवलाई सफल बनाउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए

 क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले कृषि उपजमा नाममा पुनःमहोत्सव गर्न लागिएको जनाउँदै त्यसमा सदाझै हेमजावासी आमादिदीबहिनीको उत्साहजनक सहभागिता रहने विश्वास जनाए

भेलाले खुला रत्यौली गीत प्रतियोगिता आयोजना गर्ने तथा झाँकी ¥यालीलाई  थप व्यवस्थित गर्ने निर्णय पनि गरेको

       क्लव अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लव सचिव हिक्मतबहादुर थापाले संचालन गरे