पोखरा १९ रेडक्रसको दन्त शिविर सकियो(फोटोफिचर)

-


     श्रीभद्र पौडेल    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा भारती भवन मावि पुरुन्चौरमा भएको निःशुल्क दन्त शिविरमा कुल चार सय ८१ जनाको दाँत परीक्षण गरिएको छ ।

दुई चरणमा गरी आठ दिनसम्म भएको उक्त शिविरमा वडा कार्यालय, विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहयो ।

बिहिबार शिविर समापन गर्नुहुँदै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शिविर फलदायी भएको बताउँदै नेलम्बोले विशिष्ट मानव कल्याणकारी सेवा गरिरहेको जनाउनुभयो।

महानगर भएर पनि पोखरा १९ को अधिकाशं भुगोल ग्रामिण रहेको स्पष्ट पार्नुहुँदै वडाध्यक्ष पाण्डेले आगामि दिनमा नेलम्बोसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले अव वडामा जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम गर्नुपर्ने औँल्याउनुभयो ।

 नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले शिक्षा क्षेत्रका सरोकार लक्षित गरी शिविर संचालन गरिएको स्पष्ट पार्नुहुँदै रेडक्रससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले त्यहाँ रु.११ लाख ७६ हजार ७ सय रकम बराबरको निःशुल्क सेवा उपलब्ध गराइएको जानकारी दिर्दै उपचार गरेको दाँतमा समस्या देखिएमा कार्यालयमा सम्पर्क गरी उपचार गर्न आग्रह गर्नुभयो ।

 उपशाखा सभापति नवराज पौडेलले नेलम्बोले उत्कृष्ट सेवा प्रदान गरेको जनाउँदै अति आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

विद्यालय अध्यक्ष विष्णुप्रसाद अधिकारीले रोगको पहिचानदेखि निदानसम्मका गतिविधि शिविरमा भएको धारणा राख्नुभयो ।

आफु नेतृत्वको विद्यालयलाई छनोट गरी सेवा दिएकोमा अधिकारीले आयोजक रेडक्रस उपशाखा तथा नेलम्बोप्रति आभार प्रकट गर्नुभयो ।

 प्रधानाध्यापक नेत्रबहादुर आलेले सेवा नै धर्म भावनाका साथ समयमा खटिएर उपचार प्रदान गरिएको स्पष्ट पार्नुभयो ।

डा. दीक्षा क्षत्रीको नेतृत्वमा ८ जना स्वास्थ्यकर्मीको टोली खटिएको उक्त शिविर अन्तर्गत कान सुरक्षा बारेमा पनि सचेतना दिइएको उपशाखाका सल्लाहकार सविन जिसीले जानकारी दिनुभयो।

त्यस अवसरमा सहयोगी संघ संस्था एवम् व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिनुका साथै रेडक्रसका जन्मदाता हेनरी डुयनाको तस्विरमा माल्यार्पण गरियो ।

विद्यालय अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको समापन समारोहमा प्रधानाध्यापक आलेले स्वागत ,कार्यक्रम संयोजक उपशाखाका सहसचिव माधवप्रसाद गौतमले धन्यवाद ज्ञापन एवम् जुनियर रेडक्रस सर्ककका शिक्षक नायक वासुदेव तिवारी र उपशाखा सदस्य रमेश विकले संयुक्त रुपमा कार्यक्रम संचालन गर्नुभयो ।