शिक्षा

मानवीय सेवामा गुरुकुलका पूर्व विद्यार्थी

पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु एकीकृत भई मानवीय सेवामा जुटेका छन्।पूर्व विद्यार्थीहरुले बुधबार हिजो एक कार्यक्रमका बीच पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रममा आश्रित बुबाहरुलाई विहानको भोजन गराए।उनीहरुले मानवीय भावनाका साथ आफूहरुले खाना खुवाएको स्पष्ट पारे।प्रधानाध्यापक भुवन सुवेदीले पूर्व विद्यार्थीको सद्कर्मप्रति धन्यवाद दिर्दै मानिस सामाजिक प्राणी भएको औँल्याए।उनले मानव जीवनमा छाना, खाना र नानाको महत्वमाथि प्रकाश पारे।मानव सेवा आश्रमका अभियान्ता मदन थापाले गुरुकुलले पोखराको शैक्षिक एवम् खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको स्मरण गर्दै सहयोगि विद्यार्थीहरुप्रति धन्यवाद दिए।… पुरा पढौ

‘सकारात्मक सोचले जीवन बदन्छ’

ढिकुरपोखरी समाज पोखराको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा आज सकारात्मक सोच एवम् क्षमता विकास कार्यक्रम भएको छ।कार्यक्रम उद्घाटन गर्नुहुँदै अन्नपूर्ण गाऊँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सकारात्मक सोचले जीवनमा ऊर्जा पैदा गर्ने बताउनुहुँदै त्यस्तो सोचले नै व्यक्ति सफल हुने औँल्याउनुभयो।उहाँले सकारात्मक सोचको कमी हुदाँ समाज विखण्डन, विग्रह तथा कुलतको बाटोमा गइरहेको जनाउनुहुँदै त्यस्तो सोच जीवनका लागि अपरिहार्य रहेको स्पष्ट पार्नुभयो।अध्यक्ष केसीले सकारात्मक सोच राख्न सके मात्र समाज परिवर्तन हुने सुनाउनुभयो।समाजका अध्यक्ष लक्ष्मी अधिकारीले सकारात्मक सोचले व्यक्तिको क्षमता विकास हुने… पुरा पढौ

एसइई नतिजामा अभिमानको रेकर्ड

कास्कीको अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल स्थित अभिमान मेमोरियल माध्यमिक विद्यालयले हालै प्रकाशित एसइई नतिजामा रेकर्ड कायम गर्न सफल भएको छ।        विद्यालयबाट एसइईमा सहभागि १६ जना विद्यार्थी सबै उत्तीर्ण गराउन सफल भएसँगै विद्यालयले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याएको हो।        विद्यार्थीको लगनशीलता, शिक्षकको इमान्दारिता एवम् वफादारिता, अभिभावकको चाँसो, गाउँपालिका र विद्यालय प्रशासनको सहयोग एवम् हैसलाका कारण उक्त नतिजा ल्याउन सफलता मिलेको प्रधानाध्यापक उद्ववराज सुवेदीले बताउनुभयो।        यसपटक अभिमानले रेकर्र्ड कायम गर्यो, यो त्यसक्षेत्रकै लागि निकै दुर्लभ नतिजा हो, गाउँपालिका… पुरा पढौ

मणिपाल र गुरुकुल बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति

मणिपाल शिक्षण अस्पताल र गुरुकुल विद्या सदन माध्यमिक विद्यालय बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति भएको छ।हालै दुवै संस्थाबीच उक्त सम्झौता सहमति भएको हो। यसैबीच गुरुकुलले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ४६ युनिट रगत संकलन भयो ।सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेकोमा प्रादेशीक रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहयो। त्यस अवसरमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडोवेइलले रक्तदानको महत्वमाथि प्रकाश पार्नुहुँदै विरामी भएपछि मात्रै अस्पताल जाने परिपार्टीलाई अन्त्य गर्नुपर्ने सुझाउनुभयो।उहाँले मणिपाल र गुरुकुल बीच स्वास्थ्य… पुरा पढौ

गुरुकुल विद्या सदनको फुटसल सुरु

पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा बुधबारदेखि फुटसल सुरु भएको छ ।विद्यालयले एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद अन्र्तगत फुटसल सुरु गरेको हो ।उक्त प्रतियोगितामा ६४ समूहले भाग लिएकोमा बुधबार पहिलो दिन २४ खेल भए।प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले खेल क्षेत्रको विकासमा गुरुकुलले योगदान दिइरहेको चर्चा गर्दै विद्यालयसँग सहकार्य गर्दै जाने बताए ।उनले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको धारणा राखे ।विद्यालय अध्यक्ष… पुरा पढौ

गुरुकुलको सप्ताहव्यापी खेलकुद सुरु

पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल सुरु भएकोमा पहिलो दिन १० खेल भए ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूहले भाग लिएका छन् । प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको बताए ।उनले जिल्ला स्तरमा पनि छिट्टै भलिवल हुने जनाउँदै खेलसँगै अनुशासनमा पनि ख्याल गर्न… पुरा पढौ

भोलिदेखि गुरुकुलको सप्ताहव्यापी खेलकुद

पोखरा–९,वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता भोलि आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल एवम् फुटसल हुनेछ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूह बीच प्रतिष्पर्धा हुने प्रधानाध्यापक भुवन सुवेदीले जानकारी दिनुभयो। असार १ देखि ३ गतेसम्म छन्त्याल समाज नदीपुरमा छात्र।छात्रा भलिवल एवम् असार ४ देखि ६ गतेसम्म वि फिट् फुटसल गणेशटोलमा फुटसल खेलिनेछ।भोलि भलिवलको उद्घाटन कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले एक कार्यक्रमका बीच गर्ने तय भएको छ। विद्यार्थीलाई… पुरा पढौ

गुरुकुलमा निःशुल्क दन्त शिविर

पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ। रानीपौवा स्थित अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टरको आयोजना तथा विद्यालयको व्यवस्थापनमा आज सोमबार शिविर भएको हो।  शिविर शुभारम्भ गर्नुहुँदै प्रधानाध्यापक भुवन सुवेदीले दाँत स्वास्थ रहेमात्रै मानिसको आँत तन्दुरुस्त हुने उल्लेख गर्नुहुँदै जीवनमा मुख स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने औँल्याउनुभयो। उहाँले शिविरबाट अधिकत्तम लाभ लिन विद्यार्थी तथा अभिभावकलाई सुझाव दिनुहुँदै आगामि दिनहरुमा अर्किड डेण्टलसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो । विद्यार्थीको स्वास्थ्य सरलीकृत गर्ने पक्षमा विद्यालय हर… पुरा पढौ

‘गन्धर्व जातिःसंगीत र कलाका विशिष्ट शक्ति’

गन्धर्व जाति संगीत तथा कलाका विशिष्ट शक्ति रहेकोे चर्चा गरिएको छ। सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा शनिबारदेखि सुरु अल्पसंख्यक, सिमान्तकृत र लोपोन्मुख जाति समुदायको(गन्धर्व जाति) आर्थिक सशक्तिकरण तथा सचेतना अभिबृद्धि कार्यक्रमका बीच उक्त चर्चा गरिएको हो।कार्यक्रमका वक्ताहरुले गन्धर्व जातिको भाषा विकास भएपनि बाहिर ल्याउन नसकेको दुखेसो समेत पोखे। कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकीलाई प्रकृति तथा संस्कृतिको धनी प्रदेशका रुपमा चिनाउँदै संस्कृति राष्ट्रको सम्पति भएकाले त्यसलाई बचाउनुपर्ने औँल्याए।उनले गन्धर्व समुदायमा रहेका समस्या… पुरा पढौ

हिमालय माविको ५१ औं वार्षिकोत्सव

अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भयो । त्यस अवसरमा स्वर्ण जयन्ती स्मारिका विमोचन तथा नवनिर्मित सरस्वती मन्दिर अनावरण पनि गरियो।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै शिक्षालाई पालिकाले महत्व दिइरहेको औँल्याए । उनले कम्तीमा ७० प्रतिशत शैक्षिक उपलब्धी हासिल गर्ने गरी क्रियाकलाप संचालन गर्न निर्देशन दिर्दै हिमालय माविलाई नमुना शैक्षिक संस्थाका रुपमा अगाडि बढाउन सुझाव दिए।त्यस अवसरमा पालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष भरतमान् गुरुङ, स्मारिका प्रकाशन… पुरा पढौ