अर्थतन्त्र

नेपाल ड्रागन बोट संघ गण्डकीमा दीपक

नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनले इ.दीपक सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ। पोखरामा हालै सम्पन्न अधिवेशनले संघको उपाध्यक्षमा सावित्री पाठक (पोखरेल) र नवराज अधिकारी,  महासचिवमा रविन्द्रराज पौडेल, सचिवमा विवेक भुजेल चयन गरेको हो । त्यसैगरी प्रकाश थापा, दिनेश वराल, रविन ढकाल, चन्द्रप्रसाद गुरुङ, हेमबहादुर गुरुङ, बलराम गिरी, रामराज सुवेदी, नवराज अधिकारी, दुर्गा सुवेदी, मिलनजंग कुंवर र विकास पहारीलाई सदस्यको जिम्मेवारी दिइएको छ । अधिवेशन उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका मेयर… पुरा पढौ

लान्द्रुकमा हनी हन्टिङ महोत्सवको तयारी(फोटो फिचर)

अन्नपूर्ण गाउँपालिका ७ स्थित पर्यटकीय गाउँ लान्द्रुकमा भिर मौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सवको तयारी थालिएको छ।        यहि मंसिर २२ देखि २४ गतेसम्म हुने उक्त महोत्सवका बीच त्यहाँ हनि हन्टिङको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको जानकारी दिने, हनी हन्टिङका अभ्यासका उपायबारे विचार विमर्श गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।        त्यस्तै गरी महोत्सव अन्र्तगत भिरौटेलाई सम्मान, स्थानीय लोक बाजाको प्रवद्र्धन, साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, विभिन्न व्यक्ति एवम् संघ संस्था सम्मान लगायतका कार्यक्रम हुने महोत्सव मूल आयोजक… पुरा पढौ

तरकारी संकलन केन्द्रको प्रवद्र्धन गर्दै लीबर्ड(फोटोफिचर)

लीबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरा स्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ। संस्थाले सोमबार एक कार्यक्रमका बीच पर्यावरणीय कृषि प्रवद्र्धन परियोजना अन्तर्गत उक्त केन्द्रलाई प्लाष्टिक क्रेट, जोख्ने मेसिन, प्लास्टिक कार्पेट, दराज, कुर्चि, टेवल, कृषि उपज राख्ने र्याक लगायतका सामग्री प्रदान गरेको हो । लीबर्डका वरिष्ट कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले रु.२ लाख ११ हजार ८ सय ८९ का ति सामग्री गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा भनाई… पुरा पढौ

गौरीशंकर सहकारीको १९ औं साधारणसभा(फोटोफिचर)

हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभा बिहीबारदेखि सुरु भएको छ।       सभा उद्घाटन गर्दै नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ लिमिटेडका संचालक कमला गिरीले वर्तमान् समय सहकारीमैत्री नभएको दावी गर्दै सबै सहकारी संस्थालाई एउटै डालोमा हाली गरिने  निरन्तरको प्रहार असहीय भएको बताइन् ।       उनले गौरीशंकर सहकारी नीति, विधि तथा प्रविधिमा चलेको सुचकाङकहरुले देखाउने स्पष्ट पार्दै गौरीशंकर सहकारी क्रमश अब्बल बन्दै गएको धारणा राखिन्।नाफामुखी भन्दा सेवामुखी व्यवसायमा केन्द्रीत रहनु गौरीशंकरको सवल पक्ष… पुरा पढौ

१२ औं आलु महोत्सवमा दुई लाख ७७ हजार बचत

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८० को आय–व्यय बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।        महोत्सवमा कुल २४ लाख ७० हजार ९ सय ६० आम्दानी भएकोमा खर्च कटाएर २ लाख ७७ हजार २ सय २१ बचत हुन आएको महोत्सवका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिए ।त्यस अवसरमा चाडपर्वको शुभकामना आदानप्रदान समेत गरियो ।        वडा सदस्य कृष्णबहादुर कुँवरले आयव्यय सार्वजनिक हुनु सुशासनको महत्वपूर्ण पक्ष भएको बताउँदै अव क्लवले बहुउद्देश्यीय भवन निर्माण तथा खेलमैदान स्तरउन्नतीमा ध्यान दिनुपर्ने औँल्याए ।वडावासी… पुरा पढौ

पोखरा १९ रेडक्रसको दन्त शिविर सकियो(फोटोफिचर)

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा भारती भवन मावि पुरुन्चौरमा भएको निःशुल्क दन्त शिविरमा कुल चार सय ८१ जनाको दाँत परीक्षण गरिएको छ । दुई चरणमा गरी आठ दिनसम्म भएको उक्त शिविरमा वडा कार्यालय, विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहयो । बिहिबार शिविर समापन गर्नुहुँदै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शिविर फलदायी भएको बताउँदै नेलम्बोले विशिष्ट मानव कल्याणकारी सेवा गरिरहेको जनाउनुभयो। महानगर भएर पनि पोखरा १९ को अधिकाशं भुगोल ग्रामिण रहेको स्पष्ट पार्नुहुँदै वडाध्यक्ष… पुरा पढौ

तिब्रेकोट मणि पोखराकै नमूना पर्यटकीय क्षेत्र

पोखरा–२५, हेमजा स्थित तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ ।                 मन्दिर तथा पार्क उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तब्य निर्माण गर्न महानगर तयार रहेको स्पष्ट पार्नुहुँदै त्यसलाई समुदायको अग्रसरतामा क्रमश पूर्णता दिने बताउनुभयो ।                 प्रमुख आचार्यले हेमजावासीलाई उत्साहका साथ कार्य गर्न अनुरोध गर्नुहुँदै महानगरका २ दर्जन बढी स्थानमा पर्यटकीय पुर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।उहाँले पर्यटनलाई आर्थिक पक्षसँग जोड्नुपर्ने भन्दै उक्त स्थानको ऐतिहासिकता खोज्न स्थानीयलाई सुझाउनुभयो।… पुरा पढौ

बिटी क्लबको रक्तदानमा १ सय ४ युनिट संकलन

पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब -बिटी_ ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १ सय ४ पिन्ट रगत संकलन भएको छ ।              पोखरा महानगरपालिका–१, टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताउनुभयो । त्यहाँ क्लवका सदस्यहरु, पोखरा महानगरपालिका १ का स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का अध्यक्ष साहारा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन क्लव समच्छे आग्रह गर्नुभयो । उहाँले क्लबका… पुरा पढौ

२६ औ संस्करणको लामाचौर तिज महोत्सव हुने

नव आदर्श सामुदायिक समाज लामाचौर द्वरा आयोजित सस्थाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको छ । हरितालिका तिज पर्वको अवसरमा पोखरा १६ लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको प्रङगणमा सञ्चालन हुने राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । प्रतियोगितामा पुरुष… पुरा पढौ

अन्नपूर्णमा कृषि उपज संकलन केन्द्र स्थापना

अन्नपूर्ण गाउँपालिकामा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरिएको छ । पालिकाको रु=८ लाख लागतमा -दुई चरणमा_ वडा नं २ चुहिनेपहरामा नवनिर्मित केन्द्रको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गर्नुभएको हो । केन्द्र उद्घाटन गर्नुहुँदै अध्यक्ष केसीले पालिकाले केन्द्रको समग्र व्यवस्थापकीय पक्षमा भूमिका खेल्ने जनाउनुभयो ।उहाँले तत्काल समिति बनाएर छिट्टै केन्द्र सञ्चालन गर्ने तथा उत्पादनका आधारमा अनुदान दिएर किसानलाई प्रोत्साहन गर्ने पालिकाको योजना रहेको सुनाउनुभयो । उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले पालिकाको व्यवस्थापनमा चल्ने उक्त केन्द्र जनताको सहयोगमा अझ प्रभावकारी तथा… पुरा पढौ