मानवीय सेवामा गुरुकुलका पूर्व विद्यार्थी

-


     अन्नपूर्ण खबर संवाददाता     
     असार १९ गते २०८२ मा प्रकाशित


पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु एकीकृत भई मानवीय सेवामा जुटेका छन्।
पूर्व विद्यार्थीहरुले बुधबार हिजो एक कार्यक्रमका बीच पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रममा आश्रित बुबाहरुलाई विहानको भोजन गराए।उनीहरुले मानवीय भावनाका साथ आफूहरुले खाना खुवाएको स्पष्ट पारे।
प्रधानाध्यापक भुवन सुवेदीले पूर्व विद्यार्थीको सद्कर्मप्रति धन्यवाद दिर्दै मानिस सामाजिक प्राणी भएको औँल्याए।उनले मानव जीवनमा छाना, खाना र नानाको महत्वमाथि प्रकाश पारे।
मानव सेवा आश्रमका अभियान्ता मदन थापाले गुरुकुलले पोखराको शैक्षिक एवम् खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको स्मरण गर्दै सहयोगि विद्यार्थीहरुप्रति धन्यवाद दिए।


दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठले मानवीय सेवा गर्दा आत्मसन्तुष्टि हुने भनाई राख्दै त्यस्तो सेवा भावलाई जागरुप बनाइरहनुपर्ने उल्लेख गरे।
पूर्व विद्यार्थी सन्दिप आचार्यले सेवा नै धर्म भएको जनाउँदै वेसाहारालाई सहयोग गर्दा वास्तविक आत्मानन्द प्राप्त हुने औँल्याए।
त्यस अवसरमा पूर्व विद्यार्थीहरु सन्दिप आचार्य, सौजन तिमिल्सीना, दर्शन श्रेष्ठ, मौसम विक, राहुत गोयल, सविना पोख्रेल, सिजन गुरुङ, अनुजा राना, स्वस्तिका रिमाल, विदिप खाती, डेनियल पुन, मनिष घर्ती
लगायत भोजन सेवा खटिए।
गुरुकुलका पूर्व विद्यार्थीले कुनै न कुनै रुपमा आगामि दिनमा पनि मानवीय सेवालाई निरन्तरता दिने उल्लेख गरेका छन्।