गण्डकी सेरोफेरो

गौरीशंकर क्याम्पसमा बधाई

पोखरा–२५, हेमजा स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा १२ अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिइएको छ ।        त्यस अवसरमा क्याम्पस संचालक समितिका जेष्ठ सदस्य दानबहादुर थापाले कार्यक्रमसँगै विद्यार्थीमा हौसला बढ्ने विश्वास व्यक्त गर्दै विद्यार्थी लगनशील, अनुशासित भएमा शैक्षिक प्रगति उल्लेखनीय हुने स्पष्ट पारे। क्याम्पस संचालक समिति सदस्य कृष्णबहादुर कुँवरले अन्य शैक्षिक संस्थाको तुलनामा गौरीशंकर क्याम्पसको शैक्षिक प्रगति प्रशम्सनीय रहेको औँल्याउँदै सबै मिलि क्याम्पसको श्रीबृद्धिमा लाग्नुपर्नेमा जोड दिए।        संचालक समिति सदस्य कृष्णकुमारी दवाडीले विद्यार्थीको आर्थिक समस्या समाधान गर्न आफूले… पुरा पढौ

उकाली र ओराली तीजे गीत सङ्ग्रह लोकार्पण

गीतकार शान्ति कँडेल न्यौपानेको तिजे गीत सङ्ग्रह उकाली र ओरालीको लोकार्पण भएको छ ।  सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिवार भएको एक कार्यक्रममा कन्या क्याम्पस पोखरामा अध्ययनरत पाँच कन्याबाट सामूहिक रुपमा उक्त कृतिको लोकार्पण गरिएको हो ।  उक्त अवसरमा कृतिका लेखक शान्ति कँडेल न्यौपानेले महिला सशक्तीकरण, दिनदिनै बढ्दै गएको हत्या, हिंसा, अपहरण, दुर्घटना, लैङ्गिक विभेद, तीज पर्वमा देखिएको विकृति र समजका यथार्थ पक्षलाई आफूले आफ्ना सिर्जनामा समेटेको बताइन् । छोराछोरीलाई राम्रो संस्कार सिकाउनुपर्ने, स्वदेशमै अवसर खोज्नुपर्ने र सरकारले राष्ट्रहितका विषयमा… पुरा पढौ

२६ औ संस्करणको लामाचौर तिज महोत्सव हुने

नव आदर्श सामुदायिक समाज लामाचौर द्वरा आयोजित सस्थाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको छ । हरितालिका तिज पर्वको अवसरमा पोखरा १६ लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको प्रङगणमा सञ्चालन हुने राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । प्रतियोगितामा पुरुष… पुरा पढौ

अन्नपूर्णमा सुत्केरी भेट्न घरघरमा

अन्नपूर्ण गाउँपालिका स्थित नागडाँडा स्वास्थ्य चौकीले सेवाक्षेत्रका सुत्केरीलाई घरमै पुगी भेटघाट गर्न सुरु गरेको छ ।         स्वास्थ्य चौकीले आन्तरिक स्रोतबाट उक्त कार्यक्रम लागु गरेको हो ।जस अन्तर्गत सोमबार ढिकुरपोखरीकी सुत्केरी देवु भण्डारीको निवासमा पुगी आमा तथा बच्चाका लागि सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ ।         गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारी, स्वास्थ्य चौकी प्रमुख लोकेन्द्रबहादुर भण्डारी, चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेवीका सम्मिलित टोलीले सुत्केरी परिवारसँग भेटघाट गरेको हो ।         त्यस क्रममा सुत्केरी अवस्थामा… पुरा पढौ

अन्नपूर्णमा कृषि उपज संकलन केन्द्र स्थापना

अन्नपूर्ण गाउँपालिकामा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरिएको छ । पालिकाको रु=८ लाख लागतमा -दुई चरणमा_ वडा नं २ चुहिनेपहरामा नवनिर्मित केन्द्रको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गर्नुभएको हो । केन्द्र उद्घाटन गर्नुहुँदै अध्यक्ष केसीले पालिकाले केन्द्रको समग्र व्यवस्थापकीय पक्षमा भूमिका खेल्ने जनाउनुभयो ।उहाँले तत्काल समिति बनाएर छिट्टै केन्द्र सञ्चालन गर्ने तथा उत्पादनका आधारमा अनुदान दिएर किसानलाई प्रोत्साहन गर्ने पालिकाको योजना रहेको सुनाउनुभयो । उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले पालिकाको व्यवस्थापनमा चल्ने उक्त केन्द्र जनताको सहयोगमा अझ प्रभावकारी तथा… पुरा पढौ

गुरुकुलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा–९, नयाँबजारस्थित गुरुकुल विद्यासदनको कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । त्यस अवसरमा गुरुकुलमै किन पढ्ने, त्यहाँ अध्ययन गर्दा अपनाउनुपर्ने अनुशासन एवम् विविध पक्षबारेमा अभिमुखीकरण गरियो । त्यस्तै विद्यार्थीलाई अविर र खादा प्रदान गरी स्वागत गरियो। पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुलले फड्को मार्दै अगाडि बढिरहेको चर्चा गर्नुहुँदै शिक्षा, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा पनि विद्यालयले योगदान दिइरहेको औँल्याउनुभयो । उहाँले विद्यार्थीको भविष्य समुज्ज्वल बनाउन गुरुकुलले भूमिका खेल्ने विश्वास व्यक्त गर्नु… पुरा पढौ

पोखरा१९ मा निःशुल्क दन्त शिविर

पोखरा महानगरपालिका वडा नं= १९, पुरुन्चौर स्थित भारती भवन माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर सुरु भएको छ ।           नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा संचालित शिविर पाँच दिनसम्म चल्नेछ । जसमा वडा कार्यालय, भारती भवन विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहेको छ ।           शिविर शुभारम्भ गर्नु हुँदै वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले शिविरबाट अधिकत्तम लाभ लिन विद्यार्थीलाई सुझाव दिर्दै आगामि दिनहरुमा नेलम्बोसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेलम्बो महत्वपूर्ण सहयोगी… पुरा पढौ

पानीमा डुबेर ३ जनाको मृत्यु

पानीमा डुवेर कास्कीमा आज ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं.२६ गुदेतालमा लमजुङ करापुटार घर भई हाल पोखरा २६ प्रगतिटोल बस्ने वर्ष ६ का सचिन परियारको डबेर मृत्यु भएको हो।           उनी त्यहाँ बुबा विकाश परियारसँग माछा मारेको हेर्न गएकोमा अचानक तालमा खसी डुबेको र तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा लगिएकोमा करिव ४ बजे चिकित्सकले मृत घोषणा गरे । त्यसैगरी पोखरा महानगरपालिका वडा नं.२३ घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा आज २… पुरा पढौ

पोखरामा एकादशी महात्म्य प्रवचन, ज्ञानेन्द्रीय तथा कर्मेन्द्रीय नियन्त्रणमा एकादशी व्रतको भूमिका महत्वपूर्ण

वैदिक धर्म परिषद् कास्की तथा विश्व हिन्दु महासंघ गण्डकी प्रदेशको सहआयोजनामा पोखरा ५ प्रस्याङ स्थित जेष्ठ नागरिक मिलन केन्द्रमा बुधबार एकादशी महात्म्य प्रवचन भएको छ ।  जेष्ठ नागरिक मिलन केन्द्र प्रस्याङ वगंैचा पार्कको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा वाचन प्रविण पं= दीनबन्धु पोखरेलले भगवान् विष्णुको महिमा बारे प्रकाश पार्नुभयो। उहाँले ब्रम्हा सृष्टिकर्ता भएजस्तै विष्णु पालनकर्ता भएको स्पष्ट पार्नुभयो।ज्ञानेन्द्रीय र कर्मेन्द्रीय नियन्त्रणमा एकादशी व्रतको भूमिका रहेको औँल्याउनु हुँदै प= पोखरेलले हरिशयनी एकादशी महात्म्यको विशेष महत्व रहेको जनाउनुभयो। प=यज्ञप्रसाद खनालले एकादशी महात्म्यको पाठ… पुरा पढौ

साहित्यकार जनार्दनशरणको स्मृति तथा काव्य परिचर्चा

नेपालश्री पुरस्कार कोष हेमजाको आयोजनामा बुधबार साहित्यकार जनार्दनशरण त्रिपाठीको स्मृतिसभा तथा काव्य परिचर्चा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिखर्चीले त्रिपाठी राष्ट्रवादी कवि, माटो र प्रकृतिका उपासक एवम् वातावरणीय सवालमा गम्भीर हुने चिन्तकका रुपमा चिनाए।उनले महाकाव्यकार त्रिपाठीलाई अन्तिम अवस्थामा भएपनि गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट अभिनन्दन गर्न पाएको स्मरण गरे। वडा सदस्य कृष्णबहादुर कुँवरले महाकाव्यकार तथा साहित्यकार त्रिपाठी जन्मिएको वडाको बासिन्दा हुन पाएको खुशी व्यक्त गरे। अधिवक्ता रामचन्द्र त्रिपाठीले जनार्दनको कृति शास्त्रीजीको नेपाली… पुरा पढौ