गण्डकी सेरोफेरो

अन्नपूर्णमा मुस्कान सहित सेवा दिन सुरु

आर्थिक वर्षको सुरुवातीसँगै अन्नपूर्ण गाउँपालिकामा मुस्कान सहितको सेवा शुभारम्भ गरिएको छ ।         ‘मुस्कान सहितको सेवा हामी सबैको प्रतिबद्धता’ नाराका साथ मंगलबार जनप्रतिनिधी तथा कर्मचारीले सेवा दिने प्रण गरेसँगै कार्यक्रम लागु गरिएको छ । जस अन्तर्गत कार्यालय प्रमुख, विभिन्न विषयगत शाखा प्रमुख देखि वडा कार्यालयका ढोका ढोकामा सोही अनुसारको स्टिकर टासिएको छ । सेवा शुभारम्भ गर्नुहुँदै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कार्यक्रम लागु भएसँगै नागरिक, जनप्रतिनिधि तथा कर्मचारीमा सकारात्मक भावको विकास हुने औँल्याउनुभयो। सेवाग्राहीहरु रिसाएर पनि आउन सक्नुहुन्छ, उहाँहरुलाई खुशी बनाई… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकावासीको माग, नेपाली भाषामा स्टीमेट बनाइदिनुहोस्

अन्नपूर्ण गाउँपालिकावासीले विकास निर्माणका कार्य गर्ने शिलशिलामा बनाइने स्टीमेटको भाषाका कारण आफूहरुले दुःख पाइरहेको बताएका छन् ।         उनीहरुले प्राविधिकले अंग्रेजी भाषामा निकै साना अक्षरमा स्टीमेट तयार गर्ने गरेको जनाउँदै त्यसमा प्रयोग गर्ने भाषा नेपाली बनाउन र सरल शब्द एवम् ठूला अक्षरमा स्टीमेट तयार गरिदिन माग गरेका हुन्।         आदर्श समाज बुहुमुखी प्रकाशन प्रालिको सहजीकरणमा आइतबार भएको पालिकाको आ.व ०८०÷०८१ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमका बीच पालिकावासीले त्यस्तो आवाज उठाएका हुन्।         उनीहरुले हामी सबै नेपाली हौं, प्राविधिक… पुरा पढौ

बुढानिलकण्ठ मन्दिरको ८ औं अधिवेशन, अध्यक्ष पुष्पेन्द्रबहादुर

पोखरा–४, गणेशटोल स्थित बुढानिलकण्ठ मन्दिर संरक्षण समितिको अध्यक्षमा पुष्पेन्द्रबहादुर कोइराला चयन भएका छन् । मन्दिर संरक्षण समितिको शनिबार भएको १५ औं साधारणसभा तथा आठौँ अधिवेशनले कोइरालाको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा कल्पना गौतम, सचिवमा किरणप्रसाद कोइराला, कोषाध्यक्षमा सीता हमाल तथा सहसचिवमा इन्दु कोइराला छन् ।त्यसैगरी नेत्रपाणि भण्डारी, श्रीकृष्ण अधिकारी, जगन्नाथ कोइराला, कमला कोइराला, सिर्जना कोइराला र हरीनारायण शर्मा सदस्य छनोट भए ।  धर्मराज पराजुली संयोजक तथा उदारराज भण्डारी र उपेन्द्रराज गौतम सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत… पुरा पढौ

नेलम्बो नेपालको सामाजिक परीक्षण, गरिव जनताको मन मनमा बस्न सफल

पोखरा ४ स्थित नेलम्बो नेपालको शनिबार एक कार्यक्रमका बीच सामाजिक लेखा परीक्षण गरीएको छ ।         सामुदायिक स्वास्थ्य शिक्षा तथा वातावरण, मुख तथा दन्तरोग एवम् कान तथा श्रवण रोग सुरक्षा साथै शिशुस्याहार परामर्श एवम् विकास गरी तिन परियोजना संचालन गर्दै आइरहेको उक्त संस्थाको सामाजिक प्रभाव मूल्याङकन गरिएको हो ।         सामाजिक प्रभाव मूल्याङकन प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक लेखा परीक्षक डा. ऋषिकेश पाण्डेले नेलम्बोद्वारा संचालित परियोजनाहरु सफलताउन्मुख रहेको बताउँदै ति परियोजनाहरुलाई दुर्गम वस्ती लक्षित गर्नुपर्ने बताए ।         आफूहरुले साढे २… पुरा पढौ

बुढानिलकण्ठ मन्दिरमा प्राण प्रतिष्ठा

पोखरा–४, फिर्के स्थित बुढानिलकण्ठ मन्दिर परिसरमा बिहीबार विभिन्न भगवान्का मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।भगवान् आकारका मुर्तिलाई बोलाएर मन्दिर क्षेत्रमा विधीपूर्वक राख्ने कार्यलाई प्राण प्रतिष्ठा भन्ने गरिन्छ ।        त्यस अवसरमा नवग्रह, शिवपञ्चायन, हनुमान, कालभैरव, देवीमाता, गणेश, राधाकृष्ण, सुर्यदेव लगायतको प्राण प्रतिष्ठा गरिएको हो ।कार्यक्रममा पं.बासुदेव आचार्य, पं.रामप्रसाद अर्याल र पं.प्रसम अर्यालले सहजीकरण गरे।        त्यस्तै पितृ तार्ने उद्देश्यले आवुदयिक श्राद्ध गरिनुका साथै ग्रह तथा द्वारमात्रिका(ढोका) पुजा समेत भएको छ।        उक्त मन्दिरमा प्राण प्रतिष्ठा गरिएका मुर्तिको शुक्रबार विशेष पुजा… पुरा पढौ

पहिरोले घान्द्रुक जाने सडक अवरुद्ध

पहिरोका कारण पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडक बुधबार रातीदेखि अवरुद्ध भएको छ ।         स्थानीय क्लिउमा सडकको तल्लो क्षेत्रबाट गएको पहिरोका कारण त्यहाँ यातायात अवरुद्ध भएको हो ।जसकारण करिव १० मिटर त्यहाँको ढलान सडक(रड रहित) मुनी भ्वाङ परेको छ ।माथिबाट चक्लाउन सक्ने अवस्था नरहेको अन्नपूर्ण १० का अध्यक्ष गौतम गुरुङले जानकारी दिनुभयो ।         हामीले बिहीबार बाटो खुलाउन निकै प्रयास गयौँ, दुघर्टनाको भयका कारण बाटो सफा गर्न जेसिभी जान तयार भएनन्, अव कामदार खोजेर लगाउनुपर्ने परिस्थती छ, अध्यक्ष गुरुङले भन्नुभयो,… पुरा पढौ

पहिरोमा पुरिदाँ कास्कीमा ११ जनाको मृत्यु

कास्कीमा पहिरोमा परी गएराति ११ जनाको मृत्यु भएको छ ।         मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ तल्लाकोट टारी बस्ने ४६ वर्षे कुलबहादुर परियार, उहाँकी श्रीमती वर्ष ४३ की मनकुमारी परियार, उहाँकी आमा वर्ष ८५ की लक्षीमा परियार रहनुभएको छ ।         त्यसैगरी कुलबहादुरकी छोरी वर्ष १५ की प्रशना परियार, विवाह भएकी छोरी वर्ष २० की प्रभा परियार(माइत आएकी) उहाँका ज्वाई चितवन निवासी वर्ष २५ का अस्मित परियार (ससुराली आएका) को पनि पहिरोमा परी मृत्यु भएको छ ।        … पुरा पढौ

बालज्योतिलाई पेमा छालको सहयोग

अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।         हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४… पुरा पढौ

माछापुच्छ्रे« टोल विकासमा चुडामणि

पोखरा महानगरपालिका ५ स्थित माछापुच्छ्रे« टोल विकास संस्थाको छैंटौ अधिवेशनले चुडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले संस्थाको उपाध्यक्षमा कल्पना शर्मा, सचिवमा टेकप्रसाद अधिकारी, सहसचिवमा समीक्षा शर्मा, कोषाध्यक्षमा रमानाथ बास्तोला तथा सहकोषाध्यक्षमा दुर्गा कार्कीलाई जिम्मेवारी दिएको छ ।त्यस्तै समितिका सदस्यहरुमा कृष्णप्रसाद देवकोटा, गंगा श्रेष्ठ, नानीमाया सुवेदी, रामप्रसाद सुवेदी र कुलबहादुर गुरुङ छन्। वडाध्यक्ष विष्णुप्रसाद बरालले टोलको विकासमा वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै टोल विकास संस्था सक्रिय भए वडा आफै नमूना बन्ने बताउनुभयो। त्यस अवसरमा वयोबृद्ध नारायणप्रसाद पाठक,… पुरा पढौ

गुरुकुल विद्यासदनको प्रायोजनमा भलिवल प्रतियोगिता

अन्नपूर्ण गाउँपालिका ५ स्थित द हेवन क्लव नयाँपुलको आयोजनामा भएको भलिवल प्रतियोगिताको उपाधि स्याङजाको भिरकोट समूहले जितेको छ।उक्त प्रतियोगिता २०८० सालको एसइईमा सहभागि विद्यार्थी बीच भएको हो ।      पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माविको प्रायोजनमा भएको उक्त प्रतियोगितामा पर्वत मोदी गाउँपालिका स्थित भुक देउराली समूह द्वितीय साथै पशुपति माध्यमिक विद्यालय मोदी गाउँपालिका तृतीय भए ।      प्रथम, द्वितीय र तृतीय भएसँगै उनीहरुले क्रमश नगद रु.१५ हजार, १० हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।     … पुरा पढौ