
पोखरा–१८, सौरेखाला स्थित बालकैलाशेश्वर महादेव गुफाको महिमा बढ्दै गएको छ।
पछिल्लो समय गुफा प्रवर्धनका लागि विभिन्न प्रयास भएसँगै त्यसको महिमा बढ्दै गएको हो ।जसअन्र्तगत पछिल्लो पटक गुफा जान आउनका लागि गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालय तथा स्थानीयको आर्थिक साथै अन्य व्यवस्थापकीय सहयोगबाट करिव १५० मिटर लम्बाइको रेलिङसहितको सिँढीबाटो निर्माण भएको छ। उक्त बाटो डेढ मिटर चौडाइको छ। बाटो निर्माणसँगै गुफा आउजाउ गर्न सहज भएको छ।त्यसका साथै बाटो छेउछाउ केही फूलका विरुवा पनि रोपिएको छ।
त्यसका साथै केही वर्ष अघि मात्रै त्यहाँ प्रदेश सरकारअन्तर्गत नै सामाजिक विकास मन्त्रालयको सहयोगमा गुफा संरक्षणका साथै मन्दिर, ट्रस तथा शौचालय निर्माण पनि गरिएको थियो।
पछिल्लो समय गुफा प्रवर्धनमा स्थानीयको चाँसो हवार्तै बढेको छ ।उनीहरु जनश्रमदानदेखि पैसा संकलन मार्फत गुफा प्रवर्धन एवम् त्यस क्षेत्रको पूर्वाधार विकासमा हैसिएर लागेका हुन्।त्यहाँ स्थानीय सौरेखोला लगायत पस्र्याङ, मालेपाटन लगायतका क्षेत्रवासीले खुलेर सहयोग गरेका छन् ।विदेश गएकाहरुबाट पनि सहयोग प्राप्त हुँदै आएको छ।बुधबारसम्म करिव ४ लाख ५० हजार बढी सहयोग संकलन भएको गुफा संरक्षण समितिका सचिव हरिश्चन्द्र अधिकारीले जानकारी दिए।
हामीले गुफा प्रवर्धनका लागि खुला रुपमा सबैसँग अपिल गरेका छौं ।जसअनुसार नै अर्थ पनि जुटिरहेको छ ।अव गुफामा वाल निर्माण, गणेश मन्दिर, जग्गा घेराबार सहित संरक्षण, बती, पानीको स्थायी प्रबन्ध, बसाहाको मुर्ति, ठूला घण्टी लगायत गुरुआश्रम निर्माण अत्यावश्यक बनेको सचिव अधिकारीले बताए।
विगतको तुलनामा सो गुफामा स्थानीयको उपस्थिती एवम् चासो पनि वाक्लो देखिन्छ ।त्यहाँ दैनिक पचासौं स्थानीय पुग्ने गरेका छन् ।विशेष गरी विहान तथा बेलुकी समयमा पोखराको मुख्य क्षेत्रबाट मर्निङ÷इभिर्निङ वाकमा लब्ली डाँडा, मेथलाङ, सौरेखोलाको चौरपाखा क्षेत्र पुग्ने मानिसहरुको आकर्षणको केन्द्रका रुपमा पछिल्लो समय गुफा पर्ने गरेको छ।
उक्त गुफा सौरेखोला, पस्र्याङ, लब्लीडाँडा, मेथलाङ, आदर्शवस्ती, सीमानामार्ग, धारापानी लगायतको मध्ये भाग अन्तर्गत सौरेखोलाको डाँसेभित्तामा अवस्थित छ । त्यहाँबाट मनमोहक पोखरा देख्न सकिन्छ ।त्यहाँ नियमित अलवा विशेषगरी साउन तथा माघ महिना, महाशिवरात्री एवम् बालाचतुर्दशी पर्वमा पूजाआजा हुने गर्दछ।
सो गुफामा पूजाआजा गरे निःसन्तानलाई सन्तान प्राप्ति हुने, मनोकांक्षा तथा आँटेका काम पूरा हुने, पारिवारिक सुख, शान्ति एवम् समृद्धि आउने विश्वास गरिन्छ।
त्यहाँ विभिन्न भगवान्, गाईका थुन, नाग–नागिनीलगायत विभिन्न वाद्यवाधनका सामग्रीका आकृति देख्न सकिन्छ । २०५८ मा स्थानीय सुजन अधिकारी र मधुसुदन अधिकारी जंगलमा तिजु खान गएका बेला उक्त गुफा पत्ता लगेको थियो।त्यतीबेला देखिबाटै त्यहाँ पूजा हुँदै आएको छ ।
पछिल्लो पटक गुफा संरक्षण समिति तथा स्थानीय सौरेखोला आमा समूहको अगुवाईमा गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले विश्व हिन्दु महासंघ सांस्कृतिक समूहका अध्यक्ष शिव बराल नेतृत्वमा त्यहाँ भजनर्कितन प्रस्तुति गर्नुको साथै आर्थिक सहयोग संकलन अभियानलाई पनि निरन्तरता दिइएको छ।











