कास्की

अन्नपूर्णले बनायो पालिका गान

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका गान निर्माण गरेको छ।शुक्रबार भएको गाउँसभाको १७ औं अधिवेशनले पालिका गान पारित गरेको हो । गानमा जीवन दाहालको संगीत, प्रेमराज अधिकारीका शब्द तथा जीवन दाहाल, बिमल परियार, नमराज केसी, प्रेमराज अधिकारी, टेकबहादुर क्षत्री, समिक्षा अधिकारी र सरीता अधिकारीले श्वर भरेका छन् । कुल एक मिनेट ५६ सेकेन्ड लम्बाईको उक्त गानलाई अन्नपूर्णको पहिचानसँग जोडिएको छ ।संगीत, शब्द लेखन तथा स्वर दिने कलाकार अधिकाशं अन्नपूर्णकै छन् ।गाउँपालिकाको चालु आ.वको नीति तथा कार्यक्रम एवम् बजेटमा समेटिए अनुसार उक्त गान… पुरा पढौ

प्रेस सेन्टर कास्कीको अधिवेशन तयारी तीब्र

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ । प्रेस सेन्टर कास्कीको बुधबार बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो ।जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन सम्पन्न गर्ने गरी विभिन्न उपसमिति समेत गठन गरी जिम्मेवारी तोकेको छ ।  प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा यहि माघ १५ गते हुँदैछ ।त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न गरिने बताइएको छ । कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा… पुरा पढौ

एमाले हेमजामा रुद्रनाथको नेतृत्व

नेकपा(एमाले) पोखरा महानगरपालिका वडा नं.२५, हेमजाको दोश्रो अधिवेशनले रुद्रनाथ पौडेलको अध्यक्षतामा वडा कमिटि चयन गरेको छ। अधिवेशनले देवीप्रसाद अधिकारीलाई उपाध्यक्षमा, हिक्मत थापालाई सचिवमा, रमा त्रिपाठी र लालमाया भुजेल गुरुङलाई उपसचिवको जिम्मेवारी दिएको छ ।         त्यस्तै सदस्यमा हेमराज त्रिपाठी, एकबहादुर कुँवर, विश्वास त्रिपाठी, रीता त्रिपाठी, विष्णु बास्तोला र सीता केसी छनोट भए। अधिवेशन उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नं.३ कास्की इञ्चार्ज राजीप पहारीले पार्टीलाई क्रियाशिल बनाइरहनुपर्नेमा जोड दिनुभयो। त्यस अवसरमा केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य दामोदर पौडेल… पुरा पढौ

गुरुकुल विद्यासदनमा विज्ञान प्रदर्शनी

पोखरा ९ नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा शुक्रबार विज्ञान प्रदर्शनी भएको छ।        त्यस अवसरमा कक्षा ११ तथा १२ विज्ञान विषय अध्ययनरत विद्यार्थीले तयार पारेका विभिन्न सामग्री प्रदर्शनी गरिएको हो ।प्रदर्शनीमा ३५ समूहमा विद्यार्थी सहभागि भए ।जसलाई अभिभावक, विद्यार्थी तथा स्थानीयवासीले रुचीपूर्वक अवलोकन पनि गरे।        प्रदर्शनी अन्र्तगत स्मार्ट सिटी, रोवर्ट, जीव विज्ञान, रासायनिक विज्ञान, फोक्सोका विभिन्न नमूना, कार्वनडाईअक्साइड प्रशोधनका सामग्रीहरुमा विद्यार्थीको चाँसो बढी रहयो ।        प्रदर्शनी उद्घाटन गर्दै वायुमण्डलीय वैज्ञानिक डा. जीवन रेग्मीले गुरुकुलले उत्कृष्ट प्रदर्शनी गरेको… पुरा पढौ

गुरुकुलका विद्यार्थी शैक्षिक भ्रमणमा

पोखरा ९, नयाँबजार स्थित गुरुकुल विद्यासदन मावि कक्षा ११ होटल व्यवस्थापनका विद्यार्थी शैक्षिक क्षेत्र भ्रमण अन्र्तगत पञ्चासे पुगेका छन्।        कास्की, स्याङजा तथा पर्वत जिल्लाको संगमस्थल उक्त क्षेत्र भ्रमण गरी परियोजना कार्य निर्माण गर्ने उद्देश्यका साथ विद्यार्थीलाई भ्रमणमा लगिएको संयोजक शिक्षक रविन्द्र भण्डारीले जानकारी दिनुभयो। भ्रमण २ दिवसीय रहयो।        भ्रमणसँगै पदयात्रा, त्यस क्षेत्रको भौगोलिक अवस्था,  जीवनशैली, पर्यटन, होटल तथा होमस्टे व्यवस्थापनबारे विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्न पाएका छन्।        शिक्षक रविन्द्र भण्डारीको संयोजकत्वमा भएको उक्त भ्रमण सहितको पदयात्रामा दश जोड… पुरा पढौ

हेमजा नेवाःखलको साधारणसभा

हेमजा नेवाः खलको छैटौं वार्षिक साधारणसभा एवम् गुठी पुजा आइतबार भएको छ।        सभा उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले संस्कृति संरक्षणका नेवाः खलको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।उनले नेवाः खलको भवन निर्माण लगायत क्षमता विकास कार्यक्रममा पनि वडाको सहयोग रहने प्रतिबद्धता जनाए।         नेवाः खल कास्की वरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठले हरेक कुरा सम्बन्धित क्षेत्रको भाषा, संस्कृति बुझेर मात्रै गर्नुपर्नेमा जोड दिर्दै हेमजा नेवाः खलका गतिविधिमा जिल्लाको सधै साथ… पुरा पढौ

नेपाल ड्रागन बोट संघ गण्डकीमा दीपक

नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनले इ.दीपक सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ। पोखरामा हालै सम्पन्न अधिवेशनले संघको उपाध्यक्षमा सावित्री पाठक (पोखरेल) र नवराज अधिकारी,  महासचिवमा रविन्द्रराज पौडेल, सचिवमा विवेक भुजेल चयन गरेको हो । त्यसैगरी प्रकाश थापा, दिनेश वराल, रविन ढकाल, चन्द्रप्रसाद गुरुङ, हेमबहादुर गुरुङ, बलराम गिरी, रामराज सुवेदी, नवराज अधिकारी, दुर्गा सुवेदी, मिलनजंग कुंवर र विकास पहारीलाई सदस्यको जिम्मेवारी दिइएको छ । अधिवेशन उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका मेयर… पुरा पढौ

लक्ष्मी देउराली मन्दिरमा क्षमा पुजाको तयारी

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी देउराली देवी मन्दिरमा क्षमा (शान्ति) पुजाको तयारी गरिएको छ।        त्यस क्षेत्रमा पछिल्ला वर्षहरुमा सडक दुर्घटनामा परी दर्जन बढीको ज्यान गएसगै त्यहाँ यही २८ मंसिरमा पुजा गरिने भएको हो ।जसअन्र्तगत हिजो सोमबार मन्दिर क्षेत्र सरसफाई एवम् रंगरोगन गरिएको छ।        त्यहाँ रुद्री पुजा, अग्नी स्थापना, वेदुवापुजा चण्डी एवम् सत्यनारायण पाठ, स्वस्ती शान्ति गरी क्षमा माग्ने तयारी भइरहेको स्थानीय कुलबहादुर गुरुङ(कुलु)ले जानकारी दिनुभयो ।        पुजाका लागि हालसम्म बुढाघर निवासी झ्यापु पौडेलबाट (हाल अमेरिका) रु.… पुरा पढौ

न्याश्नल इन्भेन्टिभ छात्रा भलिवलतर्फ च्याम्पियन

प्याब्सन कास्कीद्वारा आयोजित १८ औं प्याब्सन स्पोर्टस मिटमा न्याश्नल इन्भेन्टिभ मावि बैदामले छात्रा भलिवलतर्फ स्वर्ण पदक प्राप्त गरेको छ । पोखरा रंगशालामा १४ मंसिर देखि २३ गतेसम्म सञ्चालित स्पोर्टस मिटमा करिव ३ हजार विद्यार्थीले भाग लिएका थिए । कूल २१ टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा न्याश्नल इन्भेन्टिभले प्रि–क्वाटर फाइनलमा स्टेप बाई स्टेप माविलाई, क्वाटर फाइनलमा सिर्जना माविलाई, सेमीफाइनलमा टप्स माविलाई र फाइनलमा न्यूमिलिनियम एकेडेमीलाई लगातार दुई सेटमा परास्त गर्दै उपाधि हात पारेको हो । सो प्रतियोगितामा न्याश्नल इन्भेन्टिभ माविकै कक्षा… पुरा पढौ

लुम्लेमा कृषि प्रविधि प्रवद्र्धन परियोजनाको वैठक

किसानको खेतवारी तथा गोठमा रहेका समस्यालाई केन्द्रीत गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रविधि प्रवद्र्धन परियोजनाको बुधबार कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा भएको प्रारम्भिक बैठकका वक्ताले उक्त कुरामा जोड दिएका हुन्। बैठकलाई सम्बोधन गर्दै कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. टंकप्रसाद प्रसाईंले किसानका समस्यालाई स्वयम् किसान, कृषि उध्यमी तथा तिनै तहका सरकार मिली अनुसन्धान गर्नुपर्नेमा जोड दिर्दै त्यसबाट मात्रै कृषि क्षेत्रका समग्र समस्या समाधान हुने विश्वास व्यक्त गरे। प्रदेश सचिव डा. प्रसाईंले बैठक… पुरा पढौ