
सराङकोट स्थित कैलाशेश्वर महादेव प्राङगणमा प्रत्येक सोमबार आरती पुजा हुने भएको छ ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले अवदेखि प्रत्येक सोमबार साँझ ५ः३० बजेदेखि आरती गर्ने निर्णय गरेको हो ।त्यस मार्फत सराङकोट धामको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।समितिले उक्त आरतीको दर्शनका लागि सबै भक्तजनसँग आवहान समेत गरेको छ।
आरतीमा सहभागि हुन सुलभ मुल्यमा केवलकारमा आउजाउँ व्यवस्था पनि मिलाइएको छ ।त्यसका लागि केवलकारसँगको समन्वयमा सोमबार दिउँसो ४ बजेपछि साँझसम्म रु.दुई सय ५० दररेट तोकिएको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो।
यसअघि सराङकोट धामको उन्नयनका लागि समितिले यही १४ फागुनदेखि २१ गतेसम्म श्रीमद् भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव गरेको थियो ।त्यसमार्फत करिव ३ करोड दान संकलन भएको छ ।सराङकोट धाममा नियमित पुजाआजा भने विगतदेखि नै हुँदै आइरहेको छ ।