
पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ।
प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल सुरु भएकोमा पहिलो दिन १० खेल भए ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूहले भाग लिएका छन् ।
प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको बताए ।उनले जिल्ला स्तरमा पनि छिट्टै भलिवल हुने जनाउँदै खेलसँगै अनुशासनमा पनि ख्याल गर्न विद्यार्थीलाई सुझाए।
प्रधानाध्यापक भुवन सुवेदीले विद्यालयले पढाई सँगसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिने गरेको स्पष्ट पार्दै खेलाडी राष्ट्रका गहना भएको औँल्याए।उनले सहभागिको एसइई नतिजा उत्कृष्ट आउने विश्वास लिर्दै कक्षा ११ तथा १२ को पठनपाठनका लागि आफूहरु सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे।
खेल संयोजक समेत रहेका विद्यालयका लेखा प्रमुख हरी ढकालले विद्यार्थी प्रतिभा पहिचान गर्न विद्यालय सधै प्रयासरत रहेको स्मरण गर्दै विद्यार्थीको भविष्यसँग गुरुकुल सजग रहेको सुनाए।
दश जोड दुई संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठले विद्यार्थीलाई सिर्जनात्मक बनाई खेलकुद प्रति अभिरुची जगाउन साथै विद्यालयबारे जानकारी दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे ।
खेल सप्ताह अन्र्तगत असार ३ सम्म छन्त्याल समाज नदीपुरमा छात्र।छात्रा भलिवल एवम् असार ४ देखि ६ गतेसम्म विफिट् फुटसल गणेशटोलमा फुटसल खेलाइनेछ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु.२० हजार, दोस्रो हुने समूहले रु.१० हजार, तेस्रोले रु.५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।त्यस्तै प्रथमलाई पूर्ण छात्रबृत्ति, द्वितीयलाई ५० प्रतिशत छात्रबृत्ति, तेस्रो तथा सान्त्वना हुने समूहले पनि २५ प्रतिशत छात्रबृत्ति पाउनेछन्।त्यस्तै सहभागि सबै विद्यार्थीलाई २० प्रतिशत छात्रबृत्ति दिइने जनाइएको छ ।
भलिबलतर्फ कास्की, स्याङजा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ र गोर्खाका समूहले भाग लिएका छन् ।









