शिक्षा

छोरेपाटन माविमा खेलकुद सप्ताह सुरु

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबारदेखि खेलकुद सप्ताह सुरु भएको छ।सप्ताह शुभारम्भ गर्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय सचेत रहेको सुनाउनुभयो।उहाँले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको चर्चा गर्नुहुँदै खेलमार्फत स्वयम् विद्यार्थी, विद्यालय एवम् राष्ट्रलाई नै चिनाउन सकिने स्पष्ट पार्नुभयो।विद्यार्थीको प्रतिभा प्रस्फुटन महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै प्रधानाध्यापक शर्माले राष्ट्रपति रर्निङ शिल्ड प्रतियोगिताको तयारीमा जुट्न विद्यार्थीलाई आग्रह समेत गर्नुभयो।उहाँले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने स्पष्ट पनि पार्नुभयो।सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले सरोकारवाला सबैको सहयोगबाट खेल सप्ताह सम्पन्न हुने विश्वास… पुरा पढौ

शालिकरामको नेतृत्वमा छोरेपाटन मा.वि भूपू विद्यार्थी मञ्च

पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा कविता गुरुङ (कवि), सचिवमा गणेश जिसी, कोषाध्यक्षमा ज्योति हमाल, सहसचिवमा शिवराज न्यौपाने र सदस्यहरुमा रामचन्द्र बराल, छविलाल पनेरु, शिवप्रसाद पौडेल, नमराज बराल, शर्मिला थकाली, दिलकुमारी खाँण सर्वसम्मत चयन भएका छन् । मञ्चका परिकल्पनाकार दिपकराज बराल संयोजक, पदमबहादुर ढकाल र चन्द्रमाया वास्तोला सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा… पुरा पढौ

छोरेपाटन माविमा अन्तरसदनात्मक हाजिरजवाफ

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबार अन्तरसदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।       कक्षा ११ तथा १२ विहानी समूह अन्तर्गत भएको उक्त प्रतियोगितामा निलोे सदन प्रथम भयो।त्यस्तै पहेलो सदनले दोस्रो तथा हरियो सदनले तेस्रो स्थानमा चित्त बुझायो।       प्रतियोगितामा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक डिल्लीराम बराल, शिक्षकहरु लिला पराजुली, लिलानाथ आचार्य (विमल), माधव भट्टराई, लक्ष्मण पौडेल, भीम थापा, श्रीभद्र पौडेल, सुशिला कुँवर लगायतले सहजीकरण गर्नुभयो।       कार्यक्रमका धारणा राख्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थी प्रतिभा प्रष्फुटन गर्न विद्यालय प्रयासरत रहेको… पुरा पढौ

हेमजा साहित्य महोत्सव सुरु

हेमजामा शुक्रबारदेखि साहित्य महोत्सव सुरु भएको छ।साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान उजिल्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।दुई दिनसम्म चल्ने उक्त महोत्सव अन्तर्गत पहिलो दिन नेपाली नाटक तथा रङगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा परिसंवाद भयो।त्यस अवसरमा सष्ट्राहरुले साहित्यमा व्यङग्यात्मकता झल्कनुपर्ने स्पष्ट पार्दै नेपालको वहुलता, विभिन्नता तथा नेपाली माटो सुहाउँदो साहित्य आवश्यक रहेको औल्याए।गायक परिचित हुदाँ गीतकार ओझेलमा पर्ने परिपार्टीको उनीहरुले विरोध गरे।त्यसका साथै साहित्यलाई युग सुहाउँदो बनाउनुपर्नेमा उनीहरु जोड छ ।विद्यागत धारणका… पुरा पढौ

गुरुकुलद्वारा भोला मञ्चन

पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले नाटक भोला मञ्चन गरेको छ।        टङ्क चौलागार्इँ लेखक तथा सुसन पौडेल निर्देशक रहेको उक्त नाटक गैह्रापाटन स्थित पोखरा नाटकघरमा मंगलबार मञ्चन गरिएको हो।त्यस अवसरमा गुरुकुलका विद्यार्थी इम्रान अट्टारी, श्लो गुप्ता, आदित्य जंग थापा, प्रिन्स घिमिरे, सविन ठाडामगर, रोशनी रोकामगर, प्रत्युसा ढकाल, इसान थापा, सगुन लामिछानेले अभिनय गर्नुभयो।        त्यस्तै विद्यार्थी प्रनिश घिमिरे, ग्रीस्मा कार्की, समृद्धि आचार्य, कृसा खाँड ठकुरी, दीपशिखा रेग्मी, अनुप पौडेल तथा दर्शना बास्तोला पनि कलाकार भूमिकामा रहनुभयो। नाटक… पुरा पढौ

हाजिरजवाफमा छोरेपाटन मा.वि प्रथम

सामुदायिक विद्यालय कलष्टर (साविक) कास्की अन्तर्गतका विद्यालय स्तरीय माध्यमिक तह हाजिरजवाफ प्रतियोगितामा आयोजक छोरेपाटन मा.विको समूह प्रथम भएको छ।उक्त प्रतियोगितामा विन्ध्यवासिनी मा.वि द्वितीय, बालमन्दिर मा.वि तृतीय तथा शीतलादेवी मा.विको समूह सान्त्वना हुन सफल भए।कार्यक्रममा धारणा राख्नुहुँदै सामुदायिक विद्यालय कलष्टर (साविक) कास्की संयोजक केशवप्रसाद अम्गाईले विद्यार्थीको सर्वपक्षिय विकास र समृद्धिका लागि साविक कास्की निरन्तर लागि परेको उल्लेख गर्नुभयोे।उहाँले अनुशासनलाई ख्याल गर्दै अध्ययनलाई अगाडि बढाउन विद्यार्थीलाई सुझाव समेत दिनुभयो।छोरेपाटन मा.विका अध्यक्ष बद्रीनाथ पहारीले कलष्टरका क्रियाकलापको प्रशम्सा गर्नुभयो।उहाँले कलष्टरका गतिविधिले विद्यार्थीलाई रचनात्मक कार्यमा… पुरा पढौ

छोरेपाटन मा.वि प्रथम

पोखरा ८ स्थित शैक्षिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजत जयन्ती वर्ष २०८२ को उपलक्ष्यमा शुक्रबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा छोरेपाटन माविकी आरुषी खत्री प्रथम भइन्।‘सहकारीको विकासमा युवाको भूमिका’ विषयक उक्त प्रतियोगितामा रामज्योति माविकी स्वेक्षा परियार दोस्रो, शिवशक्ति माविकी सविना पुरी तृतीय एवम् केदारेश्वर गुरुकुलका शिव उपाध्याय सान्त्वना हुन सफल भए।कार्यक्रममा धारणा राख्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले प्रतियोगिता आयोजना गरेर सहकारीले सहकारीप्रति विद्यार्थीको धारणा बुझ्ने अवसर दिएको उल्लेख गरे।संस्थाका अध्यक्ष लिलाधर वरालले संस्थाले समयसमयमा विभिन्न क्रियाकलाप संचालन… पुरा पढौ

छोरेपाटन मा.विमा वक्तृत्वकला प्रतियोगिता

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा शुक्रबार आज कक्षा ११ तथा १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ।जेनजी आन्दोलन ः सम्भावना र चुनौतीहरु विषयक उक्त प्रतियोगितामा कक्षा ११ का हेमन धामी प्रथम, ११ कै अञ्जली सुवेदी दोस्रो तथा कक्षा १२ का विवेक नेपाली तेस्रो हुनुभयो।प्रतियोगितामा शिक्षकत्रय लिलानाथ आचार्य(विमल), श्रीभद्र पौडेल र सुशीला कुँवरले निर्णयकको भूमिका निर्वाह गर्नुभयो ।प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थी प्रतिभा पहिचान गर्न विद्यालय सधै प्रयासरत रहेको स्मरण गर्नुहुँदै संसार प्रस्तुतिमा अडिएको धारणा राख्नुभयो।उहाँले संस्कारयुक्त शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै अभिव्यक्ति… पुरा पढौ

छोरेपाटन मा.विमा यौन तथा प्रजनन स्वास्थ्य सचेतना

पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आज यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना दिइएको छ। नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा भएको उक्त सचेतनामा कक्षा ११ तथा १२ का विद्यार्थी तथा केही शिक्षक सहभागि हुनुभयो। कार्यक्रममा धारणा राख्नुहुँदै वडाध्यक्ष राधिकाकुमारी शाहीले कानुनले २० वर्ष पछिको बिहेलाई मात्रै मान्यता दिएको जानकारी गराउनुहुँदै परिवार नियोजन संघ कास्कीका गतिविधि प्रशम्सा योग्य रहेको बताउनुभयो ।उहाँले किशोरावस्थामा आएका परिवर्तनबारे अभिभावकलाई समयमै जानकारी गराउने सवालमा नलजाउन विद्यार्थीलाई सुझाव दिनुहुँदै असुरक्षित यौनसम्पर्क मार्फत प्राणघातक रोग लाग्न सक्नेतर्फ सचेत… पुरा पढौ

जनसेवा आधारभूतको भवन शिलान्यास

अन्नपूर्ण गाउँपालिका–१०, फुलिवाङ स्थित जनसेवा आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको छ। अन्नपूर्ण गाउँपालिका तथा पाहार ट्रष्ट नेपालको साझेदारीमा रु.४० लाखको लागतमा बन्न लागेको उक्त भवनको सोमबार आयोजित एक समारोहका बीच शिलान्यास गरिएको हो।लागत मध्ये संस्थाको तर्फबाट रु.२८ लाख तथा गाउँपालिकाले १२ लाख बोहोर्ने उल्लेख छ। भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सहयोगी ट्रष्टप्रति आभार प्रकट गर्दै शिक्षा विना मानिस पशुतुल्य हुने बताए।उनले गाउँपालिकाले शिक्षालाई महत्व दिएको उल्लेख गर्दै त्यसको झल्को गत सालको एसइई नतिजाले पनि दिएको स्मरण गरे। पाहार… पुरा पढौ