शिक्षा सम्बन्धी अभिमुखीकरण

-


     श्रीभद्र पौडेल    
     फागुन २८ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिकाको आयोजना तथा निवृत शिक्षक समुदाय अन्नपूर्णको व्यवस्थापनमा अभिभावक शिक्षाको आवश्यकता सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको

त्यस अवसरमा पालिका स्थित विभिन्न विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अध्यक्ष एवम् समुदायका सदस्य सहभागि भए ।विद्यालयमा शैक्षिक स्तरबृद्धि गर्ने उद्देश्यले उक्त अभिमुखीकरण दिइएको हो

कार्यक्रममा भनाई राख्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै त्यसका लागि शिक्षक, विद्यालय व्यवस्थापन एवम् शिक्षक अभिभावक संघले जिम्मेवारी बोधका साथ खुलेर मेहनत गर्नुपर्ने बताए

प्रमुख प्रशिक्षक पूर्व उपसचिव नारायणप्रसाद सुवेदीले शिक्षक, विद्यार्थी एवम् अभिभावकले आफ्ना कमजोरी हटाउनुपर्ने स्पष्ट पार्दै त्यस मार्फत शैक्षिक उपलब्धि हासिल हुने जनाए ।उनले योग्यता, दक्षता एवम् व्यवहारिक कुशलताको महत्वमाथि प्रकाश समेत पारे

निवृत शिक्षक समुदाय अन्नपूर्ण अध्यक्ष रामचन्द्र सुवेदीले विद्यालय संचालनमा राज्यको ठूलो लगानी रहेको स्पष्ट पार्दै उक्त लगानीको सदुपयोग हुनुपर्ने बताए ।विद्यार्थी अभिभावकका सन्तान भएको स्पष्ट पार्दै अध्यक्ष सुवेदीले ति सन्तानलाई भरोसायुक्त बनाउन सुझाव दिए।

त्यस अवसरमा अन्नपूर्ण का अध्यक्ष तुलसीप्रसाद अधिकारी, का अध्यक्ष पीताम्बर भण्डारी, समुदायका जिल्ला अध्यक्ष छविलाल आचार्य, हेमजा समिति अध्यक्ष कृष्णबहादुर कुँवर लगायतले धारणा राख्दै शैक्षिक गुणस्तर बृद्धिको महत्वमाथि प्रकाश पारे।

निवृत शिक्षक समुदाय अन्नपूर्ण अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन गाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भुगाई तथा समुदायका कोषाध्यक्ष शिवकुमार सुवेदीले संयुक्त रुपमा गरे

अभिमुखीकरणका बीच सहभागिले प्रश्नोत्तर एवम् छलफल गरी निष्कर्ष समेत निकाले