पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयलाई पूर्ण प्रविधियुक्त बनाइने भएको छ । विद्यालयमा सोमबार आज आयोजित एक कार्यक्रमका बीच उक्त जानकारी दिर्दै विद्यालयलाई युग सुहाउँदो शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने तयारी भइरहेको विद्यालयका अध्यक्ष रवि कार्कीले जानकारी दिनुभयो। अध्यक्ष समेत रहनुभएका गुरुकुल विद्यासदन प्रा.लिका प्रबन्ध निर्देशक कार्कीले भन्नुभयोः– हामी विद्यालयलाई क्रमश पेपरलेस बनाउँदैछौँ, विद्यार्थीको वजनदार झोला घटाउँदैछौं, विद्यालयलाई डाटा वेसमा लैजादैछौं, अतिरिक्त क्रियाकलापमा गुरुकुल पोखरामा एकछत्र नै छ, इ–लाइव्रेरी तथा इ–बुक्स्को अवधारणलाई पनि अगाडि बढाउँदैछौं कार्कीले भन्नुभयो। हाम्रो…
पुरा पढौ