अन्नपूर्णमा कृषि उपज संकलन केन्द्र स्थापना

-


     श्रीभद्र पौडेल    
     श्रावण २१ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिकामा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरिएको

पालिकाको रु= लाख लागतमादुई चरणमा_ वडा नं चुहिनेपहरामा नवनिर्मित केन्द्रको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गर्नुभएको हो

केन्द्र उद्घाटन गर्नुहुँदै अध्यक्ष केसीले पालिकाले केन्द्रको समग्र व्यवस्थापकीय पक्षमा भूमिका खेल्ने जनाउनुभयो ।उहाँले तत्काल समिति बनाएर छिट्टै केन्द्र सञ्चालन गर्ने तथा उत्पादनका आधारमा अनुदान दिएर किसानलाई प्रोत्साहन गर्ने पालिकाको योजना रहेको सुनाउनुभयो

उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले पालिकाको व्यवस्थापनमा चल्ने उक्त केन्द्र जनताको सहयोगमा अझ प्रभावकारी तथा व्यवस्थित ढङगले सञ्चालन हुने विश्वास लिनुभयो।

पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेलले ढिकुरपोखरीको दुग्ध उत्पादन सहकारीले झै सुरुवाती चरणमा धेरै मेहनत गरे केन्द्र दिगो रुपमा संचालन हुने अनुभव सुनाउनुभयो  

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले कृषि सहकारी, समूह, फार्म तथा सम्बन्धित कृषक मिली कृषि उपज उत्पादन तथा बिक्री वितरण गरे केन्द्र नमूना बन्ने विश्वास लिनुभयो।

त्यस अवसरमा अन्नपूर्ण का अध्यक्ष फणिन्द्रप्रसाद पौडेल, का अध्यक्ष तुलसीप्रसाद अधिकारी, भविष्य हाम्रो हातमा कृषि सहकारीका व्यवस्थापक पुण्यप्रसाद पौडेल लगायतले पनि धारणा राख्नुहुँदै कृषि जीवनका लागि अनिवार्य भएको धारणा राख्नुभयो

 पालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्नपूर्ण का अध्यक्ष पिताम्वर भण्डारीले स्वागत तथा कृषि शाखाका कर्मचारी सरोज कुँवरले कार्यक्रम संचालन गर्नुभयो