
पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा बुधबारदेखि फुटसल सुरु भएको छ ।
विद्यालयले एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद अन्र्तगत फुटसल सुरु गरेको हो ।उक्त प्रतियोगितामा ६४ समूहले भाग लिएकोमा बुधबार पहिलो दिन २४ खेल भए।
प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले खेल क्षेत्रको विकासमा गुरुकुलले योगदान दिइरहेको चर्चा गर्दै विद्यालयसँग सहकार्य गर्दै जाने बताए ।उनले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको धारणा राखे ।
विद्यालय अध्यक्ष रवि कार्कीले विद्यालयले पढाई सँगसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिने गरेको स्पष्ट पार्दै खेलाडी राष्ट्रका गहना भएको औँल्याए।उनले सहभागिको एसइई नतिजा उत्कृष्ट आउने विश्वास लिर्दै कक्षा ११ तथा १२ को पठनपाठनका लागि आफूहरु सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे।
खेल संयोजक समेत रहेका विद्यालयका लेखा प्रमुख हरी ढकालले विद्यार्थी प्रतिभा पहिचान गर्न विद्यालय सधै प्रयासरत रहेको स्मरण गरे।
त्यस अवसरमा प्रधानाध्यापक भुवन सुवेदी, दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठ, शैक्षिक प्रशासन प्रमुख प्रमोद वराल, एन्फा गण्डकी प्रवक्ता रमेश कार्की लगायतले विद्यार्थीलाई सिर्जनात्मक बनाई खेलकुद प्रति अभिरुची जगाउन प्रतियोगिता सहयोगि बन्ने स्पष्ट पारे।
सप्ताह अन्र्तगत छन्त्याल समाज नदीपुरमा छात्र।छात्रा भलिवल पनि जारी छ ।भलिबल अन्र्तगत क्वाटरफाइनल अघिका खेल सम्पन्न भइसकेका छन् भने बुधबारदेखि विफिट् फुटसल गणेशटोलमा फुटसल पनि सुरु गरिएको हो।
भलिवल तथा फुटसल प्रतियोगितामा प्रथम हुने समूहले नगद रु.२० हजार, दोस्रो हुने समूहले रु.१० हजार, तेस्रोले रु.५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।त्यस्तै प्रथमलाई पूर्ण छात्रबृत्ति, द्वितीयलाई ५० प्रतिशत छात्रबृत्ति, तेस्रो तथा सान्त्वना हुने समूहले पनि २५ प्रतिशत छात्रबृत्ति पाउनेछन्।त्यस्तै सहभागि सबै विद्यार्थीलाई २० प्रतिशत छात्रबृत्ति दिइने जनाइएको छ।
विद्यालय अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम दश जोड दुई संयोजक श्रेष्ठले संचालन गरे।










