गण्डकी सेरोफेरो

तुलसी नेतृत्वमा सौरेखोला आमा समूह

पोखरा–१८, सराङकोट स्थित सौरेखोला आमा समूहको आज सम्पन्न चौथों साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः तुलसी पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  उक्त अधिवेशनले उपाध्यक्षद्वयमा सुशिला पोखरेल र उषा बराल, सचिवमा शान्ता भण्डारी, सहसचिवमा सुजता शर्मा तथा कोषाध्यक्षमा सदीक्षा भण्डारीलाई जिम्मेवारी दिएको छ ।  त्यस्तै गुमादेवी शर्मा, शान्ता पोख्रेल, शान्ति क्षत्री(क)कमला, धनमाया अधिकारी र समीक्षा विक सदस्य छनोट हुनुभयो । त्यसै आमा समूहकी संस्थापक अध्यक्ष चित्राकुमारी अधिकारी वरिष्ठ सल्लाहकार चयन हुनुभयो । कार्यक्रममा भनाई राख्नुहुँदै संस्थापक अध्यक्ष अधिकारीले… पुरा पढौ

विष्णुपादुका क्लव अध्यक्षमा वसन्तकुमार (फोटोफिचर)

पोखरा २५ हेमजा स्थित विष्णुपादुका क्लवको आज सम्पन्न ३० औं साधारणसभा तथा १५ औं अधिवेशनले वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।        अधिवेशनले राजेन्द्रबहादुर थापालाई उपाध्यक्ष, हिक्मतबहादुर थापालाई सचिव तथा डम्बरबहादुर कुँवरलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।त्यस्तै केशव गिरी, सोचना केसी, इन्द्रबहादुर कार्की, सुर्य कुँवर, राम सापकोटा, इन्द्रबहादुर थापा, सरस्वती थापा, पार्वती थापा र चन्द्रमान् श्रेष्ठ सदस्य छनोट हुनुभयो ।        अधिवेशन उद्घाटन गर्नुहुँदै वडा सदस्य कृष्णबहादुर कुँवरले क्लवका गतिविधिमा वडाको सक्दो साथ रहने स्पष्ट पार्नुहुँदै अव… पुरा पढौ

बिरेठाँटी माविमा प्रतिभा प्रर्दशनी

अन्नपूर्ण गाउँपालिका ८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा सोमबार विद्यार्थी प्रतिभा प्रर्दशनी एवम् अतिथी स्वागत गरिएको छ । कार्यक्रमका बीच प्राविधिक धार कम्प्युटर इञ्जिनियरिङतर्फ कक्षा ९–१२ का विद्यार्थीद्वारा विभिन्न रोवोटिक्स, विज्ञान तथा प्रविधि सम्बन्धी परियोजना प्रदर्शन गरिए। त्यस्तै सांस्कृतिक कार्यक्रम, नृत्य प्रर्दशन साथै विद्यार्थीहरुको तेक्वान्दो खेल प्रदर्शनीमा प्रशिक्षक बोधराज गिरीले सहजीकरण गर्नुभयो ।त्यसैगरी विद्यार्थीबाट विभिन्न हस्तकला प्रदर्शनी गरियो। कार्यक्रममा भनाई राख्नुहुँदै अमङ्गील हुमन फाउन्डेशनका क्याप्टेन अमङ्गीलले विद्यार्थी प्रतिभाको प्रशंसा गर्नुहुँदै संस्थाले आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। वडाध्यक्ष विजय… पुरा पढौ

सराङकोट यज्ञलाई संघसंस्था एवम पत्रकारको साथ

यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा हुन लागेको श्रीमद् भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सफल बनाउन पोखरेली संघ संस्था एवम् पत्रकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हिजो भएको छलफलका बीच उनीहरुले सराङकोट पोखराकै महत्वपूर्ण ऐतिहासिक धरोहर रहेको ठहर गर्दै यज्ञलाई सफल बनाउन आ आफ्नो  क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। सराङकोटमा हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, एक सय ८ शिवलिङ, एक सय ८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, स्वागतद्वार निर्माण… पुरा पढौ

कास्की पोखरा समाज जापानको छैटौं अधिवेशन

कास्की पोखरा समाज जापानको छैटौं अधिवेशनले कमल बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।        टोकियोमा भएको अधिवेशनले मनोज तिवारी, विष्णुप्रसाद भण्डारी (बिसु), दिपक सुनार र सरोज कार्कीलाई उपाध्यक्ष, जीवन पोखरेल कञ्चनलाई महासचिव, सचिवमा तोयानाथ ढकाल र गोविन्द पौडेल (अनिस), कोषाध्यक्षमा कुलप्रसाद बास्तोला तथा सहकोषाध्यक्षमा सुर्य कडेल र दिलीप पण्डितलाई जिम्मेवारी दिएको छ ।        त्यस्तै सुमन कँुवर युवा संयोजक, सुनिता बञ्जरा महिला संयोजक, अञ्जु भण्डारी प्रमुख संरक्षक चयन भए ।अधिवेशनले लक्ष्मी कार्की, कविता तिवारी, विजय गुरुङ, खगराज ढुङगाना,… पुरा पढौ

शितल गुफामा धार्मिक महोत्सव हुँदै

अन्नपूर्ण गाउँपालिका–५, झोबाङ स्थित शितल गुफामा धार्मिक महोत्सव हुने भएको छ।  आगामि फागुन १३ देखि १५ गतेसम्म महोत्सव आयोजना गरिएको आज आयोजित अन्तक्रियात्मक कार्यक्रममा शितल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका सचिव शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । साविक सल्यान गाविस ९, हाल अन्नपूर्ण गाउँपालिका ५ झोबाङ स्थित शितल गुफा तथा त्यस आसपासका धार्मिक ऐतिहासिक साथै पर्यटकीय स्थलहरुको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको वडाध्यक्ष जीवनाथ पौडेल (शंकर)को भनाई छ। पुरातात्विक महत्वले भरिपूर्ण ऐतिहासिक प्राचिन धार्मिक धरोहर उक्त… पुरा पढौ

जन हितैषीद्वारा साईबर सुरक्षा सचेतना

पोखरा २५ सुईखेत स्थित जन हितैषी फाउण्डेशनले साईबर सुरक्षा कार्यक्रम अन्तर्गत शुक्रबार अम्विका माध्यमिक विद्यालयमा सचेतना दिएको छ ।त्यस अवसरमा कक्षा ८ का ६० जना वालवालिका सहभागि भए। त्यस अवसरमा इथिकल ह्यकर विजय आचार्यले प्रशिक्षण गर्नुभयो भने संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बोधराज अधिकारीले कार्यक्रम संचालन गर्नुभयो ।       त्यस्तै संस्थाले मौखिक स्वच्छता कार्यक्रम अन्र्तगत आज शनिबार गौरीशंकर माविका ५० जना बालबालिकालाई दन्त सम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रमका बीच दाँतको परीक्षण पश्चात उपचार गरी प्रत्येक विद्यार्थीलाई… पुरा पढौ

गुरुकुलमा चौथों प्रतिभा प्रदर्शनी

पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा आज विद्यार्थी प्रतिभा प्रदर्शनी एवम् खाद्य महोत्सव भएको छ । यसपटक गरिएको प्रतिभा प्रदर्शनी चौथों पटकको हो भने खाद्य महोत्सव दोस्रो रहेको उल्लेख गरिएको छ ।विद्यालयले २०७८ सालदेखि प्रतिभा प्रदर्शनी गर्दै आइरहेकोमा अघिल्लो वर्षदेखि खाद्य महोत्सवलाई पनि निरन्तरता दिर्दै आएको छ ।दुवै कार्यक्रममा विद्यार्थी एवम् अभिभावकको अभिरुची स्पष्ट देख्न सकिन्छ।  प्रदर्शनी अन्र्तगत आज २० बढी समूह एवम् एकल रुपमा विद्यार्थीले प्रस्तुति राखे ।त्यस्तै ४ स्टलबाट स्थानीय तथा अन्तर्राष्ट्रिय खानाका परिकार पकाई वितरण पनि… पुरा पढौ

सेराचौरका बुहारी संगठित

अन्नपूर्ण २ स्थित सेराचौर बुहारी समूहको शनिबार भएको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले तारादेवी अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनले सरिता सुवेदी भण्डारीलाई प्रथम उपाध्यक्ष, सरास्वती दाहाललाई द्वितीय उपाध्यक्ष, डिलमाया अधिकारीलाई सचिव, गायत्री अधिकारीलाई सहसचिव, चन्द्रा गैरे अधिकारीलाई कोषाध्यक्ष तथा केशा अधिकारीलाई सहकोषाध्यक्षको जिम्मेवारी दिएको छ ।त्यस्तै खिममाया अधिकारी, सीता पौडेल अधिकारी, शान्ति अधिकारी, राधिका दाहाल, लक्ष्मीदेवी अधिकारी र यमुना अधिकारी सदस्य छनोट भए।ढिकुरपोखरी समाज पोखराका अध्यक्ष लक्ष्मी अधिकारी संयोजक तथा अम्बिका अधिकारी र मिठीदेवी भण्डारी सदस्य रहेको निर्वाचन… पुरा पढौ

गुरुकुलमा प्रतिभा प्रदर्शनी एवं खाद्य महोत्सव हुँदै

पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा आगामि वुधबार विद्यार्थी प्रतिभा प्रदर्शनी एवम् खाद्य महोत्सव हुने भएको छ ।        कक्षा १२ का विद्यार्थीको आयोजनामा हुने सो दिनको कार्यक्रमले रचनात्मकता, मनोरञ्जन एवम् स्वादिष्ट स्वादले भरिएको रोमाञ्चक दिनको अनुभूति दिने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागि हुन विद्यालयले विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायमा आवहान समेत गरेको छ ।  प्रतिभा प्रदर्शनी अन्र्तगत श्रृंखलाबद्ध रुपमा विद्यार्थीले आफ्ना कलात्मक सीप प्रस्तुत गर्नेछन् । त्यस अवसरमा गायन, नृत्य, नाटक, स्ट्यान्ड–अप देखि कमेडीसम्मले… पुरा पढौ