एसइई नतिजामा अभिमानको रेकर्ड

-


     श्रीभद्र पौडेल    
     असार १५ गते २०८२ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल स्थित अभिमान मेमोरियल माध्यमिक विद्यालयले हालै प्रकाशित एसइई नतिजामा रेकर्ड कायम गर्न सफल भएको छ।

       विद्यालयबाट एसइईमा सहभागि १६ जना विद्यार्थी सबै उत्तीर्ण गराउन सफल भएसँगै विद्यालयले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याएको हो।

       विद्यार्थीको लगनशीलता, शिक्षकको इमान्दारिता एवम् वफादारिता, अभिभावकको चाँसो, गाउँपालिका र विद्यालय प्रशासनको सहयोग एवम् हैसलाका कारण उक्त नतिजा ल्याउन सफलता मिलेको प्रधानाध्यापक उद्ववराज सुवेदीले बताउनुभयो।

       यसपटक अभिमानले रेकर्र्ड कायम गर्यो, यो त्यसक्षेत्रकै लागि निकै दुर्लभ नतिजा हो, गाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भुगाईले भन्नुभयो।आगामि दिनमा अभिमानको सिको अन्य विद्यालयहरुले पनि गर्नुपर्दछ, शाखा प्रमुख भुगाईले भन्नुभयो।

       यता गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधार्न आफूहरुले थालेको प्रयासले सार्थकता पाएको स्पष्ट पार्नुभयो।हामीले कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गर्नुपर्ने भनेका थियौं, झण्डै ८१ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण भए, हामी खुशी छौं र आगामि वर्ष अझै नतिजा सुधार गर्न लागि पछौँ।