
यहि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवलाई आयोजक विष्णुपादुका क्लवका पूर्व अध्यक्षहरुले साथ दिने भएका छन् ।
क्लवको आयोजनामा हालै भएको भेलाका बीच पूर्व अध्यक्षहरुले महोत्सव पोखराकै गौरव भएको जनाउँदै त्यसमा आफूहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।
पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सव हेमजाको ब्राण्ड बनेको स्पष्ट पार्दै त्यसको प्रबद्र्धनमा सबै जुट्नुपर्ने औँल्याए ।पूर्व अध्यक्ष जगत थापाले आलु महोत्सव किसानको चाड भएको धारणा राख्दै महोत्सव मार्फत किसानलाई प्रोत्साहन गर्नेे गरिएको स्पष्ट पारे ।
अर्का पूर्व अध्यक्ष रमेश कार्कीले अवको ध्यान आलुको उत्पादन तथा उपादकत्व बृद्धितर्फ हुनुपर्ने औँल्याए ।अर्का अध्यक्ष सुविन श्रेष्ठले सरोकारवाला सबैको साथका कारण हालसम्मका महोत्सव सफल भएको स्मरण गर्दै आगामि महोत्सव पनि सब्य भब्य रुपमा सफल हुने विश्वास लिए।
क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले कृषि उपजमा नाममा पुनःमहोत्सव गर्न लागिएको जनाउँदै त्यसमा हेमजावासीको उत्साहजनक सहभागिता रहने विश्वास जनाए ।
भेलामा विष्णुपादुका मावि एवम् नर्वद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिर व्यवस्थापक समितिका पदाधिकारीको पनि उपस्थिती रहयो ।उनीहरुले महोत्सवमा आफ्ना संस्थाबाट सहयोग एवम् सहकार्य रहने प्रतिबद्धता जनाए ।
त्यस्तै भेलाले पूर्व अध्यक्षहरु सम्मिलीत महोत्सव अनुगमन समिति गठन गरेको छ ।जसमा मानबहादुर कार्की, जीतबहादुर कार्की, धनबहादुर थापा, जगतबहादुर थापा, कुमार थापा, महेन्द्र थापा, राजेन्द्र थापा, कृष्ण थापा, कृष्णबहादुर कुँवर, रमेश कार्की, कृष्ण खड्का र सुविन श्रेष्ठ सदस्य छन् ।
क्लव अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लव सचिव हिक्मतबहादुर थापाले संचालन गरे ।