कास्की

धर्मस्थलीको विद्यालय भवन हस्तान्तरण

रोटरी क्लवले निर्माण गरेको पस्र्याङ स्थित धर्मस्थली आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको छ।        भवन हस्तान्तरण गर्दै आरआई डिस्टीक ३२९२ का डिस्टीक गर्भनर इलेट विनोद कोइरालाले आफूले पढेको विद्यालयमा सहयोग गर्न पाउदाँ खुशी व्यक्त गर्दै अव फर्निचरका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।विकास तथा मानवीय सेवाका कार्यमा रोटरीले सहयोग गर्ने गरेको स्पष्ट पार्दै गर्भनर कोइरालाले सहयोगी अन्य संघसंस्था एवम् व्यक्ति प्रति आभार जनाए।        सहयोगी संस्था वेलायतका रिचार्ड रयानडर्सनले विद्यालय… पुरा पढौ

अन्नपूर्णको स्थापना दिवसमा सम्मान

अन्नपूर्ण गाउँपालिकाले आठौं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ।त्यस अवसरमा विभिन्न विद्यामा उत्कृष्टता हासिल गर्नेहरुलाई सम्मान गरियो भने नागडाँडा चोकदेखि वडा नं. २ का कार्यालयसम्म प्रभातफेरी भयो। सम्मानित हुनेहरुमा जेष्ठ नागरिकद्वय होमनाथ अधिकारी र श्रीलक्ष्मी गुरुङ, कर्मचारी निर्मला खड्का केसी, कार्यालय सहयोगी जगन गुरुङ, सवइञ्जिनियर दीपक लामिछाने, वडा सचिव शिवप्रसाद पौडेल, स्वास्थ्यकर्मीद्वय तिलकुमारी थापा र पुष्पराज पौडेल, महिला स्वास्थ्य स्वयम्सेविका देवु पौडेल छन् । त्यसैगरी माछापुच्छे« उत्तम सहकारी, शिलता मावि सडक निर्माण समिति, फलिबाङ सिढी बाटो निर्माण समिति, खेलाडी… पुरा पढौ

प्रत्येक सोमबार साँझ सराङकोटमा आरती

सराङकोट स्थित कैलाशेश्वर महादेव प्राङगणमा प्रत्येक सोमबार आरती पुजा हुने भएको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले अवदेखि प्रत्येक सोमबार साँझ ५ः३० बजेदेखि आरती गर्ने निर्णय गरेको हो ।त्यस मार्फत सराङकोट धामको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।समितिले उक्त आरतीको दर्शनका लागि सबै भक्तजनसँग आवहान समेत गरेको छ। आरतीमा सहभागि हुन सुलभ मुल्यमा केवलकारमा आउजाउँ व्यवस्था पनि मिलाइएको छ ।त्यसका लागि केवलकारसँगको समन्वयमा सोमबार दिउँसो ४ बजेपछि साँझसम्म रु.दुई सय ५० दररेट तोकिएको सराङकोट धार्मिक एवम्… पुरा पढौ

शिक्षा सम्बन्धी अभिमुखीकरण

अन्नपूर्ण गाउँपालिकाको आयोजना तथा निवृत शिक्षक समुदाय अन्नपूर्णको व्यवस्थापनमा अभिभावक शिक्षाको आवश्यकता सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । त्यस अवसरमा पालिका स्थित विभिन्न विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अध्यक्ष एवम् समुदायका सदस्य सहभागि भए ।विद्यालयमा शैक्षिक स्तरबृद्धि गर्ने उद्देश्यले उक्त अभिमुखीकरण दिइएको हो । कार्यक्रममा भनाई राख्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै त्यसका लागि शिक्षक, विद्यालय व्यवस्थापन एवम् शिक्षक अभिभावक संघले जिम्मेवारी बोधका साथ खुलेर मेहनत गर्नुपर्ने बताए । प्रमुख प्रशिक्षक पूर्व उपसचिव… पुरा पढौ

अन्नपूर्ण ६ को वडा कार्यालय भवन उद्घाटन

अन्नपूर्ण गाउँपालिका ६ को नवनिर्मित वडा कार्यालय भवन बिहीबार उद्घाटन गरिएको छ ।        भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जनताको सेवाका लागि कार्यालय बनाइएको स्पष्ट पार्दै गुनासो नआउने गरी कार्य गर्न वडाका जनप्रतिनिधि एवम् कर्मचारीलाई निर्देशन दिए ।वडा कार्यालयको जग्गा प्राप्तिका लागि ठूलो प्रयास भयो, अन्ततः हामी सफल भयौं, वडा कार्यालय बन्यो र सुरक्षाका लागि कम्पाउन्डीङ पनि गरेका छौं, अध्यक्ष केसीले भने जग्गादाताप्रति आभारी छु ।        उनले पालिका स्थित सबै वडा भवन बनेको जनाउँदै अव पालिकाको प्रशासनिक… पुरा पढौ

सामाजिक विकास कार्यालयद्वारा संचेतना

सामाजिक विकास कार्यालय कास्कीले विद्यार्थीलाई लागु पदार्थ दुव्र्ससनी सम्बन्धी सचेतना दिएको छ ।       जिल्ला प्रहरी कार्यालय कास्की एवम् शिक्षा विकास तथा समन्वय इकाई कास्कीको समन्वयमा भएको उक्त कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागि भए। तालिम सहजीकरण गर्नुहुँदै प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोक्काले विद्यार्थीले पठनपाठनमा ध्यान दिनुपर्ने भन्नुहुँदै लागु पदार्थको दुव्र्यसनीबाट टाढा रहनुपर्ने औँल्याउनुभयो।उहाँले साईवर अपराध तथा यौनजन्य हिंसाका प्रभावबारे सचेत पनि गराउनुभयो । तालिममा इन्द्रराज्यलक्ष्मी मावि लामाचौर, वाराही मावि मालेपाटन तथा जनप्रिय मावि सिमलचौरका विद्यार्थी सहभागि… पुरा पढौ

करिव ३ करोड संकलन गर्दै सकियो सराङकोट महायज्ञ

सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज बुधबारदेखि सकिएको छ।  महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक… पुरा पढौ

सराङकोट यज्ञ भोली सकिदै

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव भोली बुधबार सकिदैछ।  भोली महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त समापन समारोह हुने प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।भोली नै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्ने तथा समापन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।सोही अवसरमा सहयोगकर्ता विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ।   मंगलबार आज मात्रै महायज्ञमा ५५ लाख बढी दान संकलन भयो ।योसँगै आजसम्म यज्ञमा कुल २ करोड ८ लाख बढी… पुरा पढौ

सराङकोट यज्ञ हालसम्म १ करोड ५३ लाख बढी संकलन

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम हवातै बढेको छ।        महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गर्नुभएको छ ।त्यहाँ आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।योसँगै हालसम्म यज्ञमा रु.१ करोड ५३ लाख बढी दान संकलन भएको छ ।        आज त्यहाँ सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गर्नुभएको छ । पोखराका विभिन्न वडा, छिमेकी… पुरा पढौ

सराङकोट यज्ञमा विदेशी पनि रमाउँदै, जुट्दै दान

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ  आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।  आज सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, जन्मदिनको… पुरा पढौ