गौरीशंकर क्याम्पसमा बधाई

-


     श्रीभद्र पौडेल    
     श्रावण २६ गते २०८१ मा प्रकाशित


पोखरा–२५, हेमजा स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा १२ अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिइएको छ ।

       त्यस अवसरमा क्याम्पस संचालक समितिका जेष्ठ सदस्य दानबहादुर थापाले कार्यक्रमसँगै विद्यार्थीमा हौसला बढ्ने विश्वास व्यक्त गर्दै विद्यार्थी लगनशील, अनुशासित भएमा शैक्षिक प्रगति उल्लेखनीय हुने स्पष्ट पारे।

क्याम्पस संचालक समिति सदस्य कृष्णबहादुर कुँवरले अन्य शैक्षिक संस्थाको तुलनामा गौरीशंकर क्याम्पसको शैक्षिक प्रगति प्रशम्सनीय रहेको औँल्याउँदै सबै मिलि क्याम्पसको श्रीबृद्धिमा लाग्नुपर्नेमा जोड दिए।

       संचालक समिति सदस्य कृष्णकुमारी दवाडीले विद्यार्थीको आर्थिक समस्या समाधान गर्न आफूले सहयोग जुटाएको स्मरण गर्दै विद्यार्थीको प्रगतिमा आफू सदा सहयोगी बन्ने प्रतिबद्धता जनाइन् ।

       क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल तथा पूर्व क्याम्पस प्रमुख युवराज दवाडीले क्याम्पसको शैक्षिक प्रगतिको जानकारी गराउँदै स्नातक तहमा विद्यार्थी भर्नादर बढाउन क्याम्पस क्रियाशिल रहेको बताए।

       कक्षा १२ उत्तीर्ण विद्यार्थी मोनिता श्रीपालीले क्याम्पसका प्राध्यापकको अध्यापन कार्य प्रशम्सनीय रहेको अनुभव राख्दै स्नातक तह गौरीशंकर क्याम्पसमै अध्ययन गर्ने प्रतिबद्धता जनाइन् ।

       बधाई प्राप्त गर्ने विद्यार्थी अस्मिता केसीले शैक्षिक दृष्टिले क्याम्पस सबल भएको धारणा राख्दै विद्यार्थीको प्रगतिमा क्याम्पस प्रशासन तथा प्राध्यापकको भूमिका अतुलनीय रहेको स्मरण गरिन्।

       स्नातक तहका विद्यार्थी सुगम ढुङगाना तथा तिर्सना घर्तीमगरले क्याम्पसमा संचालित कार्यक्रमबाट विद्यार्थी लाभान्वित भइरहेको धारणा राखे ।

क्याम्पस संचालक समितिका जेष्ठ सदस्य थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख पौडेलले स्वागत तथा व्यवस्थापन विभागीय प्रमुख मानबहादुर कार्कीले संचालन गरे।