मणिपाल र गुरुकुल बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति

-


     श्रीभद्र पौडेल    
     असार १२ गते २०८२ मा प्रकाशित


मणिपाल शिक्षण अस्पताल र गुरुकुल विद्या सदन माध्यमिक विद्यालय बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति भएको छ।हालै दुवै संस्थाबीच उक्त सम्झौता सहमति भएको हो।

यसैबीच गुरुकुलले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ४६ युनिट रगत संकलन भयो ।सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेकोमा प्रादेशीक रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहयो।

त्यस अवसरमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडोवेइलले रक्तदानको महत्वमाथि प्रकाश पार्नुहुँदै विरामी भएपछि मात्रै अस्पताल जाने परिपार्टीलाई अन्त्य गर्नुपर्ने सुझाउनुभयो।उहाँले मणिपाल र गुरुकुल बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति भएकोमा खुशी व्यक्त गर्नुहुँदै अस्पताल अधिकत्तम सेवा दिन तयार रहेको स्पष्ट पार्नुभयो।

विद्यालयका अध्यक्ष रवि कार्कीले स्वास्थ्य सेवा मार्फत गुरुकुल, मणिपाल एक हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै रक्तदाताप्रति आभार प्रकट गर्नुभयो।उहाँले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई सम्झौता सहमतिबाट अधिकत्तम स्वास्थ्य लाभ लिन पनि आग्रह गर्नुभयो।

कार्यक्रम उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिका वडा नं.९ का अध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखराकै उत्कृष्ट शैक्षिक संस्था रहेको उल्लेख गर्नुहुँदै विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठता हासिल गर्दै आइरहेको जनाउनुभयो।रक्तदान जीवनदान भएको धारण राख्नुहुँदै वडाध्यक्ष मर्सानीले विद्यार्थी पनि रक्तदान गर्न हौसिएकोमा खुशी व्यक्त गर्नुभयो।

प्रधानाध्यापक भुवन सुवेदीले विद्यालयले शिक्षाका अलवा मानवीय सेवाका गतिविधीलाई प्राथमिकता दिइरहेको भनाई राख्नुहुँदै आगामि दिनमा पनि त्यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

प्र्रादेशीक रक्तसंचार केन्द्र प्रमुख अर्जन ज्ञवालीले रेडक्रसले थालेको ‘जन्मदिनमा गरौं रक्तदान’ अभियान माथि प्रकाश पार्नुहुँदै सबैभन्दा मानवीय भावना महत्वपूर्ण हुने धारणा राख्नुभयो।उहाँले केक काटी जन्मदिन मनाउने प्रचलनको अन्त्य गर्नुपर्नेमा  सुझाउनु हुँदै रक्तदान सबैभन्दा महत्वपूर्ण दान भएको उल्लेख गर्नुभयो।

विद्यालयका अध्यक्ष रवि कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दश जोड २ संयोजक वसन्तकुमार श्रेष्ठले स्वागत तथा शिक्षिका सलिताज कुँवरले कार्यक्रम संचालन गर्नुभयो।

सम्झौता सहमति भएसँगै अव मणिपालमा गुरुकुलका एक हजार चार सय विद्यार्थी, तिनका अभिभावक, शिक्षक, कर्मचारी, प्रशासनीक जनशक्तिले स्वास्थ्य उपचारमा सुविद्या पाउने भएका छन्।