शिक्षा

‘मर्निङस्टार कास्कीकै उत्कृष्ट विद्यालय’

अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित मर्निङस्टार माध्यमिक विद्यालय कास्की जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था रहेको औँल्याइएको छ।शुक्रबार भएको विद्यालयको ३६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोहका वक्ताले सो कुरा औँल्याएका हुन्।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालय संस्थापक प्रति सम्मान प्रकट गर्दै विद्यालयले जिल्लाकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिर्दै आएको औँल्याए ।विद्यालय सहरमा वा गाउँमा रहनुले केही अर्थ राख्दैन, अर्थ त शौक्षिक गुणस्तरले राख्दछ, जुन मर्निङस्टारले कायम गरेको छ अध्यक्ष केसीले भने।गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्न खोजेको स्पष्ट पार्दै… पुरा पढौ

आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको… पुरा पढौ

गुरुकुल विद्या सदनमा विदाइ

पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई विदाइ गरिएको छ ।        विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीको आयोजना एवम् विद्यालयको व्यवस्थापनमा शनिबार भएको एक कार्यक्रमका बीच उनीहरुलाई खादा एवम् मायाको चिनो प्रदान गरी विदाइ गरिएको हो।        त्यस अवसरमा भनाई राख्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखरा क्षेत्रकै अब्बल विद्यालय रहेको जनाउँदै विद्यार्थीलाई पठनपाठनका अलवा अनुशासनलाई पनि ख्याल गर्न सुझाव दिए ।उनले कार्यक्रमले विद्यार्थी बीच भारचाराको सम्बन्ध स्थापीत गर्ने उल्लेख गर्दै गुरुकुलले अतिरिक्त क्रियाकलापलाई पनि महत्व… पुरा पढौ

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।        आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो ।जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव… पुरा पढौ

‘विद्युतीय चुल्हो जीवन हुन्न लुलो’

धवलागिरी सामुदायिक स्रोत विकास केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोमबार पोखरामा आयोजित कार्यक्रममा भन्दै थिइन् विद्युतीय चुल्होले मेरो जीवन बदलिदियो ।सुरुमा मलाई पनि चुल्होको प्रयोग कस्तो, कस्तो लाग्थ्यो तर केही महिनाको प्रयोगसँगै अभ्यस्त बने, पछि ग्याँस, दाउराको तुलनामा निकै सहज महशुस भयो।        पहिले भान्छा फोहोर हुने समस्या, खाना बनाउन १।२ घण्टै लाग्ने गर्थे त्यो पुरा समाधान भयो ।धुवाँका कारण बिग्रीएको स्वास्थ्यमा पनि क्रमिक सुधार आयो, आर्थिक हिसावले पनि ग्याँस भन्दा सस्तो पर्यो, त्यसैले आजकल नछुट्ने गरी चुल्होसँग साइनो गासेको छु… पुरा पढौ

प्रगतिशील लेखक सङ्घ गण्डकीमा प्रा. डा. उपाध्याय

प्रगतिशील लेखक सङ्घ गण्डकीको आज शनिबार पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई जिम्मेवारी दिएको छ । त्यस्तै संघका गोर्खा अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङ अध्यक्ष बासुदेव थापा, तनहुँ अध्यक्ष विनोदकुमार विक, स्याङजा अध्यक्ष अनन्त अर्याल, कास्की अध्यक्ष छवि सुवेदी विजयी, नवलपुर अध्यक्ष काशीराम गैरे, पर्वत अध्यक्ष आनन्द रिमाल, वाग्लुङ अध्यक्ष विजय राना तथा म्याग्दी अध्यक्ष लीला… पुरा पढौ

सराङकोटका दिदीबहिनीलाई कानुनी सचेतना

पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीलाई कानुनी सचेतना दिइएको छ।उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत वडाको आयोजना तथा सामाजिक विकास महाशाखाको व्यवस्थापनमा कार्यक्रम भएको हो।२ चरणमा भएको कार्यक्रम अन्र्तगत वडाको तल्लो क्षेत्रलाई समेटी यही चैत २ गते तथा वडाको माथिल्लो क्षेत्रलाई समेटी आज मंगलबार तालिम दिइएको हो।त्यस अवसरमा भनाई राख्दै वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले महिलाको हक अधिकारको सवालमा वडा सचेत रहेको सुनाउँदै सबै मिली महिला अधिकार स्थापित गर्नुपर्ने बताए ।कानुनको अनविज्ञता अक्षम्य रहने उल्लेख गर्दै वडाध्यक्ष तिमिल्सीनाले आफूहरु सबल महिलाको पक्षको रहेको सुनाए ।वडा सदस्य… पुरा पढौ

धर्मस्थलीको विद्यालय भवन हस्तान्तरण

रोटरी क्लवले निर्माण गरेको पस्र्याङ स्थित धर्मस्थली आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको छ।        भवन हस्तान्तरण गर्दै आरआई डिस्टीक ३२९२ का डिस्टीक गर्भनर इलेट विनोद कोइरालाले आफूले पढेको विद्यालयमा सहयोग गर्न पाउदाँ खुशी व्यक्त गर्दै अव फर्निचरका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।विकास तथा मानवीय सेवाका कार्यमा रोटरीले सहयोग गर्ने गरेको स्पष्ट पार्दै गर्भनर कोइरालाले सहयोगी अन्य संघसंस्था एवम् व्यक्ति प्रति आभार जनाए।        सहयोगी संस्था वेलायतका रिचार्ड रयानडर्सनले विद्यालय… पुरा पढौ

शिक्षा सम्बन्धी अभिमुखीकरण

अन्नपूर्ण गाउँपालिकाको आयोजना तथा निवृत शिक्षक समुदाय अन्नपूर्णको व्यवस्थापनमा अभिभावक शिक्षाको आवश्यकता सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । त्यस अवसरमा पालिका स्थित विभिन्न विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अध्यक्ष एवम् समुदायका सदस्य सहभागि भए ।विद्यालयमा शैक्षिक स्तरबृद्धि गर्ने उद्देश्यले उक्त अभिमुखीकरण दिइएको हो । कार्यक्रममा भनाई राख्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै त्यसका लागि शिक्षक, विद्यालय व्यवस्थापन एवम् शिक्षक अभिभावक संघले जिम्मेवारी बोधका साथ खुलेर मेहनत गर्नुपर्ने बताए । प्रमुख प्रशिक्षक पूर्व उपसचिव… पुरा पढौ

सामाजिक विकास कार्यालयद्वारा संचेतना

सामाजिक विकास कार्यालय कास्कीले विद्यार्थीलाई लागु पदार्थ दुव्र्ससनी सम्बन्धी सचेतना दिएको छ ।       जिल्ला प्रहरी कार्यालय कास्की एवम् शिक्षा विकास तथा समन्वय इकाई कास्कीको समन्वयमा भएको उक्त कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागि भए। तालिम सहजीकरण गर्नुहुँदै प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोक्काले विद्यार्थीले पठनपाठनमा ध्यान दिनुपर्ने भन्नुहुँदै लागु पदार्थको दुव्र्यसनीबाट टाढा रहनुपर्ने औँल्याउनुभयो।उहाँले साईवर अपराध तथा यौनजन्य हिंसाका प्रभावबारे सचेत पनि गराउनुभयो । तालिममा इन्द्रराज्यलक्ष्मी मावि लामाचौर, वाराही मावि मालेपाटन तथा जनप्रिय मावि सिमलचौरका विद्यार्थी सहभागि… पुरा पढौ