गण्डकी सेरोफेरो

‘२ लाख कट्यो’ गीत बजारमा

आरति अधिकारी सापकोटाको प्रस्तुति ‘२ लाख कट्यो’ गीत  सार्वजनिक भएको छ । महङगी बढेका वेला सौन्दर्य प्रतिको मोह सुनको मूल्य आकाशिएको र हुदाँ खाने वर्गले लगाउन सक्ने अवस्था नबनेको कुरा गीतमा समेटिएको छ। आरति अधिकारी, माया गुरुङ र ज्ञानेश्वर सुवेदीले स्वर भरेको उक्त गीतमा शब्द, लय आरति अधिकारीकै छ। गीतमा उषा मातले आमा, कुमार गौतमले छोरा, रितीका राईले बुहारीको भूमिका निभाएका छन्। त्यस्तै कल्पना सिग्देल, राजेन्द्र शर्मा, भावना पन्त, संस्कति सुवेदी, प्रसंशा अधिकारी, आकाश दाहाल, सुमित कँडेल, अनुज अधिकारी, अनमोल,… पुरा पढौ

प्रस्याङमा जनहित खुल्ला तीजगीत हुँदै

पोखरा–५, प्रस्याङ स्थित जनहित महिला समूहको आयोजना तथा धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहआयोजनामा प्रथम जनहित खुल्ला तीजगीत प्रतियोगिता हुने भएको छ।यहि भदौं १ गते हुने उक्त प्रतियोगिताको तयारी सुरु गरिएको आयोजक महिला समूहकी अध्यक्ष चन्द्रावती गैह्रे अधिकारीले जानकारी दिनुभयो।प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१० हजार, दोस्रोलाई रु.७ हजार, तेस्रोलाई रु.५ हजार तथा सान्त्वना पुरस्कार रु.३ हजार साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।त्यस्तै उत्कृष्ट भेषभुषा तथा नृत्यलाई पनि समान रु.१ हजार पुरस्कार व्यवस्था गरिएको समूहले उल्लेख गरेको छ। ‘तीज हाम्रो परम्परा… पुरा पढौ

होलवडी चेकअपमा कान परीक्षणलाई पनि समेटौं

होलवडी चेकअप गर्दा कान परीक्षणलाई पनि समेट्नुपर्नेमा जोड दिइएको छ।शनिबार प्रस्याङमा भएको निःशुल्क कान परीक्षण तथा उपचार शिविरका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।उनीहरुले कान महत्वपूर्ण अङग हुदाँहुँदै पनि कम महत्व दिने गरेकोमा दुखेसो पोखे ।शिविर उद्घाटन गर्दै पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले कान महत्वपूर्ण अङग भएपनि मानिसले त्यसलाई महत्व नदिने गरेको औँल्याउँदै कानको उपचारमा पनि ध्यान दिनुपर्ने बताइन् ।उनले त्यस क्षेत्रका संस्थाको सहकार्यमा शिविर आयोजना भएकोमा खुशी व्यक्त गर्दै हुदाँ खाने वर्गलाई सेवा दिनु सबैभन्दा महत्वपूर्ण हुने स्पष्ट… पुरा पढौ

नेलम्बोद्वारा शिक्षक सहयोग

पोखरा–४, गैह्रापाटनस्थित नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुर आधारभूत विद्यालयलाई शिक्षक सहयोग गरेको छ।विद्यालयमा आयोजित समारोहबीच नेलम्बो अध्यक्ष एकदेव देवकोटा, विद्यालय अध्यक्ष प्रकाश गुरुङ तथा गाउँपालिका बीच त्रिपक्षीय शिक्षक सहयोगबारे(करार सम्झौता नवीकरण) सम्झौता भएको हो ।सम्झौताअनुसार चालु आर्थिक वर्षमा विद्यालयलाई नेलम्बोबाट १ जना शिक्षक सहयोग गर्ने तथा त्यसको प्रभावकारिताका हेरिकन आगामी वर्ष शिक्षक नवीकरण हुने उल्लेख छ ।गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले नेलम्बोप्रति आभार प्रकट गर्दै पालिका नेलम्बोसँग सहकार्य गर्न तयार रहेको औँल्याए ।उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक सहयोग महत्वपूर्ण… पुरा पढौ

सराङकोट धाममा तीज मेला हुँदै

पोखरा–१८, सराङकोट धाममा तीज मेला हुने भएको छ। सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा मेला हुने भएको हो। सोमबार भएको भेलाले मेला गर्ने निर्णय गरेको छ ।मेलाको मिति, त्यहाँ हुने प्रतियोगिता एवम् विभिन्न गतिविधि आगामि बैठकले तय गर्ने उल्लेख छ। भेलालाई सम्बोधन गर्दै सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले नारीको दुःखसुख आदानप्रदान गर्ने चाँडका रुपमा तीजलाई सम्झदै तीजका नाममा हुने गरेका विकृतिलाई अन्त्य गर्नुपर्ने बताए। वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले तीज मेलाले सराङकोट धाममा रौनकता थप्ने… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव ६ भाद्रदेखि                                     

हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ ।टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो ।आयोजक केन्द्रले महोत्सवको मिति तय सँगै तयारी समेत तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था,… पुरा पढौ

गुरुकुलका कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा–९,वास्तोलाथर स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका नवआगन्तुक ११ कक्षाका विद्यार्थीलाई शनिबार कार्यक्रम गरी स्वागत गरिएको छ। कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको उक्त कार्यक्रमका बीच गुरुकुलमै किन पढ्ने, त्यहाँ पढ्दाका फाइदा,, समग्र शैक्षिक अवस्थाबारे अभिमुखीकरण पनि गरियो। कार्यक्रम उद्घाटन गर्दै पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुलले धेरै अभिभावकको विश्वास आर्जन गरेको जनाउँदै शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा गुरुकुल गण्डकीमै अगाडि रहेको बताए।उनले अभिभावक तथा विद्यार्थीको सपना पुरा गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिर्दै जीवनमा अनुशासनको महत्व अधिक रहने स्पष्ट पारे।… पुरा पढौ

सराङकोट धाममा शिव महिमा पूजा सुरु

पोखरा–१८, सराङकोटधाममा शिव महिमा विशेष पूजा सोमबारबाट सुरु भएको छ। साउनका प्रत्येक सोमबार गरिने उक्त पुजालाई पञ्चरुद्री पनि भनिएको छ।त्यस अवसरमा दिनभरजसो शिवपुजन, भजनकीर्तन, रुद्राभिषेक, साँझ महाआरती गरिएको छ ।त्यसका साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमेकालिका, भैरव र चण्डी मन्दिरको दर्शन व्यवस्था छ भने अन्नपूर्ण केवलकारले महाआरतीमा सहभागि हुनेका लागि रु.दुई सय ५० मा आवतजावतको व्यवस्था मिलाएको छ । पुजा शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सराङकोट धार्मिक पर्यटकीय स्थलमा रुपमा स्थापित भइसकेको जनाउँदै अव त्यसको व्यवस्थापकीय पाटोमा ध्यान… पुरा पढौ

निःशुल्क प्राविधिक शिक्षा दिर्दै अन्नपूर्ण बुहुप्राविधिक

वरीपरि हरियाली वातावरण एवम् मनमोहक दृष्यले सुसज्जित छ कास्कीको अन्नपूर्ण ३, काउनडाँडा ।नजिकै काँडे बजार तथा कृषिसँगै जोडिएको कृषि अनुसन्धान निर्देशनालय लुम्ले।त्यसकै पेरीफेरीमा रहेका पर्यटकीय स्थल पाउँदुरकोट, अष्टे«लियन क्याम्प, भदौरेदेउराली, लाख्रे वनभोज स्थल थप आकर्षणका केन्द्र।काँडे भनेपछि चिसो, स्वस्थ, स्वच्छ, अर्गानिक खेतीपाती गरिने एवम् धेरै पानी पर्ने ठाउँ भन्ने बुझाई अधिकाशको छ नै।त्यही काँडेकै समीपमा भौगोलिक रुपमा असाध्यै शान्त काउनडाँडा अवस्थित छ।जुन फेवा जलाधार क्षेत्र भित्र पर्दछ ।त्यही काउनडाँडामै केही वर्षयता कास्कीकै शोभा रुवरुप अन्नपूर्ण बुहुप्राविधिक शिक्षालय संचालित छ।उक्त शिक्षालय… पुरा पढौ

अन्नपूर्णवासीको प्रश्नः कहिले बन्छ पालिका भवन ?

कास्कीको अन्नपूर्ण गाउँपालिकावासीले पछिल्ला वर्ष यता बारम्बार गर्दै आउने प्रश्न हो पालिका भवन कहिले बन्छ भनेर ? यो प्रश्न त्यहाँका चिया पसलदेखि खेतवारी, मेलापातमा समेत नागरिक स्तरमा राम्रै चल्ने गर्दछ। वडा कार्यालयका भवन सबै बने, तर पालिका भवनकै ठेगान छैन, माछापोखरीमा बनाउने भनी पहिलो कार्यकालमा(युवराज कुँवरको पालामा) गाउँसभाले निर्णय पनि गर्यो तर ठोस रुपमा काम अगाडि बढ्न सकेन ।दोस्रो कार्यकालका जनप्रतिनिधिको पनि ३ वर्ष बढी बितीसक्यो, अझै पनि पालिका भवन शिलान्यासको सुरसारसम्म छैन।यो सार्वजनिक विषयमा सरोकार राख्ने त्यहाँका आम नागरिकहरु… पुरा पढौ