
पोखरा–९,वास्तोलाथर स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका नवआगन्तुक ११ कक्षाका विद्यार्थीलाई शनिबार कार्यक्रम गरी स्वागत गरिएको छ।
कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको उक्त कार्यक्रमका बीच गुरुकुलमै किन पढ्ने, त्यहाँ पढ्दाका फाइदा,, समग्र शैक्षिक अवस्थाबारे अभिमुखीकरण पनि गरियो।
कार्यक्रम उद्घाटन गर्दै पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुलले धेरै अभिभावकको विश्वास आर्जन गरेको जनाउँदै शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा गुरुकुल गण्डकीमै अगाडि रहेको बताए।उनले अभिभावक तथा विद्यार्थीको सपना पुरा गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिर्दै जीवनमा अनुशासनको महत्व अधिक रहने स्पष्ट पारे।
पोखरा महानगरपालिका शिक्षा महाशाखा अधिकृत जीवनप्रसाद रेग्मीले जोस् र जाँगरका साथ पठनपाठनमा ध्यान दिन विद्यार्थीलाई सुझाव दिर्दै गुरुकुलले गुणस्तरीय शिक्षामा ध्यान दिर्दै आएको उल्लेख गरे।उनले एसइई उत्तीर्णलाई बधाई दिर्दै सबै कुराको व्यवस्थापन गर्दा सक्दा मात्र मानिस सफल हुने उल्लेख गरे।

विद्यालय अध्यक्ष रवि कार्कीले अभिभावकको विश्वास, भरोसालाई विद्यालयले टुट्न नदिने स्पष्ट पार्दै विद्यार्थी देशलाई चाहिने जनशक्ति बन्नुपर्ने औँल्याए।विद्यार्थीले कक्षा १२ उत्तीर्ण पछि विदेश जाने मोह त्याग्न गर्न सक्नुपर्ने उनको भनाई छ।
प्रधानाध्यापक भुवन सुवेदीले गुरुकुल सार्थक गुरुकुल भएको जनाउँदै विद्यालयमा ज्ञान, अनुशासनलाई विशेष ख्याल गरिने स्पष्ट पारे।
पूर्व विद्यार्थी सन्दिप आचार्यले गुरुकुलका सम्झना अविस्मरणीय रहेको उल्लेख गर्दै जिन्दगीका समस्यासँग जुध्न सक्नु शिक्षा प्राप्तिको महत्वपूर्ण पक्ष हुने उल्लेख गरे।
त्यस अवसरमा कलाकार अर्जुन सापकोटा, हेमजा नेवा खलः, विद्यार्थी दीक्षा क्षेत्री, सुष्टि गुरुङ, आवेल थापा, जेनी विश्वकर्मा, पुष्पा गुरुङ, सज्जल थापा, सिम्रन खड्का, अलिना बरुवाल, आरुषा तामाङ, अनुश्का गुरुङ, मञ्जिमा मुल्मी, सुशान्त शाही ठकुरी, सलोमी तामाङ, दीक्षित थापा, रेनु परियार, कृर्ति ठकुरी, यश्ना श्रेष्ठ, जानुका श्रीष, मुस्कान खातुन लगायतका समूहले विभिन्न प्रस्तुति राखे।
कक्षा १२ की विपिया थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी सुप्रिया मल्लले स्वागत तथा १२ की रेनु परियार साथै दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठले संयुक्त कार्यक्रम संचालन गरे।










